७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

भुवनेश्वर कुमारको घातक बलिङ्गमा राजस्थानमाथि हैदरावादको रोमाञ्चक जित

इन्डिय प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले रोमाञ्चक जित हात पारेको छ।

गयराति हैदरावादमा सम्पन्न खेलमा हैदरावादले राजस्थान रोयल्सलाई १ रनले हराउँदै रोमाञ्चक जित हात पार्‍यो।

टस जितेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको हैदरावादले निर्धारित ओभरमा ३ विकेट गुमाएर २०१ रन बनायो। २०२ रनको लक्ष्यसहित मैदान उत्रेको राजस्थानले निर्धारित ओभरमा ७ विकेट गुमाएर २०० रन मात्रै बनाउन सक्यो।

खेलको अन्तिम ओभरको अन्तिम बलमा राजस्थानलाई जितका लागि २ रनको आवश्यकता थियो। हैदारावादका लागि अन्तिम ओभर तीव्र गतिका बलर भुवनेश्वर कुमार बलिङ्ग गरिरहेका थिए। राजस्थानका लागि स्ट्राइकमा रोवमेन पवेल थिए। भुवनेश्वर कुमारले फालेको अन्तिम बलमा रोवमेन एलबीडब्लु आउट भए र जित हैदरावादको पोल्टोमा पर्न गयो।

हैदरावादको जितका लागि नितिश कुमार यादवले नट आउट रहँदै सर्वाधिक ७६ रन जोडे भने ट्रेविस हेडले ५८ अनि हेनरिक क्लासेनले ४२ रन जोडे।

राजस्थानका लागि बलिङ्गमा कुनैपनि बलरले खासै राम्रो प्रदर्शन गर्न सकेनन्। अवेज खानले २ विकेट लिँदा सन्दीप शर्माले १ विकेट हात पारे।

उता राजस्थानका रियान परागले ७७ रन बनाउँदा यशस्वी जयशवालले ६७ रनको योगदान गरे। जुन काम लागेन। कप्तान सञ्जु सैमसन र जोश बटलर भने शून्य रनमै आउट भए।

हैदरावादका लागि तीव्र गतिका बलर भुवनेश्वरले ४१ रन खर्चेर ३ विकेट लिँदा कप्तान प्याट कमिन्स र टी नारायणन्ले समान २÷२ विकेट हात पारे।

पराजित भएपनि राजस्थान अङ्क तालिकाको शिर्ष स्थानमै कायम छ भने जित हासिल गरेको हैदरावाद चौथो स्थानमा रहेको छ। तर, अब राजस्थानलाई प्ले अफमा पुग्न केही समय कुर्नुपर्ने भएको छ। बिहीवारको म्याच जितेको भए राजस्थान प्ले अफमा पुग्ने थियो। 

प्रकाशित: २१ वैशाख २०८१ ०९:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App