५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

वेस्ट इन्डिज 'ए' विरुद्ध सोमपाललाई पहिलो विकेट

वेस्ट इन्डिज 'ए' ले नेपालविरुद्धको पाँचौ तथा अन्तिम खेलमा पाँचौं विकेट गुमाएको छ।  

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको भ्रमणकारी टोलीले १६.३ ओभरमा पाँचौ विकेट गुमाएको हो।  सोमपाल कामीले आफ्नो तेस्रो ओभरमा म्याथ्यु फोर्डलाई २३ रनमा कुशल भुर्तेलको हातबाट क्याच आउट गराए ।  यसअघि क्याप्टेन रोस्टन चेज ३३, जोन्सन चाल्र्स २४ तथा कादिम एलिएन र मार्क दयाल समान ११-११ रनमा आउट भएका थिए । यसअघि सागर ढकालले तीन र अविनाश बोहोराले एक विकेट लिएका हुन् ।  

पाँच खेलका शृंखलामा क्यारेबियन टोली ३-१ ले अघि छ । 

प्रकाशित: २२ वैशाख २०८१ १३:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App