५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

पोखरा स्पोर्टस् अवार्डः लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी ईन्द्रालाई

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी ईन्द्रा मल्ललाई दिने भएको छ। मञ्च गण्डकीले आयोजना गर्ने पोखरा स्पोर्ट्स अवार्डको अवसरमा मल्ललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्न लागेको हो।  

लाईफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित मल्ललाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सहित सम्मान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए। मञ्च गण्डकीले ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ आगामि शुक्रबार पोखरा सभागृहमा आयोजना गर्दैछ।

प्रतिभा छनोट समितिले गरेको सिफारिसलाई मञ्च गण्डकीको बैठकले अनुमोदन गरेको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए। यसअगाडि मञ्चले यो अवार्डबाट कृष्ण थापा, खड्गबहादुर रानाभाट, डा.वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित, गणेशबहादुर भट्टराई र विद्याप्रसाद मर्सानीलाई सम्मान गरिसकेको छ।

प्रकाशित: २३ वैशाख २०८१ १४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App