ताप्लेजुङमा सञ्चालित खुल्ला म्याराथनको उपाधि आर्मीका होमलाललाई
०७ जेष्ठ २०८१
•
१ मिनेट पाठ
ताप्लेजुङमा सञ्चालित खुल्ला म्याराथनको उपाधि आर्मीका होमलाललाई
तस्बिर: उपाधि विजेता होमलाल(बीचमा), उपविजेता तिलक (बाँया) र तृतीय हुने प्रताप (दायाँ)/नागरिक
ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा ताप्लेजुङमा सञ्चालित खुल्ला म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवका होमलाल श्रेष्ठले जितेका छन्।




४२ वर्षे श्रेष्ठले निर्धारित ४८ किलोमिटर दूरी ४ घण्टा ५ मिनेट २७ सेकेण्डमा पूरा गरे। दोस्रो भएका त्रिभुवन आर्मी क्लवकै तिलक सुनुवारले ४ घण्टा १२ मिनेट ४८ सेकेण्डमा पूरा गर्दा पाँचथर फिदिममा प्रताप थाम्सोहाङले ४ घण्टा १३ मिनेट २४ सेकेण्डमा उक्त दूरी पूरा गरे। 

१५ वर्षदेखि धावक रहेका श्रेष्ठले नेपाल बाहेक जापान, चीन र मलेसियामा म्याराथन प्रतियोगिताको उपाधि जितेका छन्। ८१ सालकाे भने उनको यो पहिलो म्याराथन उपाधि हो।

२०८० सालमा उनले इलामको माइपोखरी,अन्नपूर्ण क्षेत्र,काठमाडौं र पोखरामा सञ्चालन भएका म्याराथनमा सहभागी भएर कम्तिमा दोस्रो स्थान सम्मा नाम लेखाएका छन्।

चीनमा भएको क्रस कन्ट्री म्याराथनमा समेत उनले सहभागिता जनाएर द्धितीय स्थान हासिल गरेका थिए। खुलातर्फ सदरमुकाम फुङलिङबाट पाथीभरा मन्दिर पुगेर पुनः सदरमुकाम फुङलिङ फर्कने गरी दूरी निर्धारण भएको थियो।

विजेताले नगद १ लाख ५१ हजार १११ रूपैयाँ तथा खुला उपविजेताले नगद १ लाख ११ हजार १११ रूपैयाँ र तेस्रो हुनेले नगद ८१ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा खुल्ला म्याराथनतर्फ १ सय १६ प्रतिस्पर्धी थिए।  
अर्को समाचार
ताप्लेजुङ पर्यटन महोत्सवको खर्च विवरण सार्वजनिक, झण्डै ५० लाख खर्च, १ लाख ७५ हजार बचत
२१ साउन २०८१
•
४ मिनेट पाठ
ताप्लेजुङ पर्यटन महोत्सवको खर्च विवरण सार्वजनिक, झण्डै ५० लाख खर्च, १ लाख ७५ हजार बचत
गत जेठ ३ देखि ७ गतेसम्म ताप्लेजुङको फुङलिङमा सञ्चालित ताप्लेजुङ पर्यटन महोत्सवमा महोत्सव मूल आयोजक समितिमार्फत झण्डै ५० लाख रुपैयाँको कारोबार भएको छ ।  




महोत्सव मूल आयोजक समितिले सोमवार पत्रकार सम्मेलनमार्फत मूल आयोजक समितिमार्फत भएको ४९ लाख २७ हजार ४ सय रुपैयाँ बराबरको खर्च विवरण सार्वजनिक गरेको हो । महोत्सव मूल आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाका अनुसार यो खर्च मेयरकप पुरुष भलिबल प्रतियोगिता तथा औद्योगिक मेला प्रदर्शनी बाहेकको हो । 

लामाका अनुसार मेयर कप पुरुष भलिबल प्रतियोगिताको खर्च फुङलिङ नगरपालिका र औद्योगिक मेला प्रर्दशनीको खर्च नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले गरेका हुन् । मेयरकप भलिबलमा २० लाख रुपैयाँ खर्च भएको फुङलिङ नगरपालिकाले जनाएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष राजेन्द्र भारतीका अनुसार ताप्लेजुङ पर्यटन महोत्सवकै अवसरमा सञ्चालित  औद्योगिक मेला प्रर्दशनी सहितका कार्यक्रममा ९ लाख ५७ हजार रुपैयाँ खर्च भएको छ ।  

महोत्सवकै अवधिमा कार्यक्रम समावेश भएपनि उक्त कार्यक्रम सम्वन्धित निकायमार्फत सञ्चालन र व्यवस्थापन भएकोले उक्त दुई कार्यक्रमको आम्दानी तथा खर्चको दायित्व क्रमशः फुङलिङ नगरपालिका र नेपाल घरेलु तथा साना उद्योग महासंघकै रहेको महोत्सव मूल आयोजक समितिका सदस्य सचिव देवराज गुरुङले बताए । सार्वजनिक भएको खर्च विवरण अनुसार पुरुष तथा महिला हाफ म्याराथनको पुरस्कारमा मात्र ५ लाख ४६ हजार ६ सय ६७ रुपैयाँ खर्च भएको छ । यस्तै म्याराथन व्यवस्थापनतर्फ २ लाख ५० हजार २ सय ६८ रुपैयाँ खर्च भएको छ । परियोजना प्रस्ताव निमन्त्रणा, मायाको चिनो, प्रमाण–पत्र तयारी तथा छपाईमा २ लाख ७६ हजार ८ सय ८९ रुपैयाँ खर्च भएको महोत्सव आयोजक समितिको तथ्याङ्क छ ।  

महोत्सवका लागि मञ्च व्यवस्थापन र साउन्ड सिस्टममा १० लाख १५ हजार ८ सय ७० रुपैयाँ खर्च भएको छ । साँस्कृतिक कार्यक्रमतर्फ कलाकार पारिश्रामिक, प्रस्तुती, यातायात र आवास खर्चवापत ५ लाख ७० हजार २ सय ४७ रुपैयाँ खर्च भएको महोत्सव मूल आयोजक समितिले जनाएको छ । स्टल व्यवस्थापन, खाद्य परिकार र कार्यक्रमस्थलको जग्गा भाडातर्फ २ लाख १८ हजार ९ सय ८५ रुपैयाँ र डिजाइन तथा फ्लेक्स प्रिन्टमा १ लाख ८४ हजार ६ सय ७६ रुपैयाँ खर्च भएको छ । साईकिलिङ व्यवस्थापनतर्फ १ लाख २६ हजार ४ सय ५० रुपैयाँ खर्च भएको छ । यस्तै स्वागतद्वार निर्माणमा १ लाख १५ हजार २ सय ६० रुपैयाँ र मठमन्दिर तथा माङ्हिममा पूजाका लागि १ लाख २ हजार ४ सय ४५ रुपैयाँ खर्च भएको छ । छायाङ्कन तथा फोटो प्रदर्शनीमा १ लाख ६ हजार खर्च भएको छ । अतिथि स्वागत–सत्कारतर्फ १ लाख ८२ हजार ९५ रुपैयाँ खर्च भएको छ । सुरुदेखि अन्त्यसम्मको अवधिको खाना, खाजा, चिया तथा छलफलमा १ लाख ५३ हजार ३ सय ५५ रुपैयाँ खर्च भएको छ ।  

रेडियोमा मात्र विज्ञापन प्रसारणमा ९९ हजार ७ सय २० रुपैयाँ र यातायात व्यवस्थापनमा ८५ हजार ३ सय ३६ रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ । डोकोक्यारी रनतर्फ ७९ हजार २ सय ७५ रुपैयाँ खर्च भएको छ । अन्तर गाउँपालिकास्तरीय वक्तृत्वकला प्रतियोगितामा ५७ हजार र झाँकी व्यवस्थापनमा ४५ हजार ५ सय रुपैयाँ खर्च भएको छ । यस्तै औद्योगिक तथा कृषि प्रदर्शनीमा ३९ हजार ९ सय रुपैयाँ र पर्यटकीय क्षेत्र भ्रमण तथा अवलोकनमा २७ हजार ९ सय रुपैयाँ खर्च भएको छ । स्वयंसेवक परिचालनतर्फ ४१ हजार ६ सय ७५ रुपैयाँ खर्च भएको छ । साहित्य कार्यक्रमतर्फ १८ हजार ५ सय ५० रुपैयाँ खर्च र चौरी प्रदर्शनीका क्रममा १० हजार खर्च भएको छ । सरसफाई व्यवस्थापनमा ७ हजार ४ सय २० रुपैयाँ र पुरस्कार व्यवस्थापनतर्फ ३ हजार २ सय ७५ रुपैयाँ खर्च भएको समितिले जनाएको छ ।  

महोत्सव सञ्चालनका लागि पाथीभरा क्षेत्र विकास समितिले १९ लाख ७० हजार अनुदान सहयोग उपलब्ध गराएको महोत्सव मूल आयोजक समितिले जनाएको छ । यस्तै पाथीभरा केवलकार प्रालिले १० लाख, फुङलिङ नगरपालिकाबाट ६ लाख, स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडबाट ३ लाख, जिल्ला स्थित निर्माणाधिन हाइड्रोपावर कम्पनीबाट ५ लाख, सानिमा मध्य तमोर जलविद्युत योजनाबाट १ लाख, पाथीभरा  देवी मन्दिर क्षेत्र संरक्षण तथा संम्वद्र्धन समितिबाट १ लाख, मिक्वाखोला गाउँ कार्यपालिकाबाट १ लाख, ताप्लेजुङ भेनियर संघमार्फत ९० हजार, गोर्खा व्रुअरी प्रालिबाट ५० हजार, धावकहरुको प्रवेश शुल्कवापत ३२ हजार ५ सय र सिद्धार्थ बैंकमार्फत ८ हजार ५ सय रुपैयाँ प्राप्त भएको महोत्सव मूल आयोजक समितिले जनाएको छ ।  

महोत्सव मूल आयोजक समितिले कर कार्यालय पाँचथरमा ७५ हजार रुपैयाँ धरौटी राखेको छ भने १ लाख रुपैयाँ बचत रहेको हो । लेखा परीक्षण, कर कार्यालयमा हुने थप कार्य र पत्रकार सम्मेलनमा भएको खाजा खर्च समेत यही १ लाख ७५ हजार रकमबाट स्रोत व्यहोरिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत पर्यटन वोर्डबाट १५ लाख रुपैयाँ प्राप्त हुने भनिएपनि सो रकम नआएको समेत महोत्सव मूल आयोजक समितिले जनाएको छ । यसैबीच आगामी तीनबर्ष भित्र ताप्लेजुङमा दोस्रो ताप्लेजुङ पर्यटन महोत्सव सञ्चालन गर्ने सोच अनुसार सरोकारवालासंग प्रारम्भिक छलफल सुरु गरिएको समेत लामाले जानकारी दिए ।  
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस