चोटको चपेटामा फुटबल टोली
१९ जेष्ठ २०८१
•
६ मिनेट पाठ
चोटको चपेटामा फुटबल टोली
अञ्जन विष्ट
चार खेलमा जितविहीन रहँदै फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ संयुक्त छनोटबाट बाहिरिसकेको नेपाली टोलीको एकै लक्ष्य छ- कम्तीमा समूहचरणमा अंक जोड्नु। यही लक्ष्य बोकेको नेपाली टोलीले ६ जुनमा युएई र त्यसको पाँच दिनपछि यमनको सामना गर्दै छ।




साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुने यी दुई खेललाई नेपाली टोलीले प्रतिष्ठा जोगाउने अवसरको रूपमा लिएको छ। तर, यस पटक नेपाली टोलीलाई आफ्नो लक्ष्यअनुसार प्रदर्शन गर्न कठिन हुने देखिन्छ। यसको एकै कारण हो, आधा दर्जनभन्दा बढी खेलाडीको चोट।

नियमित फरवार्ड अञ्जन विष्ट र मिडफिल्डर उत्सव राई चोटका कारण रिह्याबमा छन्। विंगर दिनेश हेम्जनलाई चोट लागेपछि शल्यक्रिया गरिएको छ। उदाउँदा विंगर समीर तामाङ, फरवार्ड राजेश परियार र मिडफिल्डरद्वय फत्तेमान घले एवं योगेश गुरुङ पनि घाइते भएका छन्। राष्ट्रिय टोलीका व्यवस्थापक उत्तमराज भण्डारी भन्छन्, ‘फत्तेमानबाहेक सबैजसो घाइते खेलाडीको समस्या उस्तै छ, घुँडामा चोट।’

अञ्जनले १२ अक्टोवर, २०२३ मा दशरथ रंगशालामा लाओसविरुद्ध भएको मैत्रीपूर्ण खेलमा एक गोल गर्दै हरि खड्का र नीराजन रायमाझीको १३ गोलको कीर्तिमान बराबरी गरेका थिए।

विश्वकपका दुई छनोट प्रतियोगितामा चार गोल गरेका २६ वर्षीय अञ्जनले यही प्रतियोगिताअन्तर्गत गत २२ मार्चमा बहराइनविरुद्ध खेल्ने क्रममा चोट बोक्न पुगे। रिफास्थित बहराइन राष्ट्रिय रंगशालामा ५-० गोलअन्तरले नेपाल पराजित भएको खेलमा चोटकै कारण उनले पहिलो हाफमा मैदान छाड्नुपर्‍यो।

बहराइनविरुद्धकै अर्को खेलमा नेपाल ३-० गोलअन्तरले पराजित हुँदा पनि उनी बेन्चमै सीमित भए। उनी तीन साताअघि बेलायतमा भएको ब्रिटिस आर्मी र इङ्ल्यान्ड ‘सी’ विरुद्ध खेल्न उत्रिएका थिए। तर, ती दुई खेलमा बहराइनमा लागेको उनको चोट झन बल्झियो।

चोट बल्झिँदा बल्झिँदै मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले अञ्जनलाई २८ सदस्यीय प्रारम्भिक टोलीमा समावेश गरेका थिए। तर, खेल्न नसक्ने भएपछि उनी टोलीलाई जानकारी दिएर रिह्याबमा गएको भण्डारी बताउँछन्।

‘उनी नहुनु भनेको धेरै ठूलो क्षति पुग्नु हो। खेल्न सक्छन् कि भनेर हामीले बन्द प्रशिक्षणमा बोलाएका थियौं। तर, खेल्नै नसक्ने अवस्था आएपछि बाध्य भएर रिह्याबमा पठाउन प¥यो,’ उनले भने।

सेन्टर मिडफिल्डर उत्सव र विंगर दिनेशलाई पनि इङ्ल्यान्ड ‘सी’ विरुद्धकै खेलमा चोट लागेको थियो। बैसाखी टेकेर नेपाल फर्किएका उत्सव खेल्न नसक्ने अवस्थामा छन्। त्यसैले उनलाई पनि नेपाल फर्किएलगत्तै रिह्याबमा पठाइएको छ। विंगर दिनेशको भने यसै हप्ता बी एन्ड बी हस्पिटलमा घुँडाको शल्यक्रिया गरिएको छ।

सोही प्रतियोगिता खेल्नका लागि पहिलो पटक राष्ट्रिय टोलीमा परेका फत्तेमान भने दुई दिनअगाडि विभागीय टोली नेपाल पुलिस क्लबसँगको मैत्रीपूर्ण अभ्यास खेल खेल्दा घाइते भएका हुन्। उनको कुर्कुच्चा फ्याक्चर भएपछि एउटा प्लेट राखेर प्लास्टर गरिएको छ।

‘अञ्जन, दिनेश, फत्तेमान र उत्सवचाहिँ खेल्न नसक्ने अवस्थामा छन्। उनीहरूको स्थानमा आयुष घलानसहित अन्य चार जना खेलाडीलाई बोलाएका छौं,’ उनी भन्छन्, ‘उनीहरूबाहेक समीर र योगेश पनि अभ्यासको क्रममा घाइते भएका छन्।’

अहिले घाइते खेलाडीको स्थान लिन आयुषसहित वसन्त जिम्बा, आशिष राई र नीरज शाह प्रशिक्षण गरिरहेका छन्। घरेलु मैदानमा भएको यु- १९ साफ च्याम्पियनसिपमा तीन गोल गरेका समीरले बहराइन जानुपूर्व मलेसियासँग खेलिएको अभ्यास खेलमा डेब्यु गरेका थिए।

उक्त अनौपचारिक खेलमा एक गोल गरेका उनले बहराइनविरुद्धको दोस्रो खेलमा सुरुआती ११ मै स्थान बनाए। दिनेश र उत्सवले भने गत वर्ष मात्रै राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। ३३ वर्षीय योगेश लामो समयदेखि राष्ट्रिय टोलीमा छन्। फत्तेमान भने डेब्युको पर्खाइमा छन्।

‘टोलीको सन्तुलनमा असर पर्छ’

नियमित खेलिरहेका खेलाडी घाइते हुँदा नयाँ खेलाडीले प्रतिस्थापन गर्नै पर्ने हुन्छ। त्यसले गर्दा सन्तुलित टोलीमा धेरै असर पर्ने नेपाली राष्ट्रिय टोलीका पूर्वडिफेन्डर विक्रम लामा बताउँछन्। ‘एक-दुई जना घाइते हुँदा टोलीमा धेरै असर नगर्न सक्छ।

नयाँ आउने खेलाडीबाट पनि काम लिन सकिन्छ। तर, यत्रो संख्यामा घाइते हुनु भनेको पक्कै पनि चिन्ताको विषय हो। यसले सन्तुलित रहेको टोलीलाई खलबल्याउने काम गर्छ,’ उनले भने।

अञ्जन र दिनेशको अनुपस्थितिमा मुख्य प्रशिक्षक एनेसले आयुष घलान, सञ्जीव विष्ट र जेलेस्पीजंग कार्कीलाई प्रयोग गर्न सक्छन्। उनीहरूमा पनि राम्रो क्षमता रहेको लामा बताउँछन्। तर, अञ्जनजस्तो खेलाडीको कमी परिपूर्ति गर्न अन्यलाई भने गाह्रो हुने उनको भनाइ छ।

यसरी धेरै खेलाडीमा एकैचोटि चोट आउनुको मुख्य कारण भनेको कहाँ खेल्ने, कसरी खेल्ने र कहिले खेल्ने भन्ने कुरामा ध्यान नदिनु रहेको उनको बुझाइ छ। यसका अलावा खेल्ने मैदान राम्रो नभएका कारण पनि घुँडामा समस्या देखिने गरेको उनको भनाइ छ।

नेपाली राष्ट्रिय टोलीले विगतमा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र च्यासलस्थित एन्फा टेक्निकल सेन्टरमा प्रशिक्षण गर्दै आएको थियो। तर, युएईविरुद्धको घरेलु मैदानमा खेल्नुपर्ने भएका कारण स्तरोन्नति गर्ने रंगशालामा खेलाडीलाई प्रशिक्षण गर्न दिइएन। एन्फा टेक्निकल सेन्टरमा भने बाहिरी कार्यक्रम भइराख्ने हुँदा खेलाडीले प्रशिक्षण गर्ने अवसर पाएनन्।

अहिले राष्ट्रिय टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र आर्मी अफिसियल केन्द्रमा प्रशिक्षण गरिरहेको छ। तर, मैदानको अवस्था नहेरी प्रशिक्षणका लागि आफूखुसी स्थान तोक्दिँदा पनि अभ्यासको क्रममा घाइते हुने खेलाडीको संख्या बढेको लामाको भनाइ छ।

‘आफूले कस्तो मैदानमा खेल्ने भन्नेबारे खेलाडीलाई नै थाहा हुन्छ। तर, यहाँ मैदानको अवस्था नबुझी अभ्यासका लागि तोकिदिने परिपाटी छ। त्यसले गर्दा अभ्यासको क्रममा खेलाडी घाइते भइरहेका हुन्छन्। अर्कोतर्फ भनेको यहाँ हामी टर्फ र अनहेल्दी मैदानमा अभ्यास गर्छौं। तर, बाहिरको मैदान अर्कै किसिमको हुन्छ। त्यस्तोमा गएर खेल्दा समस्या उत्पन्न हुन्छ,’ उनी भन्छन्।

एन्फाका महासचिव किरण राई भने मैदानकै कारण खेलाडी घाइते नभएको बताउँछन्। खेल खेल्दा र अभ्यास गर्दा घाइते हुनु सामान्य प्रक्रिया रहेकाले एन्फालाई दोष दिन नमिल्ने उनको तर्क छ।

‘दशरथ रंगशाला र च्यासल युएईसँगको खेल खेल्नकै लागि स्तरोन्नति गर्नुपर्ने भएका कारण टोलीलाई अभ्यास गर्न नदिइएको हो। उपलब्ध भएकै मैदानमा प्रशिक्षण गर्ने व्यवस्था मिलाइदिएका हौं। विगतमा पनि यही मैदानमा प्रशिक्षण गरेका हुन्। यही प्रशिक्षण गर्दा अझ खेलाडी घाइते भयो भन्नु मनासिब रहन्न,’ उनले भने।

६ महिनापछि फर्किए आयुष

प्रारम्भिक टोलीमा नपरेका आयुष घलान करिब ६ महिनापछि नेपाली राष्ट्रिय फुटबल टोलीमा फर्किएका छन्। विश्वकप र एसियन कपअन्तर्गत बहराइनविरुद्ध गत मार्च २२ र २७ मा भएको खेलका लागि प्रारम्भिक टोलीमा परे पनि बन्द प्रशिक्षणमा नगएको भन्दै २० वर्षीया घलानलाई ब्रिटिस आर्मी र इङ्ल्यान्ड ‘सी’ विरुद्धको खेलका लागि मुख्य प्रशिक्षक एनेसले बोलाएका थिएनन्। तर, टोलीका महत्वपूर्ण खेलाडी घाइते भएपछि प्रारम्भिक टोलीमा नरहे पनि उनलाई बाँकी दुई खेलका लागि प्रशिक्षणमा बोलाइएको हो।

गत नोभेम्बर १६ र २१ मा युएई र यमनविरुद्ध भएको खेलेपछि उनी राष्ट्रिय टोलीबाट बाहिर थिए। ‘पहिला प्रारम्भिक टोलीमा उनको नाम समावेश थियो। तर, आउने-नआउने कुनै जानकारी नै दिएनन्। बुझ्न खोज्दा पनि सम्पर्कमै नआएपछि उनीहरू आफूखुसी अगाडि बढेको भन्ने बुझेका थियौं,’ राष्ट्रिय टोलीका व्यवस्थापक भण्डारीले भने।

एसियाली फुटबल महासंघ (एएफसी)ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल सञ्चालन गर्न अयोग्य ठहर गरेको छ। त्यसैले नेपालले युएईविरुद्धको ‘होम म्याच’ र यमनविरुद्धको ‘अवे म्याच’ साउदी अरेबियाको दमाममा खेल्ने छ।

समूह ‘एच’ अंकतालिका

यस समूहबाट युएईले शीर्ष स्थानमा रहँदै विश्वकपको तेस्रो चरणमा स्थान बनाइसकेकाे छ। यसले सीधै एएफसी एसियन कपमा पनि आफ्नो स्थान सुरक्षित गरेको छ। बहराइन र यमन भने अघिल्लो चरणमा पुग्न प्रतिस्पर्धारत छन्। नेपालले भने एसियन कपका लागि क्वालिफायर खेल्ने छ।
अर्को समाचार
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
२ घण्टा अघि
•
१ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
जुम्ला। यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।




पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेलहुने भएपछि यहाँका स्थानीय तह र सरोकारवाला निकाय तयारी अवस्थामा जुटेकाछन्। खेल सञ्चालनहुने स्थानलाई तयारी अवस्थमा राखिएको छ।

बाहिरीबाट आउने खेलाडिलगायत अतिथिलाई स्वागत गर्नेका लागि जिल्लाको मुख्य प्रवेश विन्दु तिला गाउँपालिकामा गेट निर्माणको जिम्मा सम्बन्धित गाउँपालिकालाई दिइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए।

पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाको खेलमैदान प्रतियोगिता हुने भएको छ। आवश्यक सबै स्रोत साधन उपलब्ध भएको छ। खेल यही १४ देखि २० मंसिरसम्म सञ्चालनहुने छ। प्रतियोगिता अघि आवश्यक मर्मतसम्भार, व्यवस्थापन र तयारीका काम अहिले भइरहेको उनको भनाइ छ।

यसैगरी खेलाडिलाई थप पूर्व तयारी खेल खेल्न चन्दननाथ नगरपालिका–२ स्थित परिमलाचौर फुटबल मैदान सम्याउने, प्याराफिट मर्मत गर्ने र आवश्यक पोल निर्माणका काम सञ्चालन भएका छन्। प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन थप मर्मतसम्भार तथा सजावटका काम धमाधम भइरहेको समितिले जनाएको छ। रासस
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यो पनि पढौँ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस