काठमाडौं – नेपाली क्रिकेटले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको एक हप्ता पनि बितेको छैन । तर घरेलु संरचना तथा अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) नभएको अवस्थामा प्राप्त उपलब्धिलाई कसरी दिगो बनाउने भन्नेमा खेलाडी चिन्तित छन्।
घरेलु संरचना तथा क्यान नहुँदा नेपालको महिला टोली अझ बढी पीडित छ । अन्तर्राष्ट्रिय प्रतियोगिता थोरै हुने र घरेलु प्रतियोगिता शून्य अवस्थामा हुँदा महिला खेलाडी बेरोजगारजस्तै छन् । कतिपय पलायनको अवस्थामा छन् । तर यहीबीचमा पनि खेलाडीहरू आफ्नै प्रयासमा चैत १८ गतेबाट हुने रुपाली बैंक प्रथम अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता खेल्न बंगलादेश जाँदै छन् । एक हप्तासम्म चल्ने प्रतियोगितामा नेपालबाट मिलन क्रिकेट क्लब र राइजिङ क्रिकेट फर वुमन गरी दुई टोलीको सहभागिता रहनेछ । त्यसका लागि टोली शनिबार बंगलादेश जानेछ।
‘हामी भन्दाभन्दै थाकिसक्यौं । कति भन्ने कसैले सुन्दैन,’ राष्ट्रिय महिला टोलीकी कप्तान रुविना क्षेत्रीले भनिन्, ‘प्रतियोगितै नहुने अवस्थामा पाएको यस्तो राम्रो अवसरलाई हामीले गुमाउन चाहेनौं । त्यसैले आफ्नै प्रयासमा बंगलादेश खेल्न जान लागेका हौं ।’
लिग कम नकआउट प्रणालीमा हुने प्रतियोगितामा बंगलादेशका ३, नेपालबाट २ तथा भारतबाट १ गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्।
‘बंगलादेशका तीन टोलीमा त्यहाँका राष्ट्रिय खेलाडी खेल्छन् । भारतबाट पनि स्टेट लेभलका खेलाडीहरू खेल्छन्,’ मिलन क्रिकेट क्लबको कप्तानसमेत रहेकी रुबिनाले थपिन्, ‘त्यसैले यस्तो राम्रो अवसरलाई हामीले किन गुमाउने भनेर आफ्नै प्रयासमा प्रतियोगिता खेल्न जान लागेका हौं।’
जिम्बाब्वेमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि क्रिकेटमा सबैको चासो बढिरहेको छ । प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मले क्रिकेटमा चासो देखाएका छन् । उक्त चासोको परिधिमा महिला टोली भने अझै परेको छैन । त्यसैले त प्रतियोगिता खेल्न जानका लागि आवश्यक १ लाख रुपैयाँ रकम पनि खेलाडी आफैंले मुस्किलसँग जोहो गरेका छन्।
‘फुटबलमा जस्तो क्रिकेटमा सजिलै सहयोग पाइँदैन । महिला टोलीलाई त झनै गाह्रो छ । सरकारले त महिनाबारी तलब पनि दिएको छैन । खेलाडी भएर प्रतियोगिता खेल्न जानका लागि पैसा माग्दै हिँड्नुपर्ने अवस्था छ,’ कप्तान रुबिनाले थपिन्, ‘यसबीचमा पनि झापा र काठमाडौंमा केही सहयोगी हात फेला परे । उहाँहरूकै सहयोगमा प्रतियोगिता खेल्न सम्भव भएको छ ।’
राष्ट्रिय महिला टोलीका कप्तान रुबिना क्षेत्रीले नेपालबाट सहभागी हुने मिलन क्रिकेट क्लबमा राष्ट्रिय टोलीका खेलाडीको वर्चस्व रहने बताइन् । त्यस्तै राइजिङ क्रिकेटमा युवा खेलाडीहरू समावेश गरिएको रुविनाले बताइन्।
‘फुटबलमा जस्तो क्रिकेटमा सजिलै सहयोग पाइँदैन । खेलाडी भएर प्रतियोगिता खेल्न जानका लागि पैसा माग्दै हिँड्नुपर्ने अवस्था छ।’