यी १२ टीमको स्थान सुरक्षित, नेपाल र ओमानले सिँधै एसिया छनोट खेल्ने
२० असार २०८१
•
२ मिनेट पाठ
यी १२ टीमको स्थान सुरक्षित, नेपाल र ओमानले सिँधै एसिया छनोट खेल्ने
सन् २०२६ को आईसिसी टी–२० पुरुष विश्वकप क्रिकेटका लागि १२ टीमले स्थान सुरक्षित गरिसकेका छन्।




इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसिसी) का अनुसार सन् २०२६ मा हुने आईसिसी टी–२० पुरुष विश्वकप क्रिकेट भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुने भएकाले यी दुई टीम पहिला नै सुरक्षित छन् भने आईसिसी टी–२० पुरुष विश्वकप क्रिकेटको पहिलो राउन्डमा सानदार जित हात पारेको र सुपर आठमा स्थान बनाएका टीम रहेका छन्।

जसमा साउथ अफ्रिका, अमेरिका, बङ्गलादेश, इङ्ग्ल्यान्ड, अफगानिस्तान, अस्ट्रेलिया र वेस्ट इन्डिज रहेका छन्। त्यसबाहेक सुपर ८ मा स्थानमा स्थान नबनाए पनि आईसिसी टी–२० वरीयता २०२४ जुन अनुसार ७ औँ स्थानमा रहेको पाकिस्तान, छैटौँ स्थानमा रहेको न्यूजिल्यान्ड र ११ औँ स्थानमा रहेको आयरल्यान्डले पनि सन् २०२६ को आईसिसी टी–२० पुरुष विश्वकपमा स्थान बनाइसकेको छ।

त्यसबाहेकका अन्य ८ टीमले क्षेत्रीय प्रतियोगिताबाट आईसिसी टी–२० पुरुष विश्वकपका लागि आफ्नो स्थान बनाउने छन्। क्षेत्रीय प्रतियोगिताका लागि पनि टीमहरू सुनिश्चित भइसकेका छन्। जसमा अफ्रिकी क्षेत्रबाट युगान्डा, जिम्बावे र नामिबिया रहेका छन्। तर, यी तीनलाई चुनौती दिन नाइजेरिया, तान्जिनिया र केन्या तयारी गरिरहेका छन्।

अमेरिकी क्षेत्रबाट क्यानडा र बर्मुडालाई चुनौती दिन अर्जेन्टिना र पनामा प्रतिस्पर्धामा रहने छन्।

नेपाल र ओमानले पहिला नै एशियन क्षेत्रका लागि स्थान बनाइसकेका छन् भने युएई पनि प्रतिस्पर्धामा हुनेछ। त्यसबाहेक उपक्षेत्रीय छनोटमा बहराइन, कुवेत र कतार तीन टोलीको रूपमा खेलमा आफ्नो छाप छोड्न तयारीमा जुटेका छन् भने हङकङ र मलेसिया पनि लाइनमा हुनेछ।

इस्ट एसिया प्यासेफिक क्षेत्रबाट पपुआ न्यूगिनीका लागि जापान ठूलो प्रतिस्पर्धी हुनेछ। केन्डेल काडोवाकी–फ्लेमिङको टोलीले आफ्नो उप–क्षेत्रीय छनोटमा इन्डोनेसिया, फिलिपिन्स र दक्षिण कोरियालाई जित्नुपर्ने हुन्छ। जबकि भानुआटु, अर्को उप–क्षेत्रीय छनोटमा शीर्ष स्थानमा आउने टोलीले समोआ, फिजी र कुकलाई पन्छाउनै पर्ने हुन्छ।

युरोपीय क्षेत्रबाट आयारल्यान्डले पहिला नै स्थान बनाइसकेको हुँदा अब क्षेत्रीय प्रतिस्पर्धामा नेदरल्यान्ड्स र स्क्टल्यान्ड प्रतिस्पर्धामा हुनेछ। उप–क्षेत्रीय क्वालिफायर ‘ए’ मा अन्य नौ टोलीलाई हराएर माथि रहेको इटालियन टोलीले यसअघि नै क्षेत्रीय फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

जर्सी र जर्मनीले जुलाईमा समूह ‘बी’ बाट स्थान कब्जा गर्ने सम्भावना रहेको छ भने डेनमार्क, स्पेन र गुर्नसेले अगस्टमा क्वालिफायर ‘सी’ मा स्थान बनाउनका लागि भिड्नेछन्।
अर्को समाचार
भारत र श्रीलङ्का बीचको दोस्रो एकदिवसीय आज, दुबै टोली जित्नै पर्ने दबाबमा
२० साउन २०८१
•
१ मिनेट पाठ
भारत र श्रीलङ्का बीचको दोस्रो एकदिवसीय आज, दुबै टोली जित्नै पर्ने दबाबमा
भारत र श्रीलङ्का बीचको दोस्रो एकदिवसीय खेल आज हुँदैछ।




श्रीलङ्काको आर.प्रेमदासा स्टेडियममा हुने आजको खेल दिउँसो २ः४५ बजेबाट सुरु हुनेछ।

रोहित शर्माको कप्तानीमा रहेको भारतीय टीम र चरित असलङ्काको कप्तानीमा रहेको श्रीलङ्कन टीमले आफ्नो पहिलो खेल बराबरीमा टुङ्ग्याएका थिए। त्यसकारण आजको खेलमा दुबै टोलीलाई जित्नै पर्ने दबाब रहन्छ।

आजको खेलमा जसले जितेपनि सिरिजमाथि कसले जित हात पार्छ त्यो भने अन्तिम खेलले तय गर्छ।

३ खेलको एकदिवसीयमा भारतीय टीमले भने आजको खेलमा आफ्ना खेलाडी परिवर्तन गर्न सक्ने सम्भावना देखिन्छ।

भारत र श्रीलङ्का बीच यसअघि भएको ३ खेलको टी–२० सिरिजमा भारतले सूर्य कुमार कप्तानीमा क्लिन स्वीप गरेको थियो।

भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम एकदिवसीय बुधवार हुनेछ।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस