थ्री स्टार क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा लगातार दोस्रो हार सामना गर्दा न्युरोड टिम (एनआरटी) ले भने दोस्रो जित आत्मसात् गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको पहिलो खेलमा थ्री स्टारले चर्च ब्वाइजसँग १–० को साँघुरो हार बेहोर्दा दोस्रो खेलमा एनआरटीले खुमलटार एफसीलाई १–० ले हराउँदै दोस्रो सफलता प्राप्त गरेको हो। आफ्नै क्लबका पूर्वअध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा जारी यस सिजनको लिगमा थ्री स्टारले पहिलो दुई खेलमा हार बेहोर्दै खराब सुरुआत गरेको छ। थ्री स्टारले पहिलो खेलमा पनि विभागीय टोली नेपाल पुलिस क्लबसँग ७–२ को फराकिलो हार सामना गरेको थियो।
पहिलो खेलमा एनआरटीले चर्च बोइजलाई र खुमलटारले सातदोबाटो युथ क्लबलाई हराएका थिए। यता, चर्च बोइजको पनि दोस्रो खेलमा पहिलो जित हो। पहिलो खेलमा चर्च ब्वाइज न्युरोड टिम (एनआरटी)सँग २–१ ले पराजित भएको थियो।
चर्च ब्वाइजलाई जित दिलाउन अमनबहादुर तामाङको गोल नै पर्याप्त बन्यो। उनले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेका हुन्। अनिष श्रेष्ठले दिएको बललाई अमनले वान टच मार्फत् गोलमा परिणत गराए। दोस्रो हाफमा थ्री स्टारले गोलका थुप्रै अवसर सिर्जना गर्दै खेलमा फर्कने प्रयास गर्यो। तर, सफल हुन सकेन।
दोस्रो हारपछि थ्री स्टार अंकविहीन छ। बुधबारकै दोस्रो खेलमा एनआरटीले खुमलटारमाथि १–० को साँघुरो जित निकाल्यो। एनआरटीको जितमा सन्तोष गोङ्बाको गोल नै निर्णायक साबित भयो।
६२औं मिनेटमा सन्तोषले गोल गर्दै अग्रता दिलाए। उनले आफ्ना गोलकिपर तपरेज मियाको लामो पास नियन्त्रणमा लिँदै सुन्दर गोल गरे। त्यसपछिको बाँकी समयमा दुवै तर्फबाट गोल हुन सकेने। खुमलटारले पहिलो खेलमा भने सातदोबाटो युथ क्लबलाई २–० ले पराजित गरेको थियो।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी यु–१८ युथ लिगको मंगलबार नै पहिलो चरणका खेल सम्पन्न भएका छन्। सहिद स्मारक ‘ए’ डिभिजन लिगका १२ क्लबको सहभागिता रहने तय थियो। तर, हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबले भने यु–१८ युथ लिगमा सहभागिता जनाएका छैनन्। डबल राउन्ड रोबिनका आधारमा जारी यु–१८ युथ लिगको पहिलो चरणका खेल सकिँदा मच्छिन्द्र, मनाङ मस्र्याङ्दी एनआरटी, खुमलटार र नेपाल पुलिस क्लबले सुखद सुरुआत गरेका छन्।
जावलाखेल र एपिएफले १–१ को गोलको बराबरी नतिजा सामना गरे। यस लिगको विजेताले एक लाख र उपविजेता ५० हजार रूपैयाँ पाउनेछन्। उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले पनि समान १५ हजार रूपैयाँ पाउनेछन्।