एपिएफ समूह ‘सी’ मा
०४ साउन २०८१
•
२ मिनेट पाठ
एपिएफ समूह ‘सी’ मा
एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोट चरणको ‘ड्र’ बिहीबार निकालिएको छ र त्यसमा नेपाली घरेलु फुटबलमा सबैभन्दा सफल विभागीय टोली एपिएफ समूह ‘सी’ मा परेको छ। एपिएफ रहेको समूहमा उज्वेकिस्तानको फुटबल क्लब नासाफ र मलेसियाको सबा फुटबल क्लब रहेका छन्।




एसियाली फुटबल महासंघ (एएफसी) ले एसियामा महिला फुटबललाई गति दिन आगामी अगस्टदेखि सुरु गर्न लागेको महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा १३ टोलीले प्रतिस्पर्धा गर्नेछन्। समूह ‘ए’ मा म्यावाडी महिला फुटबल क्लब (म्यानमार), योङ एलिफेन्ट्स एफसी (लाओस), अबुधाबी कन्ट्री क्लब (युएई) र अल नासर क्लब (साउदी अरब) रहेका छन्। बाँकी तीन समूहमा भने समान तीन क्लब रहेका छन्।

अगस्ट २५ देखि ३१ सम्म केन्द्रीकृत लिग ढाँचामा हुने खेलहरू साउदी अरब, जोर्डन, मलेसिया र भुटानले आयोजना गर्नेछन्। नेपाल रहेको समूहको खेल भने मलेसियामा हुने एएफसीले जनाएको छ।

गत अगस्टमा घोषणा गरिएको प्रतियोगितामा २२ सदस्यीय संघ (एमए) को प्रतिनिधित्व हुने एएफसीले जनाएको छ। एएफसीका अनुसार फिफा महिला विश्व वरीयता (१५ मार्च २०२४ सम्म) अनुसार शीर्ष आठ एमएका क्लबहरूले सीधै च्याम्पियन्स लिगमा स्थान बनाउनेछन्।

बाँकी चार क्लब भने प्रारम्भिक छनोट पार गरेर आउनुपर्नेछ। नेपाल वरीयतामा १८औं स्थानमा रहेकाले एपिएफले प्रतियोगिताको प्रारम्भिक चरणमा सहभागिता जनाउन लागेको हो। यी चार समूहका विजेताले मात्रै च्याम्पियन्स लिगमा स्थान बनाउनेछन्।

पहिलो पटक महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोट खेल्न लागेको एपिएफले राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका राजेन्द्र तामाङलाई अनुबन्धित गर्दै मंगलबारदेखि हलचोकमा तयारी सुरु गरिसकेको छ। टोलीमा कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा, सावित्रा भण्डारी, अनिता बस्नेत, अनिता केसी, प्रीति राई, सरु लिम्बु, गीता राना, रेनुका नगरकोटी, सविता रानामगर, हीराकुमारी भुजेल, रश्मिकुमारी घिसिङ, निशा थोकरलगायत राष्ट्रिय टोलीका खेलाडीको वर्चस्व छ।
अर्को समाचार
एपिएफ समूहविजेता
१४ पौष २०७७
•
२ मिनेट पाठ
एपिएफ समूहविजेता
दाङमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीलाई हराउँदै विभागीय टोली एपिएफ समूहविजेता बनेको छ।  एफिएफले समूह चरणअन्तर्गत खेलेका तीनवटै खेलमा जित हासिल गर्‍यो भने लुम्बिनीले तीनमध्ये दुईमा जित र एकमा हार बेहोर्‍यो।  




सोमबार एपिएफले प्रस्तुत गरेको १ सय २३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभर पूरै खेल्दै ६१ रनमा सीमित भयो। लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ११ र सरस्वती पुनले अविजित रहँदै १० रन बनाउनुबाहेक अन्य खेलाडीले उलेख्य योगदान गर्न सकेनन्।  

बलिङतर्फ एपिएफका लागि करुणा भण्डारीले ३ विकेट लिइन् भने सोनु खड्का र रेखा रावलले १/१ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो।  

एपिएफका लागि ओपनर ज्योति पाण्डे र राजमती ऐरीले ४४ रनको साझेदारी गरे। ८.३ ओभरमा पवेलियन फर्किएकी राजमतीले २५ बलको सामना गर्दै ११ रन बनाइन्। राजमती आउट भएपछि ज्योतिलाई साथ दिन इन्दु बर्मा मैदान उत्रिएकी थिइन्।  

१७.४ ओभरमा टिमको स्कोर १ सय ४ रन हुँदा आउट भएकी इन्दुले ३० बलमा ४ चौकासहित २८ रन बनाइन्। त्यसपछि ज्योति ४९ रन बनाएर आउट भइन्। उनले ५४ बलको सामना गर्दै १ चौका प्रहार गरिन्। यस्तै ममता चौधरीले ४ रन बनाउँदा सरिता मगरले १० र सोनु खड्काले २ रन बनाए।

बलिङतर्फ लुम्बिनीकी कप्तान नेरी थापाले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् भने कृतिका मरासिनी र सरस्वती पुनले १/१ विकेट लिए। मंगलबारदेखि समूह ‘बी’ का खेल सुरु हुनेछन्। पहिलो खेलमा सुदूर पश्चिम र गण्डकी प्रदेश आमनेसामने हुनेछन् भने दोस्रो खेलमा बागमती र प्रदेश १ भिड्नेछन्।  

आइतबारको हारपछि प्रतियोगिताबाट बाहिरिइसकेको प्रदेश– २ ले सोमबार भने सान्त्वना जित हात पार्‍यो। आफ्नो अन्तिम खेलमा उसले कर्णाली प्रदेशलाई १ सय ४३ रनले पराजित गर्‍यो। प्रदेश २ ले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको कर्णाली २० ओभरमा ९ विकेट गुमाएर २२ रनमा सीमित हुन पुग्यो।
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock १ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock २ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस