फुङलिङमा भदौ ३ गते सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप प्रतियोगिताका विजेता र उपविजेताले पाउने पुरस्कार राशीमा वृद्धि गरिएको छ ।
लाखेजात्रा खेल सञ्चालन समितिले मंगलबार पत्रकार सम्मेलन गर्दैै पुरस्कार राशीमा वृद्धि गरिएको जानकारी गराएको हो । समितिका सचिव टीकेन्द्र नेपालीका अनुसार अब विजेताले ५ लाख ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार ५५५ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन् ।
ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताका प्रथम संस्करणका विजेताले ३ लाख ११ हजार १११ र उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँ पाएका थिए ।
समितिका अध्यक्ष देवराज गुरुङका अनुसार यसपटकको प्रतियोगितामा एक विभागीय र स्थानीय सहित ८ वटा टीमले प्रतिस्पर्धा गर्ने टुंगो भएको छ। उनका अनुसार संघर्ष स्पोर्टिङ क्लव उकालीपानी (ताप्लेजुङ), वाईवाई पाँचथर फुटवल क्लव(पाँचथर), सगरमाथा स्र्पोटिङ क्लव(मोरङ), सलहेश युथ क्लव(सिराहा), त्रिभुवन आर्मी क्लव(काठमाडौं), बुटवल लुम्बिनी एफ.सी, झापा–११ र भारतको एक टिम सहभागी हुनेछन् ।
ताप्लेजुङ गोल्डकपको प्रथम संस्करणको बिजेता रेडहर्ष इलाम सहितका टिम यसपटक गोल्डकपस्थल भानुजन माविको खेलमैदानमा देखिने छैनन् । ताप्लेजुङ गोल्डकप रनिङ कप फुटबल प्रतियोगिता समेत नभएको र प्रत्येक वर्ष नयाँ टिम र खेलाडीहरुको खेल कौशललाई दर्शकमाझ प्रस्तुत गर्ने ध्येयका साथ अघिल्लो वर्ष गोल्डकपमा सहभागी केही टिम यसपटकको खेलमा छुटेको आयोजक समितिले बताएको छ ।
यसपटक विधागततर्फ सर्वोत्कृष्ट खेलाडलाई नगद १५ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ । यस्तै उत्कृष्ट गोलकर्ता, उत्कृष्ट फरवार्ड, उदयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचलाई जनही नगद १० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद ५ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने समेत श्रेष्ठले बताए ।
यसवर्षबाट हरेक खेलमा ‘फ्यान अफ द म्याच’ घोषित हुने दर्शकलाई आर्कषक पुरस्कार समेत दिइने भएको छ । हरेक दिन बिक्री भएको टिकट(खेल प्रवेश शुल्क)लाई लक्की ड्र मार्फत छनौट भएका एकजनालाई नमस्ते मोवाइल सेन्टर फुङलिङका प्रोपाईटर सञ्जय थापाको सौजन्यमा एकसेट मोवाइल र फाइनलको दिन लक्की ड्र मा छनौट हुने एकजना दर्शकलाई एकथान स्मार्ट मोवाइल फोन प्रदान गरिने भएको छ ।
आयोजक समितिले क्वार्टरफाइनलका खेलसम्मका लागि जनही १ सय, सेमिफाइनल खेलका लागि जनही २ सय र फाइनल खेलका लागि जनही २ सय ५० रुपैयाँ टिकटदर (प्रवेश शुल्क) निर्धारण गरेको समेत जनाएको छ ।
आयोजक समितिले ५ लाख वा सोभन्दा बढी सहयोग गर्ने दाताहरु मुख्य प्रायोजक, २ लाख ५१ हजार देखि ४ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ सम्म सहयोग गर्र्ने प्रायोजक र १ लाख देखि २ लाख ४९ हजार ९ सय ९९ रुपैयाँ सम्म सहयोग गर्ने सह–प्रायोजक रहने प्रवन्ध गरेको छ ।
५० हजार देखि ९९ हजार ९ सय ९९ रुपैयाँ सम्म सहयोग गर्ने गोल्डपकका सहयोगी हुने भएका छन् । ५ हजार रुपैयाँ भन्दा माथि सहयोग गर्नेलाई आयोजकले एकथान प्रवेशपासको व्यवस्था गर्ने भएको छ ।
प्रतियोगिता नकाउट बिधिद्धारा खेलाइने भएको छ । सहभागी टिमका व्यवस्थापक, कोच र स्वास्थ्यकर्मी गरी ३ जना तथा १६ जना खेलाडी गरी १९ जनालाई मात्र आयोजकले खान, बस्न र यातायातको सुविधा प्रदान गर्ने भएको छ ।