युवा दिवस मनाउन मन्त्री चौधरीको अध्यक्षतामा मूल समारोह समिति
१८ साउन २०८१
•
१ मिनेट पाठ
युवा दिवस मनाउन मन्त्री चौधरीको अध्यक्षतामा मूल समारोह समिति
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा ‘अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति’ गठन भएको छ।




बिहीवार युवा तथा खेलकुद मन्त्रालयमा बसेको बैठकले दिवस मनाउनका लागि उनको अध्यक्षतामा तीन सय ७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए। यसवर्षको अन्तर्राष्ट्रिय युवा दिवस आउँदो साउन २८ गते मनाइँदैछ।

उनका अनुसार समितिको सदस्यमा मन्त्रालय सम्वद्ध निकायका कार्यकारी प्रमुख, संयुक्त राष्ट्रसङ्घको नेपालस्थित कार्यालयका प्रतिनिधि, प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, सबै प्रदेश युवा परिषद्का उपाध्यक्ष, युवाअन्तर्गत सङ्घसंस्थाका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद्, युवा स्वरोजगार कोष र नेपाल स्काउटलगायत छन्। परिषद्का कार्यकारी उपाध्यक्षले बस्नेतले युवा दिवस साताव्यापी रुपमा मनाइने बताए।

उनका अनुसार साताभरि युवा नेतृत्व विकास तथा युवा उद्यमशीलतासम्बन्धी अन्तरक्रिया, गोष्ठी, रक्तदान, वृक्षारोपण कार्यक्रम गरिने छ।

युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन्।

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो। परिषद्कै अगुवाइमा २०७३ सालदेखि युवा दिवस मनाउन थालिएको हो। रासस
अर्को समाचार
स्काउटमा नियमविपरीत सचिव नियुक्त
०८ कार्तिक २०८१
•
३ मिनेट पाठ
स्काउटमा नियमविपरीत सचिव नियुक्त
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल स्काउटमा नियमावलीमै व्यवस्था नभएको राष्ट्रिय सचिव नियुक्त गरेका छन्। स्काउटको नियमावली–२०७५ (संशोधित २०८०) मा राष्ट्रिय सचिवको नियुक्तिको व्यवस्था छैन। सन् २०१५ मा विश्व स्काउटले अडिट गर्दा नेपाल स्काउटको ऐन नै संशोधन गरी राष्ट्रिय सचिवको व्यवस्था हटाउन सुझाव दिएको थियो। त्यही सुझावका आधारमा २०७३ सालसम्म स्काउटमा कायम रहेको राष्ट्रिय सचिवसम्बन्धी व्यवस्था नियमावलीबाट हटाइएको हो। ऐन संशोधन संसद्बाट गर्नुपर्ने भएकाले त्यसका लागि प्रक्रिया अघि बढाइएको छ।




त्यस्तै कार्यालय सञ्चालनका लागि कार्यकारी निर्देशकको व्यवस्था गर्न विश्व स्काउटले सुझाव दिएको छ। सोही सुझावअनुसार कार्यकारी निर्देशकको व्यवस्थासहित ऐन संशोधन मस्यौदा बनाएर मन्त्रिपरिषद्मा लगिए पनि सरकार परिवर्तनका कारण त्यो प्रक्रिया अघि बढ्न सकेन। मन्त्रालयमै फिर्ता भएको ऐन संशोधन मस्यौदा अहिले अर्थ र कानुन मन्त्रालयमा सुझावका लागि पठाइएको छ।

राष्ट्रिय सचिवको व्यवस्था भएको ऐन संशोधन प्रक्रियामा रहेको अवस्थामा नियमावलीले खारेज गरिसकेको राष्ट्रिय सचिवसम्बन्धी व्यवस्था ब्युँताउन खोजिएको छ। मन्त्री चौधरीको ठाडो निर्देशनमा नियमावलीमै नभएको राष्ट्रिय सचिवमा शिवराम अर्याललाई नियुक्त गरिएको हो।

गत साउन २७ मा नियमावलीले नचिनेको पदमा नियुक्त गरिएका अर्याललाई वैधानिकता दिन यही कात्तिक १० गते राष्ट्रिय परिषद् बैठक बोलाइएको छ। साउन २५ गते राष्ट्रिय कार्यकारी सदस्य (आयुक्त) बाट राजीनामा दिएका अर्यालको राजीनामा पत्र मन्त्री चौधरीले सदर गरेका हुन्। आयुक्तबाट अर्यालको राजीनामा र राष्ट्रिय सचिवमा नियुक्तिबारे मन्त्रालयका कसैलाई पनि जानकारी नदिई मन्त्री चौधरीले एकल निर्णय गरेका हुन्।

नियमावलीमा व्यवस्था नभए पनि अर्याललाई नेपाल सरकारको सहसचिवसरहको सुविधा दिनेगरी नियुक्ति गरिएको छ। ‘उहाँको योग्यता के हो ? उहाँलाई कसरी नियुुक्ति गर्ने भन्नेबारेमा नियमावलीमा कहीकतै उल्लेख छैन। यस्तो अवस्थामा राष्ट्रिय सचिवमा शिवराम अर्यालको नियुक्ति भयो, हामीले विधि खोजेका हौं, व्यक्तिको विरोध गरेका होइनौं,’ स्काउट सदस्य सन्तोषकुमार थापाले भने। उनका अनुसार यो विषयमा रिटसमेत दायर भएको छ। ‘हामीले विधिको पालना हुनुपर्छ भनेर सर्वोच्च अदालतमा रिटसमेत हालेका छौं,’ उनले भने।

उनका अनुसार राष्ट्रिय सचिव प्रशासकीय पद हो। सो पदका लागि योग्यता अनिवार्य मानिन्छ। निर्वाचित पदबाट राजीनामा दिएर प्रशासकीय पदमा भएको नियुक्ति प्रक्रिया अवैध छ। नियुक्तिमा योग्यताको पनि उपहास गरिएको उनको दाबी छ। मन्त्री चौधरीले पहिला नियुक्ति गरेर नियमावली संशोधनका लागि प्रक्रिया अगाडि बढाएका हुन्। उनले राष्ट्रिय परिषद् बैठकको मुख्य अजेन्डा नै राष्ट्रिय सचिव नियुक्तिका लागि नियमावली संशोधनलाई बनाएका छन्।

प्रस्तावित नियमावलीको नियम ५(३) को ‘घ’मा राष्ट्रिय सचिवको पद थप गरिएको छ। त्यस्तै नियमावलीको नियम ५(५) मा ऐनको दफा १९ (२) बमोजिम राष्ट्रिय सचिव नियुक्तिका लागि प्रक्रियासम्बन्धी व्यवस्था प्रस्ताव गरिएको छ।

स्काउट ऐन २०५० को दफा १९ को उपदफा २ मा राष्ट्रिय सचिव नियुक्ति तोकिएबमोजिम हुने भने पनि नियमावलीले नतोक्दै कानुनविपरीत अर्याललाई नियुक्ति गरेर मन्त्री चौधरीले मनोमानी गरेका हुन्। यो सुशासनको बर्खिलाप भएको एक कर्मचारीले बताए। मन्त्रीको यस्तो गैरकानुनी निर्णयविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, संसदीय समितिहरूले चासोका साथ हेरेको पनि ती कर्मचारीले बताए। एकातिर ऐन संशोधन मस्यौदामा राष्ट्रिय सचिव हटाउने र अर्कोतर्फ नियमावली संशोधन गरी त्यसको व्यवस्था गर्ने मन्त्री चौधरीको दोहोरो चरित्रले आश्चर्य लागेको ती कर्मचारीले बताए। मन्त्री चौधरीको यो कदमविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको वपन ध्यानाकृष्ट गराउने तयारीमा स्काउटप्रेमी रहेको थापाले बताए।

स्काउटको रुलअनुसार पदाधिकारीमा नियुक्त भएपछि तलबभत्ता लिन मिल्दैन। स्वयंसेवी भावनाअनुसार कामकाज गर्नुपर्ने स्काउटको विश्वव्यापी नियम छ।
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १० सेकेन्ड अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस