पोखरामा पुस तेश्रो साता अन्तर्राष्ट्रिय हट एयर बलुन फेष्टिभल हुने भएको छ । बलुन नेपालको आयोजनामा पोखरामा आगामी पुस १४ गतेदेखि १८ गतेसम्म (डिसेम्बर २९–जनवरी २ ) सम्म नेपाल ईन्टरनेसनल बलुन फेष्टिभल हुने भएको हो । पोखरा–६ स्थित फेवातालको सिरान क्षेत्र लौरुकदेखि चंखपुरसम्मको ३ किलोमिटर क्षेत्रफलमा हुने फेष्टिभलको तयारी सुरु भएको बलुन नेपालले पोखरामा छलफल कार्यक्रम गरेर जानकारी गराएको हो ।
अंग्रेजी नया वर्षको स्वागतार्थ आयोजना हुने हट एयर बलुन फेष्टिभलमा नेपालसहित करीब ३० देशले बलुन प्रदर्शनीमा सहभागिता जनाउने आयोजक बलुन नेपालका अध्यक्ष विक्रम वाडेले जानकारी दिए । फेष्टिभलमा हरेक दिन विहान, दिउँसो र बेलुका बलुन उडाईने उनले बताए । 'बलुनमा उड्न चाहनेलाई ३ समयमा उडाएर प्राकृतिक छटासँगै हिमालको दृश्यावलोकन गराईन्छ,' उनले भने, 'सनराईजका लागि विहान, घमाइलो दृश्यावलोकनका लागि दिउँसो र सनसेटको दृश्यावलोकन गर्न बेलुका गरेर ३ समय बलुन उडाईन्छ ।’
फेष्टिभलमा एकै पटक धेरै बलुन उडाउँदा त्यसको रौनक नै छुट्टै हुनुका साथै सांस्कृतिक कार्यक्रमसमेत गरिने जनाइएको छ । जहाँ नेपालका टिपिकल संस्कृतिहरुको प्रदर्शन तथा विभिन्न देशबाट ल्याइएका सांस्कृतिक प्रदर्शनी पनि गरिने उनको भनाइ छ । यसका अलावा कार्यक्रम स्थलमा विभिन्न खानाका परिकारहरु, मनोरञ्जनका लागि पिङलगायतपनि हुने ईभेन्ट म्यानेजर प्रतीक्षा डंगोलले बताईन् ।
फेष्टिभलको पुस १४ गते प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यतालिका तय भएको छ । कार्यक्रमको समापन पुस १८ गते गण्डकी प्रदेशका मुख्यमन्त्रीले गर्ने ईभेन्ट म्यानेजर डंगोलले जानकारी दिईन् । कार्यक्रमलाई सभ्य र भव्य बनाउन सुरक्षा व्यवस्था कसिलो बनाईने उनले बताईन् । 'कार्यक्रममा सहभागि भिभिआईपी, भिआईपी र सर्वसाधारण सबैका लागि व्यवस्थित तरिकाले सुरक्षा व्यवस्था मिलाउँछौं’', उनले भनिन् ।
फेष्टिभलले पोखराको पर्यटनमा छुट्टै माहोल सिर्जना गर्ने बलुन नेपालका सञ्चालकमध्येका एक सविन महर्जनले बताए । उनले भने, 'अहिलेको शिथिल पर्यटन उकास्न फेष्टिभल कोशेढुंगा सावित हुनेछ ।’
छलफल कार्यक्रममा सहभागि कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जोखिम व्यवस्थापन गरेरमात्र कार्यक्रम गर्न सुझाए । उनले बिमालगायत गर्नेतर्फ सचेतपनि गराए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका जनरल म्यानेजर योगेन्द्र कुँवरले बलुन फेष्टिभल पोखराका लागि अवसर भएपनि यसमा उच्च जोखिम हुने भएकाले पर्याप्त सतर्कता अप्नाउन आग्रह गरे ।
नेपाल पर्यटन वोर्ड पोखराका प्रमुख नवीन पोखरेलले पर्यटक आकर्षित गर्न फेष्टिभल कोशेढुंगा सावित हुने बताए । 'खास गरेर खर्च गर्ने पर्यटक भित्राउन फेष्टिभलले मद्दत गर्छ’, उनले भने । यसले पर्यटकको एक दिनको बसाई लम्ब्याउनेपनि उनको भनाइ छ ।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले फेष्टिभलले पोखरा महानगरले १५ लाख पर्यटक भित्राउने भनेर घोषणा गरेको लक्ष्य भेट्टाउन सघाउने बताए । उनले भने,' 'फेष्टिभलले संसारभरका पर्यटकको ध्यान नेपालतर्फ खिच्छ । जसले गर्दा पोखरामा पर्यटनको आगमनमा बृद्धि आउँछ ।’
पोखरा–९ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पोखरामा अन्र्तराष्ट्रिय स्तरको हट एयर बलुन फेष्टिभल हुनु स्वागतयोग्य भएको बताए । 'यसले पर्यटकको आगमन बढाउँछ अनि अर्थतन्त्र चलायमान गराउँछ,’ उनले भने ।
नेपाल पर्यटन वोर्डका पूर्व सदस्य गणेशबहादुर भट्टराईले उच्च जोखिम भएको बलुन फेष्टिभल गर्दा सुरक्षा र सतर्कता अप्नाउन सुझाव दिए । रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले पोखरा स्ट्रिट फेष्टिभलसँग बलुन फेष्टिभल जुध्ने भएकाले मिति पुर्नबिचार गर्न आग्रह गरे ।
पोखरा महानगरबासीको शुद्ध खानेपानी पिउने सपना अब चाँडै पूरा हुने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा बनिरहेको पोखरा खानेपानी सुधार आयोजनाका अधिकांश संरचना निर्माण सम्पन्न भइसकेकाले पोखरेलीको उक्त सपना पूरा हुन लागेको हो।
आयोजना अन्तर्गत निर्माण सम्पन्न भएका संरचनाहरूको शुक्रबार संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवले उद्घाटन गरे।उद्घाटनसँगै जाईकाले सम्पूर्ण संरचना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरेको छ।
आयोजना अन्तर्गत निर्माण सम्पन्न भएका संरचनाहरूको उद्घाटन भए पनि शुक्रबारदेखि नै पोखरेलीको घरघरमा जडान भएका धारामा शुद्ध खानेपानी भने आई हाल्दैन। त्यसका लागि करिब एक हप्ता कुर्नुपर्ने बताइएको छ। केही संरचना निर्माण गर्न बाँकी रहेको तथा ट्याङ्कीहरू सफा गर्न समय लाग्ने भएकाले घरको धारामा शुद्ध खानेपानी ३ दिनदेखि एक हप्तासम्ममा मात्रै आई पुग्ने कर्मचारीहरू बताउँछन्। त्यसपश्चात् भने पोखरेलीले धाराको पानी सिधै पिउन सक्नेछन्।
किनकि पानीको शुद्धीकरण गरेर पठाइने भएकाले पहिलेजस्तो धमिलो हुनेछैन भने ब्याक्टेरिया पनि निर्मलीकरण गरेर पटाइनेछ।जाईकाले ४ अर्ब ८१ करोड रुपैयाँको अनुदान सहयोगमा यो आयोजना निर्माण गरेको हो । पोखरेलीलाई बुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले २०७६ सालमा सुरु गरेको आयोजना हालै सम्पन्न गरेको हो । आयोजना अन्तर्गत बालुवा हटाउने ट्याङ्की ४ वटा, पानी थिग्राउने ट्याङ्की ४ वटा, पानी छान्ने फिल्टर ६ वटा, सफा पानी संकलन ट्याङ्की (३)घन मिटरका २ वटा, क्लोरिनेसन प्लान्ट, पानी पोखरीलगायतका संरचना निर्माण सम्पन्न भइसकेको जाइकाले जनाएको छ।
त्यस्तै, पोखरा–५ प्रस्याङ र पोखरा–११ फूलबारीमा २०/२० लाख लिटर क्षमताका १÷१ वटा पानी संकलन ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ । पोखरा–१५ कोलपाटनमा सोही क्षमताको अर्को पानी संकलन गर्ने ट्याङ्की निर्माण गर्ने भनिए पनि बनाउन बाधा पुगेको छ।त्यहाँ ट्याङ्कीको उचाइ बढी देखिएको भन्दै नेपाल हवाई उड्डयन प्राधिकरणले निर्माण कार्य जारी रहँदा निर्माणमा रोक लगाएपछि हाललाई सो निर्माण कार्य स्थगित भएको हो।अब त्यसलाई पुनर्निर्माण गर्ने कि उचाइ घटाएर कम क्षमताको बनाउने भन्नेमा टुंगोमा पुगेर निर्माण सम्पन्न गरिने जाईका श्रोतले बताएको छ।
यसबाहेक पोखरेलीलाई शुद्ध पिउने पानी वितरणका लागि १११ किलोमिटर पाइप जडानसमेत गरिसकेको जनाइएको छ।
यो आयोजनापश्चात् अब पोखरेलीको धारामा दैनिक ४ करोड लिटर पानी ट्रिटमेन्ट प्लान्टले शुद्ध र सुरक्षित रुपमा प्रशोधन गरी पठाउनेछ।
आयोजनाको संरचना उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै खानेपानी मन्त्री प्रदीप यादवले अबदेखि पोखरेली शुद्ध पिउने पानी पाउने दाबी गरे । उनले भने,आजैदेखि पोखरेलीले शुद्ध र सुरक्षित खानेपानी प्राप्त गर्नेछन्, जुन शुद्ध अनि सफा हुनेछ।’
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरेलीले अबदेखि धमिलो पानी पिउन नपर्ने बताए । उनले भने,हिलो मिसिएको धमिलो पानी अब पोखरामा आउँदैन । अब सिधै धाराबाट पिउन मिल्ने पानी आउँछ।’ तर आयोजना सञ्चालन गर्ने दक्ष कर्मचारी खानेपानी संस्थानसँग हुनुपर्ने बताए। नभए त्यसतर्फ ध्यान दिन उनले आग्रह गरे।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...