घरेलु टोली संघर्ष स्पोर्टिङ क्लब फुङलिङले सोमबार ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करणमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ।
संघर्ष स्पोर्टिङ क्लबले सोमबार पाहुना टोली सिलगुढीको कञ्चनजंघा फुटबल क्लबमाथि ७–५ गोल अन्तरको जितसँगै ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको हो।
निर्धारित समयमा ५–५ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिन पुग्यो। तर, अतिरिक्त समयमा संघर्ष स्पोर्टिङ दुई गोल थप्दै सेमिफाइनलमा स्थान बनाउन सफल भयो।
९७ औं मिनेटमा कप्तान अनुप सेन्दाङले अग्रता दिलाएका थिए। उनको उत्कृष्ट फ्रिकिक गोलमा परिणत भएपछि घरेलु टोली जिततर्फ उन्मुख भयो। घरेलु टोलीले अर्को गोल १०२ औं मिनेटमा थप्यो। संघर्ष स्पोर्टिङका लागि मञ्जित लिम्बूले गोल गरे।
उनको त्यो गोल नै संघर्ष स्पोर्टिङलाई सेमिफाइनलमा पुग्न पर्याप्त बन्यो। पहिलो हाफमा ४–१ ले पछि परेको अवस्था उल्टाउँदै कञ्चनजंघाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो। तर, अतिरिक्त समयमा समालिन नसक्दा हार सामना गर्यो।
पहिलो हाफमा कञ्चनजंघाविरुद्ध घरेलु टोली पूर्ण रूपमा हाबी भयो। संघर्षले आठौं मिनेटमा नै दीपेश लिम्बूको गोलबाट अग्रता लिएको थियो। कञ्चनजंघाको कमजोर रक्षापंक्तिको फाइदा लिँदै दीपेशले उत्कृष्ट गोल गरे। त्यसको दुई मिनेटमा नै संघर्ष स्पोर्टिङले दोस्रो गोल गर्यो। पेनाल्टी बक्समा पाहुना टोलीका खेलाडीले फउल गरेपछि खेलका मुख्य रेफ्री नविन्द्र महर्जनले संघर्षलाई पेनाल्टी अवसर दिए।
त्यो अवसर संघर्षका कप्तान अनुप सेन्दाङले सदुपयोग गरे। घरेलु टोलीले तेस्रो गोल १८ औं मिनेटमा गर्यो। सविन तामाङले गोल गर्दै संघर्ष स्पोर्टिङलाई ३–० ले अगाडि बढाए। त्यसको पाँच मिनेट पछि नै सबिनले व्यक्तिगत दोस्रो गोल गरे।
खेलमा ४–० ले पछि परेसँगै पाहुना टोली दबाबमा थियो। तर, ४० औं मिनेटमा संघर्षका खेलाडीले पेनाल्टी बक्समा फउल गरेपछि कञ्चनजंघालाई खेलमा फर्कने अवसर मिल्यो। त्यो अवसर सदुपयोग गर्दै कञ्चनजंघाका जाङ्पो भोटियाले आफ्नो टोलीलाई ४–१ को स्थितिमा ल्याए। यससँगै पहिलो हाफ यही अन्तरमा नै सकियो।
दोस्रो हाफमा भने पाहुना टोलीले सुधारिएको प्रदर्शन गर्यो। तर, ५६ औं मिनेटमा संघर्षका मञ्जित लिम्बूले गोल गर्दै आफ्नो टोलीको अग्रता बढाए। त्यसको तीन मिनेटपछि नै कञ्चनजंघाका प्रनेस प्रधानले गोल गर्दै दूरी ५–२ ले घटाए।
कञ्चनजंघाले फेरि यो अग्रता घटाउने अवसर पायो। ६९ औं मिनेटमा पेनाल्टी बक्सभित्र संघर्षले फउल गरेपछि कञ्चनजंघाले पेनाल्टी अवसर पाएको हो। जाङ्पोले यो पेनाल्टीमा पनि गोल गरे। यो उनको व्यक्तिगत दोस्रो गोल थियो। उनले ८७ औं मिनेटमा ह्याट्रिक पूरा गर्दा कञ्चनजंघाको अन्तर ५–४ मा घट्यो। जाङ्पोले पेनाल्टीमार्फत नै गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।
निर्धारित समयमा कञ्चनजंघाका प्रनेसले उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई हारबाट जोगाए। यसपछि खेल बराबरीतर्फ धकेलियो। तर, अतिरिक्त समयमा गोल गर्न नसक्दा कञ्चनजंघाले हार बेहोर्यो। मंगलबार दोस्रो खेलमा समूह ‘बी’ का पाँचथर फुटबल क्लब र सिराहाको सलहेश युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ। गोल्डकपका विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार पाँच सय ५५ रुपैयाँका साथ ट्रफी पाउनेछन्। यसपल्ट गोल्डकपमा आयोजकले दुर्लभ वन्यजन्तु रेडपाण्डाको मस्कट प्रयोग गरेको छ।
विश्वमै दुर्लभ मानिएको रेडपाण्डा ताप्लेजुङका विभिन्न क्षेत्रमा पाइन्छ। दुर्लभ र संरक्षणको आवश्यकता भोगिरहेको यो वन्यजन्तुको संरक्षण सन्देशका लागि रेडपाण्डाको मस्कट प्रयोग गरिएको आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए।