आयोजक लाखेजात्रा सञ्चालन समितिले दोस्रो ताप्लेजुङ गोल्डकपका क्वाटर फाइनल खेलको प्रवेश शुल्कबाट अघिल्लो बर्ष भन्दा ५४ हजार बढी रकम संकलन गरेको छ।
लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार अघिल्लो बर्षका ४ क्वाटर फाईनल खेलमा प्रवेश शुल्क वापत ६ लाख ५५ हजार ८ सय रुपैयाँ संकलन भएको थियो। यसबर्षको गोल्डकका क्वाटर फाईनल खेलमा प्रवेश शुल्क वापत ७ लाख ९ हजार ८ सय रुपैयाँ संकलन भएको छ।
श्रेष्ठका अनुसार यसबर्ष पहिलो क्वाटर फाइनल खेलमा प्रवेश शुल्क वापत २ लाख २० हजार रुपैयाँ संकलन भएको छ। अघिल्लो बर्ष पहिलो दिन १ लाख ७० हजार ८ सय संकलन भएको थियो। यस्तै यसबर्षको दोस्रो क्वाटर फाईनलमा प्रवेश शुल्कबाट १ लाख ३५ हजार १ सय संकलन भएको छ। अघिल्लो बर्ष १ लाख ३१ हजार ७ सय रुपैयाँ संकलन भएको थियो।
अघिल्लो बर्षको तेस्रो क्वाटर फाइनलको भन्दा यसबर्षको तेस्रो क्वाटर फाइनल खेलमा प्रवेश शुल्क वापत कम रकम संकलन भएको छ। लाखेजात्रा सञ्चालन समितिका अनुसार उक्तदिन यसबर्ष १ लाख ४० हजार ८ सय रुपैयाँ संकलन भएको छ भने अघिल्लो बर्ष १ लाख ७५ हजार ६ सय रुपैयाँ संकलन भएको थियो।
अन्तिम तथा चौथो क्वाटर फाईनल खेलमा यसबर्ष प्रवेश शुल्क वापत २ लाख १३ हजार ९ सय रुपैंयाँ संकलन भएको छ। अघिल्लो बर्ष १ लाख ७७ हजार ७ सय रुपैयाँ संकलन भएको थियो। लाखेजात्रा सञ्चालन समितिले क्वाटर फाईनलका चार खेलका लागि जनही एकसय,सेमीफाईनलका दुई खेलका लागि दुईसय र फाइनल खेलका लागि जनही दुईसय पचास रुपैयाँ प्रवेश शुल्क निर्धारण गरेको छ।
ताप्लेजुङ गोल्डकप अन्र्तगत शुक्रवारबाट सेमीफाइनल चरणका खेल हुँदैछन्। पहिलो सेमीफाईनल खेलमा शुक्रवार गृहटीम संघर्ष स्र्पोटिङ क्लवले मोरङको सगरमाथा यूथ क्लवसंग प्रतिस्पर्धा गर्दै छ।
शनिवार हुने दोस्रो सेमीफाईनल खेलमा झापाको बिर्तामोड युनाइटेड फुटबल क्लवले सिराहाको सलहेश फुटबल क्लवसंग फाइनल यात्राका लागि प्रतिस्पर्धा गर्ने छ।