सहलेस फुटबल क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा
०८ भदौ २०८१
•
१ मिनेट पाठ
सहलेस फुटबल क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा
सिराहाको सहलेस  फुटबल क्लब दोस्रो ताप्लेजुङ गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ।शनिवार भएको दोस्रो सेमिफाइनल खेलमा मधेस प्रदेशस्थित सलहेश फुटबल क्लब सिराहाले  टाइब्रेकरमा बिर्तामोड युनाइटेड क्लब झापालाई ४-२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।




निर्धारित र इञ्जुरी समयमा दुवै टोलीबाट एक एक गोल भई खेल बराबरीमा रहेकाले खेलको निर्णय ट्राई बेकरमा गर्नु परेको हो । अव उपाधि भिडन्तका लागि सहलेसले मोरङको सगरमाथा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । 

यस अघि शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा मोरङको सगरमाथा फुटबल क्लब घरेलु टोली सङ्घर्ष स्पोटिङ  क्लबलाई पराजित गर्दै  फाइनलमा पुगेको हो । फाइनल खेल सोमबार हुनेछ ।

दोस्रो ताप्लेजुङ गोल्ड कपका बिजेताले नगद ५ लाख तथा उपविजेताले नगर २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी , मेडल र प्रमाण पत्र पाउने छन्  । प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी, नेपाल सुपर लिग खेलेको बुटवल लुम्बिनी एफसी , भारत सिलगुढीको कञ्चनजङ्घा फुटबल क्लब सहित आठ टिमको सहभागिता थियो । 
अर्को समाचार
डिफेन्डिङ च्याम्पियन सहलेस युवा क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा
१६ भदौ २०८३
•
१ मिनेट पाठ
डिफेन्डिङ च्याम्पियन सहलेस युवा क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा
डिफेन्डिङ च्याम्पियन सहलेस युवा क्लब, सिरहा ताप्लेजुङ गोल्डकपको चौथो संस्करणमा फाइनलमा पुगेको छ।




फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सहलेसले भारतको कालिम्पोङस्थित जर्जियन युनाइटेड फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

विजयी टोलीका लागि मध्याह्नपछि पहिलो गोल निस्कुमार श्रेष्ठले गरेका थिए भने निर्णायक दोस्रो गोल फागुराम थारूले गरे। मध्याह्नअघि भने दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए।

जर्जियन फुटबल क्लबले विपक्षी टोलीविरुद्ध गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन। अन्ततः सहलेस युवा क्लबले २–० को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो।

टिमका लागि दोस्रो गोल गरेका फागुराम थारू मंगलबारको खेलमा ‘म्यान अफ द म्याच’ घोषित भए। उनले ७ हजार रुपैयाँ बराबरको अलैंची पुरस्कार प्राप्त गरे।

सहलेस ताप्लेजुङ गोल्डकपको तेस्रो संस्करणको विजेता तथा दोस्रो संस्करणको उपविजेता हो। अब फाइनलमा सहलेसले बुधबार झापा–११ र पाँचथरको पि|म्ड स्पोर्टिङ क्लबबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८३ रुपैयाँ तथा उपविजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यस्तै, प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले बजाज कम्पनीको एक थान मोटरसाइकल प्राप्त गर्नेछन्। विधागततर्फ उत्कृष्ट हुने खेलाडीले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

बुधबार दोस्रो सेमिफाइनल खेलपछि बिहीबार एक दिन विश्राम गराइनेछ। प्रतियोगिताको फाइनल खेल भदौ १९ गते शुक्रबार हुने आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए।
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस