नेपालका पलेशा गोवर्धनले फ्रान्समा जारी पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोबाट कांस्य पदक जितेकी छन्।
पेरिसको ग्रान्ड प्यालेसमा शुक्रबार राती भएको पारा तेक्वान्दोको के–४४ क्याटागोरीअन्तर्गत महिला ५७ केजी तौलसमूहमा पलेशाले कांस्य पदक दिलाइन्।
रिपाचेजमार्फत कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा पलेशाले सर्बियाकी मारिजा मिसेभमाथि १५–८ स्कोरको सनसनीपूर्ण जित निकाल्दै देशलाई ऐतिहासिक सफलता दिलाएकी हुन्। यो पदक नेपालको खेलकुद इतिहासमा नै सबैभन्दा ठूलो हो।
नेपालले अहिलेसम्म ओलम्पिक र पारालिम्पिकमा पदक जित्न सकेको थिएन। जितपछि पलेशाका प्रशिक्षक कविराज नेगी लामाले यो सफलता सम्पूर्ण देशवासीको रहेको र जितको खुसी आफूले बयान नै गर्न नसकिने बताए।
देशलाई ऐतिहासिक पदक दिलाउन पाउँदा धेरै खुसी रहेको उनी बताउँछन्। लामो समयपछि लक्ष्य र तपस्या पूरा भएको उल्लेख गर्दै प्रशिक्षक लामाले ऐतिहासिक पदकसहित देश आउन आतुर रहेको बताएका छन्। पलेशाले रिपाचेजको पहिलो खेलको फ्रान्सकी सोफी काभरजानलाई २–१ ले हराएकी थिइन्।
उनले राउन्ड अफ १६ मा भेनेजुएलाकी मोरालेस भालेरियालाई ३१–० ले हराउँदै राम्रो सुरुवात गरेकी थिइन्। तर, क्वार्टरफाइनलमा विश्व नम्बर ब्राजिलकी कार्डोसो फर्नान्डेस सिल्भानासँग १०–८ को साँघुरो अन्तरले पराजित हुन पुगिन्।
यद्यपि, उनले रिपाचेजमार्फत कांस्य पदकको लागि भएको प्रतिस्पर्धामा सफलता प्राप्त गरिन्। पलेशाले दोस्रोपटकको प्रयासमा पारालिम्पिकमा पदक जितेकी हुन्।
सन् २०२० पारालिम्पिकमा पनि उनी कांस्य पदकको प्रतिस्पर्धामा चुकेकी थिइन्। पारा तेक्वान्दोका पहिलो खेलाडी यादव कुँवर हुन्।
उनले नै नेपाललाई पारा तेक्वान्दोमा पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका थिए। उनले सन् २०१३ मा स्विट्जरल्यान्डमा भएको चौथो विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य र सन् २०१४ मा रसियामा भएको पाँचौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका थिए।
हाल क्यानडामा रहेका यादवले पलेशाको सफलतासँगै जीवनको ठूलो लक्ष्य पूरा भएको प्रतिक्रिया दिए। पारा तेक्वान्दोमा आफूले देखेको सपना पलेशाले पूरा गरिदिएको उनको भनाइ छ। पारा तेक्वान्दोकै पूर्वप्रशिक्षक कल्याण कुँवरले पनि पलेशालाई बधाई दिँदै आफ्नो अधुरो सपना पूरा भएको बताए।
टोकियो पारालम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बिहीबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले नगदसहित सम्मान गरेको छ ।
खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, महासचिव शिवसुन्दर गोथेलगायतले पलेशालाई नगद १० हजार रूपैयाँ र प्रशंसापत्र प्रदान गरेका थिए । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।
पारालम्पिकमा नेपालबाट सहभागी एक मात्र खेलाडी पलेशाले रिपाचेजमा २ खेल जित्दै कांस्य पदकनजिक पुगेकी थिइन् । रिपाचेजको पहिलो खेलमा अमेरिका र दोस्रोमा सर्बियाकी खेलाडीलाई हराएकी पलेशा फाइनलमा चीनकी खेलाडीसँग चुकेकी थिइन् ।
त्यसअघि मुख्य ‘ड्र’ को पहिलो खेलमा पलेशा बेलायती खेलाडीसँग पराजित भएकी थिइन् । पारालम्पिकको प्रदर्शनपछि पलेशा विश्ववरीयताको पाँचौं स्थानमा उक्लिएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...