प्रक्रिया मिच्दै खेलकुदमन्त्री चौधरी : असन्तुष्टि जनाउँदै संगीना वैद्यद्वारा राजीनामा
२३ भदौ २०८१
•
४ मिनेट पाठ
प्रक्रिया मिच्दै खेलकुदमन्त्री चौधरी : असन्तुष्टि जनाउँदै संगीना वैद्यद्वारा राजीनामा
तेक्वान्दोकी चर्चित खेलाडी संगीना वैद्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशनबाट आइतबार राजीनामा दिएकी छन् । विभागका निर्देशक बक्सिङका वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मा सेवा निवृत्त भएपछि उनको ठाउँमा वरिष्ठताको आधारमा वैद्यले विभागको नेतृत्व गर्न पाउने अपेक्षा थियो ।




युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले वरीयता मिच्दै तालिम तथा प्रशिक्षण विभागको निर्देशनमा बन्न रोकेपछि संगीनाले राजीनामा दिएकी हुन् । मन्त्री चौधरीको ठाडो निर्देशनमा कांग्रेस निकट शोभितराज प्रसाईं गत शुक्रबार नै तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा नियुक्त भएका थिए । प्रसाईं पनि करातेका पूर्वप्रमुख प्रशिक्षक हुन् ।  

यसअघि राखेपले उपनिर्देशकहरूबाट वरिष्ठतताको आधारमा निर्देशकमा नियुक्त गर्दै आएको थियो । तर, पहिलोपल्ट मन्त्रीले नै राखेपको प्रशासनिक काममा हस्तक्षेप गरेका हुन् । प्रसाईंभन्दा संगीना एक महिनाले वरिष्ठ हुन् । प्रसाईं उपनिर्देशक पनि होइनन् । उनी ६ महिनापछि अवकाशमा जाँदैछन् । त्यसैले वरिष्ठतताका आधारमा संगीना नै तालिम तथा प्रशिक्षण विभागको निर्देशकका लागि सम्भावित उम्मेदवार थिइन् । परिषद्ले पनि उनलाई नै नियुक्ती दिने तयारी गरिरहेको थियो । तर, आठौं तथा नवौं साफका साथै एसियन च्याम्पियनसिपमा स्वर्ण विजेता तेक्वान्दोकी चर्चित खेलाडी संगीनालाई निर्देशक नबनाउन मन्त्री चौधरीले ठाडो आदेश दिए ।

राखेपले पनि मन्त्रीको आदेश मान्दै विराटनगरका प्रसाईंलाई निर्देशकको जिम्मेवारी दिएको हो । प्रसाईं यसअघि पनि करातेको प्रमुख प्रशिक्षक हुँदा बीचमा नै राजीनामा दिएका थिए । नियुक्ती अगाडि संगीना र मन्त्री चौधरीबीच कुराकानी पनि भएको थियो । संगीनाले राखेपको कर्मचारीमा आफू वरिष्ठ रहेको जानकारी दिएकी थिइन् । तर, मन्त्रीले त्यसलाई लत्याउँदै प्रसाईंलाई नियुक्ती दिन दबाब दिए । यससँगै संगीनाले सो निर्णयविरुद्ध असन्तुष्टि जनाउँदै आइतबार राखेप सदस्यसचिव टंकलाल घिसिङलाई राजीनामा बुझाएकी हुन् ।  

यता, मन्त्री चौधरीले के को आधारमा तालिम तथा प्रशिक्षण विभागको निर्देशन बनाउने भन्ने बारे कानुन नै नरहेको भन्दै संगीनालाई नियुक्ती गर्नुपर्ने कारण माग गरेका छन् । सुरुवातमा भने उनले राखेपको काममा आपूmले हस्तक्षेप नगर्ने दाबी गर्दै आएका थिए ।  ‘के को आधारमा निर्देशक बनाउने हो भन्ने बारे स्पष्ट छैन । संगीना वैद्य नै हुनपर्ने कारण बारे कानुन नै छैन । यसअघि हुँदै आएको चलनगल्तीको कुरा मात्र हो, ’मन्त्री चौधरीले आक्रोसित हुँदै भने,‘ राष्ट्रिय खेलकुद विकास ऐनमा छ भने भनिदिनुस् । नत्र यसबारे कुरा गर्नुको अर्थ छैन ।’

संगीना नेपाली खेलकुदको चर्चित र सफल खेलाडी हुन् । उनले आठौं तथा नवौं साफका साथै एसियन च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् । उनी छनोटचरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी पनि हुन् । संगीनाले २००४ को ग्रिस ओलम्पिकमा छनोट चरण पार गरेर प्रतिस्पर्धा गरेका थिइन् ।  

सन् १९९९ को साफमा स्वर्ण पदक जितेपछि सम्मानस्वरुप तत्कालीन सरकारले संगीनालाई परिषद्मा प्रशिक्षकको नियुक्ती दिइएको थियो । तर, झन्डै २५ वर्षेपछि उनले सरकारबाट अपमानित महसुस गरेकी छन् । मन्त्री चौधरी युवा तथा खेलकुद मन्त्रालयमा आएपछि उनले तल्लो तहसम्म पुगेर प्रशासनिक काममा हस्तक्षेप गर्दै आएको आरोप लाग्दै आएको छ ।  

एसिया रग्बीको प्रतियोगिता रोक्ने मन्त्रीको प्रयास

नेपालमा पहिलोपल्ट रग्बी खेलको सबैभन्दा ठूलो प्रतियोगिता एसिया रग्बी सेभेन्स ट्रफी आयोजना गर्नबाट पनि मन्त्री चौधरीले रोक्ने प्रयास गरिरहेको आरोप लाग्ने गरेको छ ।  

उक्त ट्रफीमा एसिया रग्बी युनियनकै आयोजनामा २० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । सहभागी राष्ट्रमध्ये केही टोलीका लागि नेपाल प्रवेशमा मन्त्रालयबाट अनुमति पत्र आवश्यक परेको छ । तर, मन्त्री चौधरीले आयोजना रोक्नकै लागि सहभागी राष्ट्रको भिसा प्रक्रियामा आवश्यक पत्र दिन अस्विकार गर्दै आएको आरोप लागिरहेको छ । यदि ती राष्ट्रले भिसा नपाएमा आगामी दिनमा नेपाललाई खेलकुदको ठूला आयोजना दिन अन्तर्राष्ट्रिय महासंघले अस्विकार गर्ने सम्भावना बढेको छ ।

मन्त्री चौधरीले रग्बी संघका पदाधिकारीहरूलाई उक्त प्रतियोगिता आयोजना नगर्न पनि चेतावनी दिइसकेको राखेपका एक कर्मचारीले बताए । रग्बी संघका पदाधिकारीले भने यसबारे जानकारी दिन मानेन् । यदि खेल आयोजना नहुने अवस्थामा रहेमा आयोजक नेपाल रग्बी संघले पनि सहभागी हुने राष्ट्रको दूतावासमार्पmत सरकारले प्रतियोगिता आयोजना रोक लगाएको पत्रकार गर्ने तयारी गरिरहेको समेत ती कर्मचारीको भनाइ छ ।  

चौधरीद्वारा ६ बोर्ड सदस्य बर्खास्त, एकको पुनर्बहाली

मन्त्री चौधरीले गत भदौ १३ गते राखेपका बोर्डका ६ सदस्यलाई बर्खास्त गरेका थिए । मन्त्रीस्तरीय निर्णयबाट चौधरीले प्रकाश कुसारी, अन्जन धमला, श्रीमान् थापामगर, बिना श्रेष्ठ, पेमा डोल्मा लामा, जनक बर्तौला र मोहम्मद फाजिललाई बर्खास्त गरेका थिए ।  

राखेपको बोर्ड सदस्यको कार्यकाल चार वर्षको हुन्छ । यी ६ जनाले २०७८ सालमा बोर्डको सदस्यमा नियुक्ती पाएका थिए । तर, मन्त्री चौधरीले यी बोर्ड सदस्यको कार्यकाल यसअघि बर्खास्त गरेको बोर्डका सदस्यसँगै गणना हुने भन्दै उनीहरूलाई बर्खास्त गरेका हुन् । 

तर, यो निर्णयविरुद्ध एक बोर्ड सदस्य प्रकाश कुसारी सर्वोच्च अदालत गए र उनले गत बिहीबार नै पुर्नवहालीका लागि अन्तरिम अल्पकालीन आदेश पनि पाएका छन् ।
अर्को समाचार
मिसन- २०२६ देशलाई खुशी बनाउने योजना हो : सदस्य-सचिव सिघिङ
०६ साउन २०८२
•
२ मिनेट पाठ
मिसन- २०२६ देशलाई खुशी बनाउने योजना हो : सदस्य-सचिव सिघिङ
राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टंकलाल घिसिङले मिसन– २०२६ राष्ट्रलाई खुशी बनाउने योजना भएको मंगलबार बताएका छन् ।




गत आर्थिक वर्षमा मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा सहभागी १० खेल संघका पदाधिकारी र मुख्य प्रशिक्षकको उपस्थितिमा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको बैठकलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।

‘मिसन– २०२६ देशलाई खुशी बनाउने योजना हो । यो जापानमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने योजना हो । त्यतिबेलासम्म म पूर्व भइसकेको हुन्छु । त्यसले कुनै फरक पर्दैन । तर, खेलाडीले निरन्तर प्रशिक्षणको अवसर पाउनु पर्छ, अनि मात्र खेलाडीले पदक जित्न सक्छन् ।’ सदस्य–सचिव घिसिङले भने– ‘यो योजनालाई सफल बनाउन खेल संघको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । एसियाली खेलकुद आउन अब मात्र १३ महिना बाँकी छ । यो अवधिमा कुन कुन समय के गर्ने भन्ने स्पष्ट र ठोस् कार्य योजना १ साताभित्र बुझाउनुस् ।’

उनले खेलाडीको प्रशिक्षणका लागि संघले अन्तर्राष्ट्रिय दायरा फराकिलो बनाउनु पर्नेमा जोड दिदै अन्य देश, आ–आफ्नो अन्तर्राष्ट्रिय महासंघ र दूतावाससंग सहकार्य गर्नु पर्ने आवश्यकता औल्याए ।

सदस्य–सचिव घिसिङ मिसन– २०२६ का लागि हाल २ करोड ७० लाख मात्र छ भनेर चिन्ता नगर्न आग्रह गर्दै संघहरुबाट ठोस् योजना आए बजेटका लागि गम्भीर भएर पहल गरिने प्रतिबद्धता जनाए ।

उनले नेपाल हाइ पर्फमेन्स सेन्टर र खेलकुद विज्ञान अनुसन्धान केन्द्र स्थापना हुनुले पनि खेलाडीको क्षमतामा उल्लेख्य सुधार हुने बताए ।

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले प्रशिक्षणलाई अझ कसरी सशक्त र प्रभावकारी ढंगले अगाडि बढाउन सकिन्छ भन्ने सुझाव लिन बैठक राखिएको बताउदै खेलाडीको फिट्नेस टेस्टपछि प्रशिक्षण सुरु हुने बताए ।

सहभागी खेल संघका प्रतिनिधि र मुख्य प्रशिक्षकले खेल सामाग्री, इभेन्ट्स, एक्सपोजर, खेलस्थल, खेलाडी कोटा, विदेशी प्रशिक्षकको व्यवस्था वा वैदेशिक प्रशिक्षण, सुविधामा बृद्धि, खुराक, स्पाइरिङ पार्टनरको व्यवस्थालगायतका विषयमा धारणा राखेका थिए ।

जापानमा हुने एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित राखेपले आ।व। २०८०÷८१ देखि मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरेको थियो । कुनैपनि एसियाली खेलकुद वा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि लामो समयको तयारी सुरु गरिएको नेपाली खेलकुदको इतिहासमै पहिलोपटक हो । गत आ।व। मा पारा तेक्वान्दोसहित विभिन्न १० खेलका ९९ खेलाडी र २२ प्रशिक्षकसहित १ सय २१ जनालाई सुविधासहित विशेष प्रशिक्षणमा राखिएको थियो ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस