क्रिकेटरलाई ‘प्लाट फर्म’ दिने उत्तम माध्यम एनपिएल हो : पारस खड्का
२९ भदौ २०८१
•
१ मिनेट पाठ
क्रिकेटरलाई ‘प्लाट फर्म’ दिने उत्तम माध्यम एनपिएल हो : पारस खड्का
नेपाल क्रिकेट संघ(क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेटप्रतिको क्रेजलाई समेट्दै नेपाली क्रिकेटरलाई राम्रो प्लाट फर्म प्रदान गर्न नेपाल प्रिमियर लिग(एनपिएल)आयोजना गरिएको बताएका छन्।




शनिवार काठमाडौंमा आयोजना भएको मार्की छनोट कार्यक्रममा क्यानका सचिव पारसले एनपिएल आयोजना गर्नुको पछाडि नेपाली क्रिकेटरलाई राम्रो प्लाट दिने उद्देश्य रहेको बताए।

उनले एनपिएलमा सहभागी आठ फ्रेन्चाइज टोलीलाई जिल्लाहरूसँग पनि जोड्ने उल्लेख गरे ।समर्थकको साथ र समर्थनसँगै नेपाली क्रिकेटलाई अझ माथि उठाउन क्यानले पनि पारदर्शी ढंगबाट काम गरिरहेको उनको विश्वास छ । 
अर्को समाचार
पारस खड्का भन्छन् : सुविधा सम्पन्न मैदान भए क्रिकेटको भविष्य सुनिश्चित हुन्छ
१८ फागुन २०८१
•
४ मिनेट पाठ
पारस खड्का भन्छन् : सुविधा सम्पन्न मैदान भए क्रिकेटको भविष्य सुनिश्चित हुन्छ
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्रिकेटको भविष्य सुनिश्चित गर्न एक सुविधा सम्पन्न मैदान चाहिएको बताएका छन् । पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘फ्रि हिटः एनपिएफभन्दा पर’ सेसनमा सचिव खड्काले क्रिकेट र नेपाल प्रिमियर लिग (एनपिएल) को भविष्य सुनिश्चित गर्न एउटा सुविधा सम्पन्न क्रिकेट मैदान आवश्यक रहेको बताएका हुन् ।




‘अब एनपिएलको भविष्य र क्रिकेटको भविष्य सुनिश्चित गर्ने हो भने चाहिँ अहिले अनिवार्य रुपमा चाहिएको भनेको एउटा सुविधा सम्पन्न क्रिकेट मैदान छ,’ उनले भने । 

खेल पत्रकार सविना कार्कीसँगको संवादमा पारसले सुविधा सम्पन्न क्रिकेट मैदान बनेको खण्डमा क्रिकेटका लागि सरकारको भर पर्नु नपर्ने जिकीर गरे । ‘सम्पन्न क्रिकेट मैदान बनेको खण्डमा त्यहिँ रंगशालाबाट फ्यान्सहरुबाट धेरै त होइन ५ सय, हजार, १५ सय, दुई हजार टिकटमार्फत रेभिन्यु कलेक्ट गर्न सक्छौं,’ उनले भने, ‘त्यो हुन सकेमा क्रिकेटमा सरकारमा भर नपरि आफै पनि सन्चालन गर्न सक्छौं भन्ने स्थितिमा पुगेका छौं ।’

त्रिवि क्रिकेट मैदानको फ्लड लाइट बनाउन टेन्डर प्रोसेस पूरा भइसकेको सचिव खड्काले सुनाए । मन्त्रालयबाट एनपिएलको दोस्रो संस्करण फ्लड लाइटमा खेलाउने गरी काम भइराखेको प्रतिवद्धता भएको खड्काको भनाइ छ ।

‘टेन्डर प्रोसेस पूरा भएको छ । चाँडै नै स्टेडियम बनोस् भन्ने चाहना छ,’ उनले भने, ‘शहरी विकास मन्त्रालयको सचिवज्यूहरुसँग समन्वय गर्दाखेरि २४ घन्टे ३ सिफ्ट गराएर भए पनि यसलाई चाँडोभन्दा चाँडो सक्काएर एनपिएल दोस्रो संस्करणसम्म फ्लड लाइट मै खेलाउनुपर्छ भन्ने प्रतिवद्धताका साथ उहाँले हामीलाई आश्वासन दिनुभएको छ ।’  

नेपाली राष्ट्रिय पुरुष टोलीको पूर्वकप्तानसमेत रहेका पारसले राष्ट्रिय टोलीका खेलाडी टप १०-१२ खेलाडी वर्षमा ४०-५० लाख कमाउने स्थितिमा पुगेको बताए ।  ‘टप १०-१२ जना खेलाडीहरु वर्षमा कम्तिमा ४०-५० लाख कमाउन अवस्थासम्म पुग्नुभएको छ । भने ठ्याक्कै १०-१२ जनाभन्दा मुनि चाहिँ ३०-३५ लाख कमाउने स्थितिमा पुग्नुभएको छ,’ उनले भने ।  

आर्थिक हिसाबले अहिले क्रिकेटमा खेलाडी र संघको स्तर राम्रो रहेको क्यानका सचिव खड्काले सुनाए । ‘मेरो जेनेरेसनलाई सोध्नु हुँदाखेरि मैले क्रिकेट सुरु गर्दा क्रिकेट संघमा २५ रुपैयाँ भत्ता पाउथ्यो । २५ रुपैयाँबाट सुरु गरेर हाम्रो जेनेरेसनले अन्तर्राष्ट्रिय प्रतियोगितामा २५ डलर पाउथ्यौं,’ उनले भने ।

उनले थपे, ‘वर्षमा ७५० डलर कमाउने त्यो अवस्थामा ब्याट पनि किन्नुपर्‍यो । लुगा पनि किन्नुप¥यो । परिवारलाई पनि अलिअलि दिनुप¥यो । साथीभाइलाई पनि खुवाउनुप¥यो । त्यो संरचनाबाट खेलाडी क्रिकेट जुन अवस्थामा पुगेको छ । आर्थिक हिसाबले खेलाडीहरु, क्रिकेट संघ धेरै राम्रो स्तरमा पुगेको छ ।’

सन् २०२४ मा भएको टी–२० विश्वकप भारतपछि सबैभन्दा धेरै नेपालको फ्यान, फलोइङको रहेको खड्काले जिकीर गरे । ‘नेपालले अमेरिकामा विश्वकप खेल्दा त्यहाँ ८ हजार, ९ हजार डालसको ग्राउण्डमा थिए भने त्यहाँ ५० जना नेदरल्यान्ड्सका ५० जना र ८ हजार ९ सय ५० जना नेपाली थिए । सन् २०२४ मा भएको टी–२० विश्वकपमा भारतपछि सबैभन्दा धेरै फ्यान नेपालको देखियो मैदानमा,’ उनले भने ।  

सचिव खड्काले संघले अहिले राष्ट्रियदेखि प्रदेशसम्मका ८०-९० खेलाडी कन्ट्याक्टमा मासिक पारिश्रमिक दिने गरेको बताए । उनले भने, ‘क्रिकेट संघले ३० जना पुरुष र १९ जना महिला खेलाडी, प्रदेशबाट पनि गरी ८०-९० जना खेलाडीलाई कन्ट्याक्ट दिएर खेलाउने अवस्थामा पुगेका छौं । यी सबैकुरा जोड्दा क्रिकेट संघ राम्रो पोजिसनमा छौं ।’

संघले अहिले खेलाडी, प्रशिक्षक, ग्राउण्ड स्टाफदेखि सबैलाई कसरी प्रोफेसनमा लग्न सकिन्छ भनेर काम गरिएको पारसले सुनाए । ‘खेलाडीको पारिश्रमिक एक लाखलाई दुई लाख कसरी बनाउने ? जिल्ला, प्रदेशबाट नै हाम्रो खेलाडी, प्रशिक्षक, ग्राउण्ड स्टाफदेखि सबैलाई कसरी प्रोफेसन रुपमा यसमा लाग्न सकिन्छ भनेर इन्डस्ट्री बनाउनुपर्छ भनेर अगाडि बढेका छौं,’ उनले भने ।  

एनपिएलले खेलकुद संस्कार विकास गरेको पारसले सुनाए । ‘एनपिएल सकिएसँगै जनकपुर बोल्ट्सले मधेश प्रदेशमा गएर जानकी मन्दिर अगाडी गएर ट्रफि टुर गर्दाखेरि कसैले नबोलाइकन ५-७ लाख मान्छेहरु यो मेरो टिम हो भनेर टिमलाई समर्थन, ट्रफीलाई एकपटक छुनका लागि जानुभयो,’ उनले भने ।

उनले थपे, ‘त्यो सुन्दा, देख्दाखेरि एनपिएलबाट संस्कार, खेलकुद पनि प्र्राथमिकतामा पर्छ । खेलकुद विकास गर्नुपर्छ भनेर सबै जनामा आफ्नो पन आएको फिल भएको छ ।’
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस