दसैँ र तिहार नजिएको बेला ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका फुटबलमय बन्ने देखिएको छ। वडा नं २ फुलवारी,वडा नं ३ हाङपाङ र वडा नं ४ चाँगेमा फुटबल प्रतियोगिता सञ्चालन हुन लागेका छन्। ती क्षेत्रहरूमा सांस्कृतिक कार्यक्रम समेत सञ्चालन हुने छन्।
फुलवारीमा असोज २० गतेबाट वडा स्तरीय खुल्ला पुरुष तथा महिला फुटबल रनिङ प्रतियोगिता हुँदै छ। ओएसिस युनाइटेड क्लब फुलवारीको आयोजना तथा आठराई त्रिबेणी गाउँपालिकाको आर्थिक सहयोगमा उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो।
क्लबका अध्यक्ष डिल्ली गुरुङका अनुसार फुलवारीस्थित महभीर खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि तयारी तीव्र पारिएको छ। क्लबका सह–सचिव अनुप सेन्दाङका अनुसार पुरुषतर्फ विजेता टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपबिजाते टिमले ५५ हजार ५ सय ५५ रुपैयाँका साथ रनिङ ट्रफी,मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन्।
यस्तै महिलातर्फका विजेता र उपविजेताले क्रमशः नगद २५ हजार र १५ हजार रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाण–पत्र प्राप्त गर्ने ओएसिस युनाइटेडले जनाएको छ। शान्ति युवा क्लब हाङपाङको आयोजनामा असोज २१ गते देखि साबिक वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगितामामा विजेता हुने पुरुष फुटबल टिमले नगद ४० हजार र उपबिजाते हुने टिमले नगद २५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन्।
महिला फुटबलतर्फको विजेता टिमले नगद १५ हजार र उपबिजाते हुने टिमले नगद ८ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजक क्लबले जनाएको छ । त्यहाँ सामूहिक नृत्य प्रतियोगिता समेत सञ्चालन हुने भएको छ। नृत्यतर्फ प्रथम हुनेलाई नगद १० हजार र द्वितीय हुने टिमलाई नगद ६ हजार रुपैयाँका साथ प्रमाण–पत्र प्रदान गरिने भएको छ।
यता आँपपानी युवा क्लब चाँगेमा असोज २३ गतेबाट वडा स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिताका विजेताले नगद ५० हजार र उपबिजेताले नगद ३० हजार रुपैयाँ प्राप्त गर्ने क्लबले जनाएको छ। त्यहाँ चाँगे धर्ती आमा कोषको प्रायोजनमा संस्थाको संस्थागत गीत‘चाँगे धर्ती आमाको सन्तान’मा खुल्ला सामूहिक नृत्य प्रतियोगिता समेत आयोजना गरिएको छ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ३० हजार,द्वितीय हुनेलाई नगद २० हजार,तृतीय हुनेलाई नगद १० हजार र सान्त्वना हुनेलाई ५ हजार रुपैयाँ सहित प्रमाण–पत्र प्रदान गरिने भएको छ।