भुर्तेलको सानदार पारीसँगै नेपालद्वारा अमेरिकासमक्ष १७१ रनको लक्ष्य प्रस्तुत
०४ कार्तिक २०८१
•
१ मिनेट पाठ
भुर्तेलको सानदार पारीसँगै नेपालद्वारा अमेरिकासमक्ष १७१ रनको लक्ष्य प्रस्तुत
टी–२० आई शृङ्खला अन्तर्गतको दोस्रो खेलमा नेपालले अमेरिकासमक्ष १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ।




डल्लासमा जारी दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्दै नेपालले निर्धारित ओभरतमा ६ विकेटको क्षतिमा १७० रन बनाएको छ।

नेपालका लागि कुशल भुर्तेलले नट आउट रहँदै सानदार पारी खेले। उनले जम्मा ५४ बलमा ९४ रन बनाए।

त्यस्तै नेपालका ओपनर ब्याट्सम्यान अनिल साहले ३१ ब्लमा २५ रन बनाए भने भने गुलशन झा १९ र कप्तान रोहित पौडेलले १८ रन जोडे। त्यसबाहेक अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन्।

अमेरिकाका लागि जसदिप सिंह र नोसथस केनिज्गले समान २÷२ विकेट लिए भने सौरभ नेत्रवालकरले १ विकेट हात पारे।

आजको खेलमा नेपालले जित हात पार्यो भने सिरिजमाथि पनि कब्जा जमाउने छ। यसअघिको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराउँदै तीन खेलको टी–२० सिरिजमा १–० ले अघि छ।
अर्को समाचार
एनपिएलमा चल्न नसकेको ‘पोखरा एभेन्जर्स’
०१ पौष २०८१
•
४ मिनेट पाठ
एनपिएलमा चल्न नसकेको ‘पोखरा एभेन्जर्स’
नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए,'पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल बलर हुन् कि ब्याटर छुट्ट्याउन गाह्रो हुने उहाँको कौसल छ। मैले मात्र होइन्, विश्वले नै छुट्याउन सकिरहेको छैन जस्तो लाग्छ।'




जारी एनपिएलमा पोखराका कप्तान तथा मार्की खेलाडी कुशललाई बलर हुन् कि ब्याटर छुट्याउनै सकस पर्‍यो। उनी नत ब्याटिङतर्फ चल्न सके, न बलिङमा नै जमे । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर भुर्तेललाई लिएर जुन अपेक्षा गरिएको थियो । त्यो अपेक्षा पूरा हुन सकेनन् । जारी एनपिएलमा कप्तान कुशलको प्रदर्शन निराशाजनक रहे जस्तै ‘पोखरा एभेन्जस’ पनि खेलमा अगाडि बढ्न सकेन।  

चल्न नसकेको ब्याट

पोखरा एभेन्जर्सका कप्तान तथा मार्की खेलाडी हुन्, नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर भुर्तेल। एनपिएलमा कुशलको प्रदर्शन खासै राम्रो भने हुन सकेन। आफ्नो पहिलो खेलमा चितवन राइनोजविरूद्ध ब्याटिङतर्फ उनी पहिलो बलमै आउट हुन पुगेका थिए। चितवनसँगको खेलमा बलिङतर्फ पनि एक ओभरमै १० रन खर्चिएका थिए। तर, खेलमा उनले तीन वटा क्याच भने समातेका थिए।

दोस्रो खेलमा पनि जनकपुर बोल्ट्सविरूद्ध उनी चल्न सकेनन्। उनी जनकपुरविरूद्ध ६ बलमा एकचौका प्रहार गर्दै ६ रन मात्रै बनाएर आउट हुन पुगे। बलिङतर्फ पनि दुई दशमलव एक ओभरमा १८ रन खर्चिदैँ एक विकेट मात्रै हात पारे। तेस्रो खेलमा भने पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हरायो। यो खेलमा कप्तान भुर्तेलले बलिङ गरेनन् । ओपनर दुई खेलाडी एन्ड्रिज गौस र दिनेश खरेलले अविजित रहदैँ खेल जितेपछि भुर्तेललाई ब्याटिङ गर्नुपरेन।

चौँथो खेलमा पोखरा कर्णाली याक्ससँग ७ विकेटले पराजित भयो । यो खेलमा भुर्तेलले पोखराको लागि १० रन मात्रै बनाए । उनले ११ बलमा एक छक्काको मद्दतले १० रन मात्रै बनाए । यद्यपि, बलिङतर्फ एक ओभरमा १४ रन खर्चिएर एक विकेट भने हात पारे ।  

आफ्नो पाचौँ खेलमा पोखराले विराटनगर किङ्ग्सलाई सुपरओभरमा हराएको थियो । यो खेलमा कुशलको ब्याट मैदानमा केही समय टिक्यो । कुशलले ब्याटिङतर्फ विराटनगरविरूद्ध ३१ रन जोडे । बलिङतर्फ पनि ४ ओभरमा ३२ रन खर्चिएर एक विकेट हात पारे ।

छैठौँं खेलमा पोखरा काठमाडौँसँग स्तब्ध बन्यो । काठमाडौँले पोखरालाई ६ विकेटले हरायो । यो खेलमा पनि कुशलको प्रदर्शन निराशाजनक नै रह्यो । कुशलले काठमाडौँविरूद्ध ब्याटिङतर्फ १० बलमा ७ रन बनाएर आउट भए । बलिङतर्फ एक विकेट पनि झार्न सकेनन् । तर, २ ओभर बलिङ गरेका भुर्तेलले १२ रनमात्रै खर्चिए ।

एनपिएलको लिग चरणको आफ्नो सातौँ अर्थात् अन्तिम खेलमा पनि भुर्तेलको ब्याट चल्नै सकेन् । सुदूरपश्चिम रोयल्सले उक्त खेलमा पोखरालाई ५ रनले हरायो । सुदूरपश्चिम रोयल्सविरूद्ध भुर्तेल ब्याटिङतर्फ शून्य रनमै आउट भए । तर, बलिङतर्फ भने २ विकेट हात पारे । ४ ओभर बलिङ गरेका भुर्तेलले २७ रन भने खर्चिए ।

जारी एनपिएलका ७ वटा खेलबाट पोखराका कप्तान भुर्तेलले कूल ५४ रन बनाएका छन् । उनले उच्च स्कोर ३१ छ, जुन उनले विराटनगरविरूद्ध बनाएका थिए । जारी एनपिएलमा भुर्तेलले दुई छक्का र चार चौका प्रहार गरेका छन् । एनपिएलमा उनले कूल पाँच विकेट आफ्नो नाममा दर्ता गरेका छन्,भने एक सय १३ रन खर्चिएका छन् ।  

विदेशी खेलाडीको सन्तोषजनक प्रदर्शन  

पोखराले एनपिएलका लिग चरणका सातवटा दुई वटा खेल मात्रै जित्यो । पोखराको खेलमा विदेशी खेलाडीले सक्दो प्रयार गरे । तर, स्वदेशी खेलाडी मैदानमा चल्न नसक्दा पोखराको प्रदर्शन निराशाजनक रह्यो । पोखराबाट नेदरल्याण्डका बास डे लिड, वेष्ट इन्डिजका रेमन रेफर, इग्ल्याण्डका म्याट क्रिचले र जेन मलिक, स्कटल्याण्डका माइकल लीस्क, अमेरिकाका एन्ड्रिज गौस एनपिएल खेलेका थिए । उनीहरूको प्रदर्शन सन्तोषजनक नै रह्यो ।

पोखराबाट एनपिएलका ७ वटै खेल खेलेका माइकल लीस्कले कुल ४४ रन बनाउँदा बलिङतर्फ तीन विकेट हात पारे । वेष्ट इन्डिजका रेमन रेफरको पनि एनपिएलमा प्रदर्शन सन्तोषजनक नै रह्यो । पोखराबाट लिग चरणका सबै खेल खेलेका उनले कूल १४६ रन बनाए भने ५ विकेट आफ्नो नाममा दर्ता गरे ।

अमेरिकाका एन्ड्रिज गौस पोखराबाट एनपिएलका ६ खेल खेले । ६ खेलबाट उनले कूल दुई सय २४ रन बनाए । उनले एक शतक पनि प्रहार गरे । ४ खेल खेलका इंग्ल्याण्डका म्याट क्रिचलेले कुल ३२ रन बनाउँदा एक विकेट आफ्नो नाममा दर्ता गरे । इंग्ल्याण्ड जेन मलिकले दुई खेलबाट १४ रन जोड्दा नेदरल्याण्डका बास डे लिडले एक खेलबाट दुई विकेट आफ्नो नाममा दर्ता गरे ।  

चल्नै नसकेका स्वदेशी खेलाडी  

पोखराबाट एनपिएल खेलेका केही स्वदेशी खेलाडीको प्रदर्शन मध्यम रहेपनि केही खेलाडी भने चल्नै सकेनन् । आशा लाग्दा केही खेलाडीले निराशाजनक प्रदर्शन गर्न गरे । पोखराबाट खेलेका दिनेश खरेलको प्रदर्शन भने प्रशंसनीय नै रह्यो । उनले ७ खेलबाट एक सय ६२ रन बनाए । साथै, एक विकेट पनि आफ्नो नाममा दर्ता गराए । यस्तै, ७ वटै खेल खेलेका विपीन खत्रीले कुल २४ रन बनाउँदा बलिङतर्फ ९ विकेट लिए ।

पोखराबाटै ७ खेल खेलेका सागर ढकालले कूल २ रन बनाउँदा बलिङतर्फ भने ५ विकेट आफ्नो नाममा दर्ता गरे । दिलीपनाथ र नारायण जोशी पोखराबाट ६÷६ खेल खेले । दिलीपले ६ खेलबाट ४६ रन बनाए भने जोशीले ३८ रन बनाए ।

पोखराबाट ४ वटा खेल खेलेका आकाश चन्दले एक रन मात्रै बनाउँदा तीन खेल खेलेका किरण ठगुन्नाले ३३ रन बनाउन सफल भए । पोखराबाट एक खेल खेलेका आर्कषित गोमेलले ८ रन जोड्दा एक खेल खेलेका त्रितराज दास र सुदीप अर्यालले एक रन पनि जोड्न सकेनन् । सुरज घिमिरे/रासस
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १८ सेकेन्ड अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस