साफ च्याम्पियनसिप: भारतसँगको निर्णायक भिडन्तमा नेपाल
११ कार्तिक २०८१
•
४ मिनेट पाठ
साफ च्याम्पियनसिप: भारतसँगको निर्णायक भिडन्तमा नेपाल
साफ च्याम्पियनसिप २०२४ मा नेपालको लक्ष्य थियो, सेमिफाइनलमा भारत नै प्रतिद्वन्द्वी परोस्। किनभने यी दुई जतिपल्ट उपाधिका लागि भिडे त्यति अन्य टोलीसँग प्रतिस्पर्धा गरेका छैनन्। यी भेटमा भारत नै हाबी रहँदै आएको इतिहास छ। तर, पनि आजको सेमिफाइनलका लागि नेपाल छिमेकी राष्ट्रलाई प्रतिद्वन्द्वीका रूपमा चाहन्थ्यो।




सेमिफाइनलमै भारतलाई रोक्न सके साफ इतिहासमा पहिलो उपाधि जित्न उच्च मनोबल बढ्ने नेपाली टोलीको विश्वास छ। त्यही भएर नेपालले समूहचरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध जसरी पनि ६ गोल गर्ने र विजेता बन्दै भारतसँग भेट पक्का गर्ने लक्ष्य राखेको थियो। लक्ष्य पूरा पनि भयो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आजै हुने दोस्रो सेमिफाइनलमा यी दुई टोली नै आमुन्नेसामुन्ने हुँदै छन्। तर, के प्रश्न उठ्छ भने भुटानसँग बराबरीमै रोकिएको नेपाल भारतलाई रोक्न सक्षम छ त ?

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताअघि नै आफ्नो लक्ष्य उपाधि जित्ने रहेको बताएका थिए। तर, लक्ष्य लिँदैमा जित सम्भव छैन, सोहीअनुरूप प्रदर्शन पनि गर्नुपर्छ। अहिलेसम्मको प्रदर्शन हेर्दा नेपाली टोली ठ्याक्कै कुन अवस्थामा छ भन्न सकिँदैन। किनभने नेपालको क्षमता मैदानमा बलियो टोलीविरुद्ध प्रस्फुटन हुन पाएको नै छैन। लिगविहीन माल्दिभ्स र श्रीलंकामाथि गोलवर्षा गर्दै अन्तिम चारमा पुगेको यो टोलीप्रति गर्व गर्दा सही मूल्यांकन हुँदैन। यस्तोमा यो टोलीको स्तर मापन भनेको भारतविरुद्धको खेलमा नै हो। त्यसैले नेपाली टोली र प्रशिक्षक तामाङको परीक्षा आइतबार नै हुनेछ।

के रणनीति बनाउने र कसरी मैदान उत्रिने रु तर, राजेन्द्र आफ्नो टोली हरेक चुनौती पार गर्न सक्षम रहेको ठान्छन्। ‘भारतसँगको पहिलो खेल विश्लेषण गर्छौं। खेलाडी धेरै थाकेको कारण मैदानमा धेरै काम गर्न सक्ने अवस्था छैन। तर, लक्ष्य चाहिँ जसरी पनि सेमिफाइनल जित्नु हो,’ उनी भन्छन्। नेपाल र भारत तेस्रोपल्ट अन्तिम चारमा भिड्न लागेका हुन्। सन् २०१६ को चौथो संस्करणको साफको अन्तिम चारमा नेपाल ३–१ ले पराजित भएको थियो। दोस्रोपल्ट अघिल्लो संस्करणमा भेट्दा रश्मिकुमारी घिसिङको एक मात्रै गोल निर्णायक बन्यो।

त्यतिबेला नेपालले ६ वर्षअगाडिको बदला मात्रै लिएन भारतलाई पहिलोपल्ट उपाधिविमुख बनाएको थियो। अहिले पनि रश्मि लयमा छिन्। उनले दोस्रो हाफको इन्जुरी समयमा हेडरमार्फत गरेको गोलले नै नेपाल समूहविजेता बनेको हो। जारी साफमा उनीबाहेक रेखा पौडेलले सात, अमिशा कार्की र सविता रानामगरले समान दुई गोल गरेका छन्। अनिता केसी र सावित्रा भण्डारीले पनि एक गोल आफ्नो नाममा लेखाइसकेका छन्। तर, ६ खेलाडीले १४ गोल गरिसक्दा पनि नेपालले सेट पिसबाट एकभन्दा बढी गोल निकाल्न सकेको छैन।

अर्कोतर्फ युरोपमा व्यावसायिक लिग खेल्ने एक मात्रै खेलाडी सावित्राको खेल पनि राजेन्द्रले आशा गरेजस्तो छैन। यता, टोलीका प्रायः खेलाडी थकित रहेकाले पनि निर्णायक खेलमा असर पर्ने देखिन्छ। डिफेन्स लाइन कस्तो छ भनेर ठ्याक्कै भन्न सक्ने अवस्था छैन। किनभने नेपालले खेलेका खेलमा बल डिफेन्डरसामु नै पुग्न सकेको छैन। तर, भारत ठिक विपरीत छ। पहिलो खेलमा पाकिस्तानविरुद्ध सहज जित निकाले पनि बाङ्लादेशँगको हारले भारतलाई आफू कुन स्थितिमा छ मूल्यांकन गर्न मद्दत मिलेको छ। त्यसले पनि भारतीय टोलीका मुख्य प्रशिक्षक सन्तोष कश्यपलाई केही सहज हुनेछ।

उनी खेलअघि भन्छन्, ‘अट्याकिङदेखि सबै स्थानमा सुधार गर्नुपर्ने देखिएको छ। यो सबै सुधार गरेर मैदान उत्रिने छौं । सेमिफाइनलमा जुनसुकै प्रतिद्वन्द्वी भए पनि हामी तयार छौं।’ पाँच पटकको उपविजेता नेपाल उत्साही हुने भनेको घरेलु दर्शकको बलियो साथले हो। यसले भारतलाई केही असहज परिस्थिति सिर्जना गर्न सक्छ। भारत अधिकांश युवा खेलाडी लिएर मैदान उत्रिएको छ। यी खेलाडीले यसअघि यस्तो भीडको अनुभव नगरेको हुन सक्छ।

नेपालको मुख्य हतियार मानिएकी सावित्रासँग बालादेवीले दुई सिजन इन्डियन वुमेन्स लिग ९आइडब्लुएल० सँगै खेलिसकेकी छन्। केही समयअघि मात्रै ५०औं अन्तर्राष्ट्रिय गोल पूरा गरेकी उनी प्राविधिक रूपमा कति बलियो र कति कमजोर छिन् सायद बालाको अघि ‘ओपनर सिक्रेट’ नै छ। त्यसैले भारतको लक्ष्य उनलाई रोक्नु हुनेछ। अर्कोतर्फ भारत आक्रामक फुटबल खेल्न रुचाउँछ । त्यसैले उसको मुख्य लक्ष्य ‘अट्याकिङ थर्ड’ लाई चुस्त बनाउने हुनेछ। उक्त क्षेत्रमा मनीषा, ग्रेस डांगमेई र सौम्या गुगुलोथ प्रभावकारी मानिन्छिन्। उनीहरूमा गति तीव्र छ। त्यसैले भारतले नेपाली डिफेन्डरलाई व्यस्त बनाउन सक्नेछ।

यस्तोमा नेपालसँग अनुभवी लेफ्ट डिफेन्डर हीराकुमारी भुजेल नहुनु र पूजा रानाले पनि सेमिफाइनल लगभग गुमाउनपर्ने स्थितिमा पुग्नुले भारतलाई केही फाइदा मिल्न सक्नेछ। हीराको अनुपस्थितिमा ३–५–२ फर्मेसनमा खेलाइरहेका राजेन्द्रले अब कस्तो रणनीति अपनाउँछन् र टोलीको यात्रा कहाँसम्म पुग्छ यही खेलमा देखिनेछ।
अर्को समाचार
छोरासँगको फिटनेस तस्बिरले ट्रोल बने रोनाल्डो
०२ असार २०८२
•
१ मिनेट पाठ
छोरासँगको फिटनेस तस्बिरले ट्रोल बने रोनाल्डो
विश्व फुटबलका महान खेलाडी क्रिस्टियानो रोनाल्डो र उनका १४ वर्षीय छोरा क्रिस्टियानो जुनियरको सँगै खिचिएको फिटनेस तस्बिरले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ।  




४० वर्षीय रोनाल्डो र उनका छोराले सामाजिक सञ्जालमा साझा गरेको तस्बिरमा दुवैको उत्कृष्ट शारीरिक बनावट देखिएको छ। तस्बिर राख्दै रोनाल्डोले लेखे, ‘जस्तो बाबु, उस्तै छोरो।’  

यो तस्बिरमा रोनाल्डो रातो र जुनियर नीलो सर्ट्समा देखिएका छन्। तस्बिरमा उनीहरूले आफ्नो कडा परिश्रम र फिटनेसको नतिजा प्रदर्शन गरेका छन्। तर, प्रशंसकहरूले एउटा रोचक विवरणप्रति ध्यान दिए। १४ वर्षीय जुनियर आफ्ना १.८७ मिटर अग्ला बुबाभन्दा अग्ला देखिए।  

सामाजिक सञ्जालमा एक प्रशंसकले लेखे, ‘हाहा, छोरा तिमीभन्दा अग्लो छ!’ अर्कोले टिप्पणी गरे, ‘रोनाल्डोको छोरा मेस्सीभन्दा पनि अग्लो छ!’  

पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले आफ्नो करियरमा फिटनेसलाई प्राथमिकता दिँदै कडा आहार र जिममा घण्टौं बिताउँछन्। बुबाको अनुशासनलाई जुनियरले पनि पछ्याइरहेका छन्। उनी हाल अल–नासरको यु–१५ टिममा खेल्छन् र पोर्चुगलको यु–१५ टिमबाट डेब्यू गरिसकेका छन्।

जुनियरले भर्खरै पोर्चुगलको यु–१५ टिमबाट क्रोएसियाविरुद्ध ३–२ को जितमा दुई गोल गरे। खेलमा उनले आफ्ना बुबाको प्रतिष्ठित ‘सिउ’ उत्सव मनाए। म्यानचेस्टर युनाइटेड, टोटनहम, र रियल म्याड्रिडजस्ता क्लबहरूले उनलाई नजिकबाट हेरिरहेका छन्।  

रोनाल्डोले आफ्नो छोराको डेब्यूमा इन्स्टाग्राममा लेखे, ‘पोर्चुगलका लागि तिम्रो डेब्यूमा बधाई, छोरा। मलाई गर्व छ।’ यो तस्बिरले रोनाल्डोको फेसन शैलीलाई पनि उजागर गरेको छ। उनको खुट्टाको नङ रंगिएको देखियो, जुन प्रशंसकहरूका लागि थप चर्चाको विषय बन्यो। एजेन्सी
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस