कर्णाली याक्सले हङकङका बाबर हायतलाई नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अनुबन्ध गरेको छ।
आगामी मङ्सिर १५ देखि सुरु हुने एनपीएलका लागि कर्णालीले बाबरलाई अनुबन्ध गरेको हो।
बाबर कर्णालीले एनपीएलका लागि अनुबन्ध गरेको दोस्रो विदेशी खेलाडी हुन्। यसअघि कर्णालीले पाकिस्तानका हुसेन तलातलाई अनुबन्ध गरिसकेको छ।
बाबरले हङकङका लागि २२ ओडिआई र ७९ टी–२० आई म्याच खेलेका छन्। टी–२० आईमा उनले १ हजार ९१० रन बनाएका छन् भने १२२ रनको उच्च स्कोर हो। उनको नाममा दुई टी–२० आई शतक पनि छ।
पावर हिटिङका लागि परिचित बाबरले टी–२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।