पुरुष यू–१९ एसिया कप–२०२४ को लागि नेपाली टोलीको घोषणा गरिएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुन लागेको यु–१९ एसिया कपको लागि नेपाली टोली घोषणा गरेको हो।
हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरिएको हो। जसको उप–कप्तानमा अर्जुन कुमाल रहेका छन्। यस्तै, नेपाली टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव रहेका छन्।
त्यस्तै, युवराज खत्री, रोशन विक, विपिन महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अलि र रन्जित कुमारलाई पनि टोलीमा समावेश गरिएको छ।
टोलीको प्रमुख प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्दले जिम्मेवारी पाएका छन्।
पुरुष यू–१९ एसिया कप–२०२४ आगामी मङ्सिर १४ गतेदेखि युनाइटेड अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ। एसिया कपमा घरेलु टोली यूएई, नेपालसहित आड राष्ट्र सम्मिलित छन्।
आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई छन्। समूह ‘बी’ मा नेपालसहित श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन्।
नेपालले मङ्सिर १४ गते हुने पहिलो खेलमा श्रीलङ्काको सामना गर्नेछ। यस्तै, मङ्सिर १६ गते बङ्गलादेश र मङ्सिर १८ गते अफगानिस्तान प्रतिस्पर्धा गर्नेछ।
दुवै समूहबाट दुई/दुई टोली सेमिफाइनलमा पुग्नेछ। मङ्सिर १९ गते बुधबार सेमिफाइनलको खेल हुनेछ। सेमिफाइनलबाट दुबै समूहबाट एक/एक टोली फाइनलमा पुग्नेछन्।
सेमिफाइनलबाट फाइनमा पुग्ने दुई टोलीबीच मङ्सिर २१ गते उपाधिको लागि भीडन्त हुनेछ। खेल मङ्सिर २३ गतेसम्म चल्नेछ।
एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ खेल्ने महिला र पुरुष नेपाली राष्ट्रिय रग्बी टोलीको आइतबार घोषणा भएको छ।
नेपाल रग्बी संघले आइतबार विज्ञप्तीमार्फत महिला र पुरुषमा समान १२ सदस्यीय नेपाली टोली घोषणा गरेको हो। दुवैतर्फ चार वैकल्पिकसहित कुल १६ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरिएको संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए।
पोखरामा पछिल्ला तीन महिनादेखि भएको बन्द प्रशिक्षणबाट नेपाली टोली घोषणा गरिएको हो। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते दुई दिनसम्म एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी हुँदै छ। यो प्रतिस्पर्धा एसिया रग्बी सेभेन्स सिरिज २०२५ को छनोट माध्यम पनि हो।
नेपाली राष्ट्रिय महिला रग्बी टोलीमा सिर्जना राई, आशा कुँसार, पुनम भुजेल श्रेष्ठ, सुस्मिता क्षेत्री, अनु शेर्पा, विशाका मार्किन राई, रोजिना पोखरेल, विनिता शाही ठकुरी, सुजा राई, मनीषा थापामगर र कमला राई छन्। सिर्जना पूर्वउपकप्तान हुन्।
चार वैकल्पिक खेलाडीमा संगीता घिसिङ, सावित्री पुर्जा, सिर्जना छन्त्याल र अप्सरा कार्कीलाई समावेश गरिएको छ।
नेपाली राष्ट्रिय पुरुष टोलीमा विक्रम पुरी, विराट श्रेष्ठ, विवेश बासु, सबिन महत, क्याल्भिन जोशी, यदु अधिकारी, निरोज कार्की, नवीनबहादुर मगर, गणेश बानियाँ, रोहन डंगोल, विजय खड्का र कपिल ठकुरी समेटिएका छन्।
विराट र विक्रम यो टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन्। चार वैकल्पिक खेलाडीको सूचीमा विनोदबहादुर शाही, मशेष सुनार, सञ्जय अधिकारी र प्रमेश चौधरी छन्।
नेपालमा एसियाली स्तरको सिनियर रग्बी प्रतियोगिता पहिलोपल्ट हुन लागेको हो। यसअघि एसिया यु–१८ र यु–२० एसिया रग्बी सेभेन्सका प्रतिस्पर्धा आयोजना भएको थियो।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...