नेपाल प्रिमियर लिग (एनपीएल) का लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले मंगलबार एक विशेष कार्यक्रम आयोजना गर्दै आफ्नो आधिकारिक जर्सी, अफिसियल एन्थम र परिचयात्मक भिडियो सार्वजनिक गरेको छ।
कार्यक्रममा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी, प्रशिक्षक जगत टमाटा, ब्रान्ड एम्बासडर दीपक विष्ट, र क्यानका सचिव पारस खड्का लगायतले सहभागीता जनाएका थिए।
कार्यक्रममा टोलीको पहेंलो र गाढा निलो रंगको आकर्षक जर्सीलाई ड्रोनमार्फत हलभित्र प्रवेश गराइ सार्वजनिक गरिएको थियो। जसलाई अध्यक्ष स्वतन्त्र प्रताप सिंह, ऐरी र विष्टले संयुक्त रूपमा अनावरण गरे।
टोलीका स्टार खेलाडी एवम् नेपाली राष्ट्रिय टोलीका अलराउन्डर ऐरीले आफ्नो घरेलु टोलीबाट खेल्न पाउँदा उत्साहित भएको बताए। प्रशिक्षक टमाटाले एनपीएलको चर्चा सुन्दैमा थप जोश र गर्वको अनुभूति हुने बताए।
कार्यक्रममा अध्यक्ष सिंहले एनपीएलको सुरुवातसँगै नेपाली क्रिकेटको स्वर्णिम युगको आगमन भएको बताए।