सनिल स्याङ्तानको निर्णायक गोलसँगै ललितपुरले क्लब थ्री स्टारले बुधबार ललित स्मृति यु–१८ युथ लिगमा मनाङ मर्स्याङ्दी क्लबलाई हरायो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हात परेको १–० को जितसँगै खराब लयमा रहेको मनाङको उपाधिहोडमा धक्का लागेको छ। यता, थ्रीस्टारले भने शीर्ष दुईमा रहेका विभागीय टोली नेपाल पुलिस क्लब र न्युरोड टिम (एनआरटी)लाई बलियो चुनौती प्रस्तुत गर्ने भएको छ।
लिगमा थ्री स्टारको यो छैटौं जित हो। गत मंगलबार मात्रै यु–१६ युथ लिगको विजेता मच्छिन्द्र फुटबल क्लबलाई २–० ले हराएसँगै थ्री स्टारले लगातार दोस्रो जित हासिल गरेको हो। यो जितसँगै तेस्रो स्थानमा उक्लिएको थ्री स्टारले ११ खेलबाट १९ अंक पुर्याएको छ। समान अंक रहे पनि मनाङ चौथो स्थानमा झरेको छ। शीर्ष स्थानको पुलिसको २६ र एनआरटीको २२ अंक छ।
लिगमा मनाङको यो लगातार दोस्रो हार हो। यसअघि लिग लिडर पुलिससँग ७–० को फराकिलो हार बेहोरेको थियो। यस्तै, चर्च बोइज युनाइटेडसँग गोलरहति बराबरी खेलेको थियो। मनाङले पहिलो हाफमा थ्री स्टारलाई गोलरहित बराबरीमा रोकेको थियो। तर दोस्रो हाफमा भने रोक्न सकेन। दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै सनिलले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाए।
कप्तान कालीबहादुर थापाले आफ्नो एरियाको पेनाल्टी बक्सबाट रिलिज गरेको बललाई सनिलले सदुपयोग गरेका हुन्। मनाङका कप्तान तथा गोलकिपर उदयजंघ पाण्डे अगाडि बढेको अवस्थामा सनिलले गोलको अवसर प्राप्त गरे। उनले माथिल्लो बारतर्फ प्रहार गरेको बललाई उदयले बचाउने प्रयास गरेपनि सफल हुन सकेनन्।
एन्फा कम्प्लेक्समै भएको अर्काे खेलमा जावलाखेल युथ क्लबले प्रतियोगिताकै कमजोर टोली खुमलटारमाथि ३–१ को सहज जित हात पार्यो। जावलाखेलको जितमा मदन पौडेल, विवश दर्लामी र प्रमित खत्रीले समान एक गोल गरे। खुमलटारका सागर तामाङले गोल गरे पनि त्यो पर्याप्त हुन सकेन।
लिगमा जावलाखेलको यो पाँचौं जित हो। ११ खेलबाट १७ अंक जोडेको जावलाखेल विभागीय क्लब एपिएफ र संकटा फुटबल क्लबलाई उछिन्दै अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ। खुमलटारको भने यो नवौं हार हो। सुरुआती खेलमा सातदोबाटो युथ क्लबमाथि २–० को जित निकालेको खुमलटारले लामो समयपछि विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको थियो।
३१औं मिनेटमा जावलाखेलका मदनले प्रहार गरेको लामो बल सीधै जाली चुम्न पुग्यो। उक्त बललाई खुमलटारका गोलकिपर साहिल खड्काले जम्प गर्दै रोक्ने प्रयास गरे पनि बल भेटाउन सकेनन्।
४०औं मिनेटमा फ्रिकिकमार्फत आएको बललाई जावलाखेलका डिफेन्डरले हेडर गर्दै बचाउने प्रयास गरेका थिए। तर, राम्रोसँग क्लियर हुन नसकेको बललाई सागरले गोलमा परिणत गरे। त्योसँगै खुमलटारले खेलमा फर्किने संकेत देखाएको थियो। तर, त्यसको तीन मिनेटपछि नै विवशले अर्काे गोल थप्दै जावलाखेलको अग्रता २–१ मा लम्बाए। उत्सव प्रधानले दिएको क्रसमा अनमार्क रहेको उनले सीधै गोल गरेका हुन्।
पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा प्रमितले जावलाखेलका लागि तेस्रो गोल गरे। फ्री किकमार्फत उनले बललाई सीधै जाली चुमाएका हुन्। त्यसपछि दुवै टोलीले प्राप्त अवसरलाई सदुपयोग गर्न सकेनन्।