हिमालयन किङ्डम र न्युटनले १८औं भ्याली पब्लिक बास्केटबल प्रतियोगितामा आइतबार जित निकालेका छन्।
कपनको भंगालस्थित भ्याली पब्लिकको कोर्टमा भएको सिनियर ब्वाइजमा न्युटनले भद्रकालीमाथि ३८–३६ को साँघुरो अन्तरमा जित निकाल्यो। किङ्डमले राजन मेमोरियललाई ६३–४७ ले हरायो। सिनियर ब्वाइजकै अन्य खेलमा आयोजक भ्याली पब्लिक ‘ए’ ले त्रिज्योतिलाई ३९–२५, नेसनल युनाइटेडले सेवा सदनलाई २८–१०, जिनियसले रिलायन्सलाई १५–११, गोल्डेनपिकले स्कोलर्स होमलाई ६२–२६, हेम्सले मोक्षदालाई ३५–३०, अपीले एक्टिभलाई २७–२३ र भ्याली पब्लिक ‘बी’ ले लिटिल एन्जल्सलाई ५९–३९ ले हराए।
जुनियर ब्वाइजमा भने गोल्डेनपिकले नेक्ससलाई ३१–१६, किङ्डमले अपीलाई २४–१९, भ्याली पब्लिकले वसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई ३३–१८, एन्जल्स हार्टले हिमरश्मिलाई २१–१४ र त्रिज्योतिले इडेन ब्रिज एकेडेमी (इबिए) लाई २४–१० ले हराए। सिनियर गल्र्समा भ्याली पब्लिक ‘ए’ ले अपीलाई २४–१, भ्याली पब्लिक ‘बी’ ले भद्रकालीलाई ४२–१६, हिमरश्मिले टिआइएलाई ११–९, इबिएले एक्टिभलाई ८–४ र क्यान्भासले लिटिल एन्जल्सलाई १०–८ ले हराए।