नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजविरुद्ध १६२ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा एभेन्जर्सले पहिलो ओभरमै तीन विकेट गुमाएको छ।
सोहेल तनभिरको पहिलो बलमै ओपनर कुशल भुर्तेल आउट भए। भुर्तेलले चिप गर्न खोजे पनि बल मिडविकेटमा रहेका रवि बोपाराको हातमा पुग्यो। त्यसपछि ०.५ ओभरमा तनभिरले दिलीप नाथलाई पनि पेभेलियन फर्काए। अफमा खेल्न खोजेका नाथको बल लिडिङ एज हुँदै पोइन्टमा समातियो।
तनभिरको उत्कृष्ट प्रदर्शन यत्तिमै रोकिएन। ०.६ ओभरमा उनले बास डी लिडलाई आउट गर्दै आफ्नो ओभरको तेस्रो विकेट लिए। डिफेन्ड गर्न खोजेका लिडको बल एज लागेर स्लीपमा कैद भयो।
पहिलो ओभरमै तीन विकेटको क्षतिले पोखराको इनिङ संकटमा परेको छ। तनभिरको घातक बलिङले चितवनलाई खेलमा बलियो पकड दिलाएको छ।