विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले बलिङमा राम्रो सुरुवात भए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा नतिजा आफूहरूको पक्षमा नआएको स्वीकार गरेका छन्।
सुदूरपश्चिम रोयल्ससँगको ठूलो हारपछि सन्दीपले आफूले राखेको लक्ष्यअनुसार बलिङ गर्न नसकेको र त्यसबाट टिमले अपेक्षित प्रदर्शन गर्न नसकेको बताए।
‘खेलमा हारजित हुन्छ। महत्वपूर्ण कुरा यो हारबाट सिकेर माथि उठ्नु हो,’ उनले भने। हारका कारण दबाबमा नरहे पनि जितबाट आउने खुशी टोलीमा नरहेको सन्दीपले स्पष्ट पारे। उनले घरेलु खेलाडीहरूले मेहनत गरे पनि नतिजा राम्रो नआएको भन्दै उनीहरूलाई दोष दिन नहुने धारणा राखे।
सन्दीपले पछिल्ला दुई खेलमा विकेट नआउनु ठूलो विषय नभएको र खेलमा कहिलेकाहीँ यस्तो परिस्थिति आउने बताए। ‘दुई खेलमा १० विकेट आए कसैले सोध्दैन, तर विकेट नआए धेरै प्रश्न उठ्छन्,’ उनले थपे। उनले योजनाअनुसार नतिजा नआए पनि मैदानको अवस्थाअनुसार खेल्नुपर्ने धारणा राखे।
त्यसैगरी, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले मैदानको अवस्था कठिन देखिए पनि आफ्नो टोलीले ब्याटिङमा राम्रो प्रदर्शन गरेको बताए।
‘पहिलो खेलमा जित सम्भव थियो, अब आगामी खेलमा ध्यान दिनेछौं,’ उनले भने। आफ्नो टोलीले १५० भन्दा बढी रनको लक्ष्य राखेर खेल्न खोजेको र सोहीअनुसार ब्याटिङ भएको ऐरीको भनाइ छ। साथै, टोलीमा सबैभन्दा तलसम्म पनि राम्रो ब्याटिङ गर्नसक्ने खेलाडी रहेको उनले उल्लेख गरे।