कपिलवस्तु नगरपालिकाको सातौँ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। कपिलवस्तु नगरपालिका–२ स्थित बुद्ध पद्म स्कुलको खेलमैदानमा मंगलबारदेखि प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिताको उद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल उपमेयर सुनिता गुप्ताले संयुक्त रुपमा गरे। मेयर पौडेलले खेलकुदले नगर र जिल्लालाई समेत देशमा पहिचान बनाउनु पर्ने बताए। उनले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए।
प्रादेशिक तथा राष्ट्रिय स्तरको प्रतियोगितामा समेत यहाँका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको र नगरले समेत उपयुक्त व्यवस्थापन गर्ने उनले घोषणा गरे।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्यालले खेलकुदको माध्यमबाट शरिरीक स्फूर्ति बढाउनुका साथै चौतर्फी उपमा बढाउन समेत सहयोगी सिद्ध रहने उल्लेख गरे । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, दौड, कराँते, तेक्ववान्दो, उसु, हाइजम्प लङजम्प लगायतका खेल समावेश गरिएको छ। प्रतियोगितामा नगरपालिकाभित्रका २२ विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्।
१८ गतेदेखि सुरु भएको प्रतियोगिता २१ गतेसम्म सञ्चालन हुने प्रतियोगिता संयोजक पदमराज श्रेष्ठले बताए। स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, अनुशासनको लागि खेलकुद, पहिचानको लागि खेलकुद भन्ने मूल नारा सहित प्रतियोगिता सञ्चालन गरिएको छ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, १२ वटै वडाका वडाध्यक्षहरू, शिक्षा तथा खेलकुद शाखाका कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, खेल शिक्षक, सञ्चारकर्मी, लगायतको सहभागिता रहेको थियो।