ताप्लेजुङमा जारी दोस्रो कञ्चनजंघा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि रेड डेभिल्स फुटबल क्लब इलाम र गोधुली फुटबल क्लब धरानबीच प्रतिष्पर्धा हुने भएको छ।
बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा न्यू स्टार फुटबल क्लब झापालाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै रेड डेभिल्सले फाइनल यात्रा तय गरेको हो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरको सहाराले विजेता टुंगो लगाइएको थियो।
फाइनल खेल शनिबार भानुजन माविको खेल मैदानमा हुनेछ, जहाँ रेड डेभिल्स इलाम र गोधुली फुटबल क्लब धरान आमने-सामने हुनेछन्।
रेड डेभिल्सको बलियो प्रदर्शन
न्यू स्टारका अनुभवी खेलाडी अरमान र डानियलजस्ता नामहरू भए पनि रेड डेभिल्सको मजबुत रक्षापंक्तिका कारण उनीहरू प्रभावशाली प्रदर्शन गर्न सकेनन्। टाइब्रेकरमा रेड डेभिल्सका सुगम खजुम, शेखर राई, मौसम राई र रोशन लिम्बूले गोल गरेका थिए, भने दिवस खापुङ गोल गर्न असफल रहे।
न्यू स्टारका तर्फबाट सुगम सुब्बा, बिजु र डानियलका प्रहार सफल भए पनि पुजन थापा र सनम राईको प्रहारले गोलको दिशा लिन सकेन।
प्रतियोगिताको विजेताले नगद तीन लाख दुई हजार ८१ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ५१ हजार ८१ रुपैयाँ हात पार्नेछ।