नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले पोखरा एभेन्चर्ससामु १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा ५ विकेट गुमाएर १७० रनको योगफल तयार पारेको हो ।
उसका लागि क्याप्टेन रोहित पौडेलले कप्तानी पारी खेले । ओपनरद्वय आषुतोश घुरैया र उन्मुक्त चन्द शुन्य रनमा आउट भएपछि धरमराएको लुम्बिनीको इनिङ्स रोहितले सम्हालेका हुन् । उनले ९५ रन जोडे । ५९ बलको सामना गर्दै ४ छक्का र १० चौका प्रहार गरेका रोहितको यो जारी एनपीएलमा पहिलो अर्धसतक हो । उनी सतक बनाउनबाट मात्र ५ रनले चुके ।
लुम्बिनीको ४६ रनमा ३ विकेट गुमाएको स्थिति सम्हाल्दै रोहितले टम मुर्ससँग चौथो विकेटका लागि ११० रनको साझेदारी गरे । मुर्स ४५ रनमा आउट भए । सन्दीप जोराले १८ रन बनाए ।
विपिन खत्रीले २ र म्याट क्रिच्लीले एक विकेट झारे ।
दुवै टोली पहिलो अंकको खोजीमा छन् । आफ्नो पहिलो खेलमा लुम्बिनी विराटनगर किङ्ससँग २ विकेटले पराजित भएको थियो । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा भने यसअघिका दुवै खेलमा पराजित भएको थियो। पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित पोखरा दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग ७ विकेटले हारेको थियो।
मेट लाइफ नेपालले जीवन बिमा र क्रिकेट जस्ता दुई शक्तिशाली क्षेत्रलाई एकताबद्ध गर्दै राष्ट्रिय पुरुष र महिला क्रिकेट टोलीका कप्तानहरू रोहित पौडेल र इन्दु बर्मासँग सहकार्य गरेको छ । यस सहकार्यको उद्देश्य बिमालाई सुरक्षा र वित्तीय योजना बनाउने उपकरणका रूपमा प्रवर्द्धन गर्नु हो ।
नेपालमा पहिलो पटक दुवै टिमका कप्तानहरू (जो साहस, आशा र राष्ट्रिय गौरवका प्रतीक हुन्) अब भविष्य सुरक्षित गर्ने महत्त्वपूर्ण सन्देश फैलाउने अभियानमा अगाडी छन् ।
यो अनौठो साझेदारी साझा मूल्य, सहनशीलता, तयारी र भविष्यप्रति चिन्ताको कथाको रूपमा प्रस्तुत गरिएको छ । मेटलाइफले राष्ट्रिय क्रिकेट टोलीहरूलाई बीमा कभरेजमार्फत प्रायोजन पनि गरेको छ, र राष्ट्रलाई प्रेरणा दिने व्यक्तिहरूको सुरक्षा गर्न प्रतिबद्ध रहेको छ ।
“हाम्रा राष्ट्रिय टोलीका कप्तानहरू हरेकपटक मैदानमा उत्रिंदा सँगै सम्पूर्ण राष्ट्रको आशा बोकिरहेका हुन्छन्, र त्यसैले जिम्मेवारी र सुरक्षाको महत्त्व बुझाउन उनीहरूभन्दा उपयुक्त व्यक्ति को हुन सक्छन ? सम्पूर्ण नेपालीहरुको परिवार र भविष्यको सुरक्षा सम्बन्धी हाम्रो सन्देश रोहित र इन्दुको माध्यमबाट फैलाउन पाउँदा हामी उत्साहित छौं,“ मेटलाइफ नेपालका मार्केटिङ तथा कम्युनिकेसन प्रमुख अंकित राजभण्डारीले भने ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...