दबाबमा लुम्बिनी, आत्मविश्वासमा सुदूरपश्चिम
२३ मंसिर २०८१
•
४ मिनेट पाठ
दबाबमा लुम्बिनी, आत्मविश्वासमा सुदूरपश्चिम
विकेट लिएपछि कर्णालीका युनिश सिंह ठकुरी। तस्बिर: क्यान
घरेलु मैदानमा जारी एनपिएलमा रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स दबाबमा रहँदा दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्स उच्च आत्मबलका साथ खेलिरहेको छ।




शनिबार सुदूरपश्चिमसँग ४५ रनले पराजित भएपछि लुम्बिनीले तेस्रो हार सामना गरेको हो। यससँगै एनपिएलमा आफ्नो तीन खेल सकिँदा लुम्बिनी जितविहीन छ। अघिल्ला दुई खेलसम्म उत्कृष्ट ब्याटिङ गरेको लुम्बिनीले सुदूरपश्चिमविरुद्ध त्यो लय जारी राख्न सकेन। यसपछि बलिङसँगै लुम्बिनीको ब्याटिङ पनि कमजोर देखिएको छ। साथै लगातार हारपछि लुम्बिनीको प्लेअफ सम्भावना पनि कठिन बनेको छ। यससँगै लुम्बिनी र कप्तान रोहित दुवै दबाबमा छन्। लुम्बिनी लगातार तेस्रो हार बेहोर्ने पहिलो टोली हो। उत्कृष्ट लयमा रहेको सुदूरपश्चिमले भने तीनै खेलमा जित निकालेको छ।

तीनै खेल जित्ने जनकपुर बोल्ट्सपछि सुदूरपश्चिम दोस्रो टोली हो। त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले १८८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो। जबाफमा लुम्बिनीले पूरै ओभर खेले पनि ९ विकेटको क्षतिमा १४२ रन मात्र बनाउन सक्यो। लुम्बिनीले पावर प्लेमा ३६ रन जोड्दा पाँच ब्याटर गुमाएको थियो।

ओपनरद्वय अर्जुन साउद शून्य र उन्मुक्त चन्द ४ रनमा आउट भए। पहिलो ओभरमा नै स्कट कुगेलिनले दुवै ओपनरलाई एलबिडब्लु शिकार बनाएका हुन्। कप्तान रोहितले पछिल्ला दुई खेलमा उत्कृष्ट ब्याटिङ गरेका थिए। दुई खेलबाट उनको १४६ रन थियो। सुदूरपश्चिमविरुद्ध उनी चल्न सकेनन्।

कप्तान रोहित ५ रनमा आउट भए। चौथो ओभरमा पनि दुई विकेट गुमाएपछि लुम्बिनी थप धराशयी भयो। टम मोरेस ७ र साद बिन जफरले खाता खोल्न सकेनन्। लुम्बिनी ३.३ ओभरमा १९/५ को नाजुक अवस्थामा पुग्यो।

सन्दीप जोराले एक छेउबाट इनिङ समाल्ने प्रयास गरे। तर, अविनाश बोहराले उनलाई २० रनमा आउट गरे। लगातार विकेट पतनसँगै लुम्बिनी हारको संघारमा पुग्यो। तर, सातौं नम्बरका ब्याटर विवेक यादवले ७७ रनको इनिङ खेले। यद्यपि, उनको इनिङ बाबजुद लुम्बिनीले फराकिलो हार सामना गर्‍यो। ५४ बलमा विवेकले तीन चौका र सात छक्का प्रहार गरे।

सुदूरपश्चिमको बलिङमा ब्रेन्डन र सैफ जैबले तीन तथा स्कटले दुई र अविनाशले एक विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा चार विकेट गुमाउँदै १८७ रनको योगफल बनायो।

ओपनरद्वय सैफ र विनोद भण्डारीले राम्रो सुरुआत दिलाए। यी दुईबीच पहिलो विकेटका लागि ४९ रनको साझेदारी भयो। विनोद १७ रनमा आउट भए। १३ बलमा उनले दुई चौका हिर्काए। सैफले त्यसपछि ब्रेन्डनसँग ५७ रनको साझेदारी गरे। ब्रेन्डन २३ रनमा आउट भए।

सैफले कप्तान दीपेन्द्रसँग पनि ५३ रनको साझेदारी गरे। १८औं ओभरमा सैफ ९० रनमा आउट भए। ६१ बलमा उनले ६ चौका र पाँच छक्का हिर्काए। सुदूरपश्चिम १७.४ ओभरमा १५९/३ को अवस्थामा पुग्यो। दीपेन्द्र ३९ र स्कट ११ रनमा अविजित रहे। उनले १९ बलमा चार चौका र दुई छक्का प्रहार गरे। लुम्बिनीको बलिङमा रोमनले सर्वाधिक दुई विकेट लिए। रोहितकुमार पौडेल र विवेक यादवको नाममा समान एक विकेट रह्यो।

कर्णालीको उत्कृष्ट बलिङ

उत्कृष्ट बलिङ प्रेरित कर्णाली याक्सले सामान्य लक्ष्य जोगाउँदै नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार दोस्रो जित निकालेको छ।

कर्णालीले शनिबार त्रिवि क्रिकेट मैदानमा विराटनगर किङ्समाथि सात रनको रोमाञ्चक जित निकाल्यो। यससँगै जारी एनपिएलमा कर्णालीले चार खेलबाट दोस्रो जित प्राप्त गरेको हो। समान खेलमा तेस्रो हार बेहोरेपछि विराटनगर भने दबाबमा परेको छ। अब विराटनगरको प्लेअफ सम्भावना कठिन बनेको छ।

कर्णालीले १३४ रनको सामान्य लक्ष्य दिएको थियो। जबाफमा विराटनगरले २० ओभर नै खेले पनि आठ विकेटको क्षतिमा १२६ रन मात्र जोड्न सक्यो। बलरको उत्कृष्ट साथ पाएपछि कर्णाली सामान्य लक्ष्य रक्षा गर्न सफल भयो। कर्णालीका स्पिनर विपिन शर्मासँगै नन्दन यादव र विलियम बोसिस्टोले विकेटसँगै किफायती बलिङ गरे।

नन्दनले तीन ओभरमा तीन विकेट लिए। उनले १९ रन मात्र खर्चिए। विपिनले चार ओभरमा दुई विकेट निकाले। उनले एक मेडन राख्दै २० रन दिए। बोसिस्टो र युनिश ठकुरीको नाममा समान एक विकेट रह्यो। मध्य क्रमका ब्याटर निकोलस किर्टनको ४० रन नै विराटनगरका लागि सर्वाधिक ठूलो व्यक्तिगत स्कोर हो।

किर्टनले ३९ बलमा चार चौका र एक छक्का हिर्काए। ओपनर लोकेश बमले १९ र दीपक बोहराले १८ रन बनाए। लोकेशले ९ बलमा एक चौका र दुई छक्का हिर्काए। अन्य ब्याटरले राम्रो ब्याटिङ गर्न सकेनन् र विराटनगरले खेल गुमायो । त्यसअघि पावर प्लेमा नै विराटनगर ३६/३ को अवस्थामा पुग्यो।

अर्का ओपनर मार्टिन गप्टिल ४, आकिब इलियास ८ र नरेन भट्ट ७ रनमा पेभेलियन फर्किए। यससँगै ८.५ ओभरमा विराटनगर ४५/४ को स्थितिमा पुग्यो। विराटनगरले १२औं बसिर अहमदलाई ८ रनमा गुमायो। बसिर युनिशद्वारा कट एन्ड बोल्ड भए। त्यसपछि दीपकले छैटौं विकेटका लागि किर्टनसँग ४४ रनको साझेदारी गरे।

१८औं ओभरमा दीपक र किर्टन दुवै आउट भए। दुवैलाई विवेक यादवले बोल्ड गरेका हुन्। यससँगै कर्णालीले जितको सम्भावना बनायो। क्रिस सोल पनि शून्यमा नै पेभेलियन फर्किए। कप्तान सन्दीप र प्रतीश जिसी पनि जित दिलाउन सफल भएनन्।

त्यसअघि टस हारेर ब्याटिङ गरेको कर्णाली निर्धारित ओभर खेल्दै १३३ रनमा अलआउट भयो। ओपनर देव खनाल र बोसिस्टोको अर्धशतक बनाए। तर पनि कर्णालीले राम्रो योगफल बनाउन सकेन। देवले ५३ रन र बसिस्टोले ६६ रन बनाए।

देवले ४८ बलमा चार चौका र दुई छक्का प्रहार गरे। ४९ बलमा बोसिस्टोले पाँच चौका र तीन छक्का हिर्काए। अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। विराटनगरको बलिङमा प्रतीशले चार ओभरमा चार विकेट लिए। उनले एक मेडन राख्दै १७ रन मात्र दिए। क्रिस  र बसिरले दुई तथा अकिबले एक विकेट लिए।
अर्को समाचार
कबड्डीमा नेपालको पहिलो हार
१० वैशाख २०८२
•
२ मिनेट पाठ
कबड्डीमा नेपालको पहिलो हार
नेपालले घरेलु मैदानमा जारी बाङ्लादेशसँगको पाँचदिवसीय महिला कबड्डी टेस्ट शृंखलामा पहिलो हार सामना गरेको छ।




सातदोबाटोस्थित तेक्वान्दो हलमा मंगलबार भएको तेस्रो खेलमा नेपाल पाहुना टोली बाङ्लादेशसँग २६–२३ अंकको साँघुरो अन्तरले पराजित भएको हो। खेलमा अग्रता जोगाउन नसक्दा नेपालले हार सामना गर्नुपर्‍यो। पहिलो हाफमा नेपाल १५–१० ले अगाडि थियो। यो अग्रतालाई नेपालले १८ अंकसम्म कायम राख्यो। तर, यसपछि नेपाली खेलाडीले अग्रता जागाउन सकेनन् र यहीँबाट पाहुना टोली अगाडि बढेको हो। अन्ततः नेपालले हार सामना गर्नुपर्‍यो। पहिलो दुई खेलमा राम्रो प्रदर्शन गरेकी कप्तान मानमती विष्ट चम्किन सकिनन्। उनले तीन अंक मात्र दिलाइन्।

नेपालका लागि रबिना चौधरीको पाँच अंक नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर हो। यससँगै जारी शृंखलामा नेपालले पहिलो हारसमेत सामना गरेको छ। शृंखलामा नेपालको २–१ को अग्रता कायम नै छ। पाहुना टोली बाङ्लादेशविरुद्ध पहिलो दुई खेलमा सहज जित निकाल्दै नेपाल शृंखला आफ्नो बनाउने लक्ष्यमा थियो।

नेपालले पहिलो खेलमा ४१–१८ र दोस्रो खेलमा २९–२२ को जित निकालेको थियो। तर, तेस्रो खेलमा भने नेपालले त्यो लय जारी राख्न सकेन। तेस्रो खेलमा बाङ्लादेशकी श्रबोनी चम्कँदा नेपाल हार बेहोर्न बाध्य भयो। यसअघि नेपालको पहिलो जितमा कप्तान मानमती विष्ट र दोस्रो जितमा मीना नेपाली प्लेअर अफ द म्याच भएका थिए।

अब वैशाख १० गते विश्राम दिइएको छ। वैशाख ११ गते चौथो र वैशाख १२ गते पाँचौं खेल तय गरिएको छ। कबड्डीको लोकप्रियता बढेसँगै सुखद नतिजा आएको समयमा नेपालले बाङ्लादेशसँग शृंखला खेलेको हो।

नेपाली महिला कबड्डीले सन् २०२३ मा चीनको हाङझाउमा भएको एसियन गेम्समा ऐतिहासिक कांस्य पदक जितेपछि नेपालमा यो खेलको लोकप्रियता बढ्दै गएको छ। नेपालको कबड्डीले पहिलोपल्ट एसियन गेम्समा पदक जितेको हो। त्यतिबेला बाङ्लादेशलाई हराउँदै नेपालले त्यो पदक जितेको थियो। त्यसपछि पहिलोपल्ट बाङ्लादेशसँग नेपालले खेलेको हो।  
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस