लालीगुराँस नेसनल एकेडेमी तेस्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत एथलेटिक्समा टिम च्याम्पियन भएको छ।
तार्केश्वर नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा लालीगुराँस सर्वाधिक १९ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको हो। लालीगुराँसले पहिलो दिन पाँच, दोस्रो र अन्तिम दिन समान सात स्वर्ण जित्दै स्वर्णसंख्या १९ पुर्याएको हो।
लालीगुराँसले थप चार रजत र एक कांस्य पनि प्राप्त गर्यो। हिमरश्मि हाइ स्कुल दोस्रो भयो। हिमरश्मिले पाँच स्वर्ण, १० रजत र पाँच कांस्य पदक जितेको हो। तेस्रो स्थानको कौशलले एक स्वर्ण, दुई रजत र पाँच कांस्य पदक जित्यो। एथ्लेटिक्समा कुल १४ विद्यालयका विद्यार्थीले कुल २६ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए। बाँकी एक स्वर्ण श्रृजना ज्ञान सागरले जितेको थियो। श्रृजना ज्ञानसागरले थप एक रजत र तीन कांस्य पदक प्राप्त गर्यो।
हिमरश्मि र ल्यान्डमार्क उपाधिनजिक
हिमरश्मि र ल्यान्डमार्क एकेडेमीले तेस्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत छात्रा बास्केटबलको फाइनलमा प्रतिस्पर्धा गर्ने भएको छ।
मनमैजुस्थित लालीगुराँसको कोर्टमा शनिबार भएको सेमिफाइनलमा हिमरश्मिले आयोजक लालिगुराँसलाई र ल्यान्डमार्कले मानसिंहलाई हराउँदै उपाधि भिडन्त तय गरेका हुन्। हिमरश्मिले लालीगुराँसमाथि १९–१३ को जित निकाल्यो। हिमश्मिको जितमा सिर्जना तामाङले ६ अंकको योगदान दिइन्। ल्यान्डमार्कले पनि मानसिंहलाई १८–१५ ले हरायो। साजन खत्रीले सर्वाधिक सात अंक जोडिन्।
जुनियर छात्रमा लालीगुराँस र एञ्जल्स हार्ट उपाधिका लागि भिड्नेछन्। लालीगुराँसले जीवन ज्योतिलाई २८–१५ ले हराउँदा सर्गम गुरुङले १० स्कोर गरिन्। एञ्जल्स हार्टले हिमरश्मिको चुनौती २१–१६ ले पराजित गर्यो। एञ्जल्स हार्टका सौरव श्रेष्ठले आठ अंक जोडे।