नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध १ सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रन बनाएको हो।
विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए। अर्जुन घर्तीले २५ रन जोड्दा ओपनर बाबर हायातले २० रन थपे । चाडविक वाल्टनले १५ बलमा १३ रन जोडे।
लुम्बिनी लायन्सका लागि विकास अग्रीले ३ विकेट झारे भने तिलक भण्डारीले २ विकेट लिए। साद बिन जाफर र कप्तान रोहित पौडेलले १ - १ विकेट लिए।
लुम्बिनी लायन्सको यसअघि नै प्रतियोगिताको प्लेअफमा पुग्ने सम्भावना समाप्त भइसकेको छ। कर्णाली याक्स भने आजको खेल जित्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यमा छ।