नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनका निम्ति पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहित सातजनालाई रिटेन गरेको छ ।
पोखरा एभेन्जर्सले आइतबार विज्ञप्ती जारी गर्दै भुर्तेलसहित सागर ढकाल, आकाश चन्द, किरण ठगुन्ना, विपिन खत्री, दिनेश खरेल र तृतराज दासलाई आगामी संस्करणमा पनि निरन्तरता दिने जनाएको हो । भुर्तेल अलराउन्डर हुन् भने ढकाल, चन्द र खत्री बलर हुन् । रिटेन हुने ठगुन्ना, खरेल र दास ब्याट्सम्यान हुन् ।
त्यस्तै पोखराले पहिलो संस्करणमा खेलेका दिलिप नाथ, नारायण जोशी, सुनम गौतम, अमृत गुरुङ र सुदिप अर्याललाई रिलिज गरेको छ ।
एनपीएलको सबैभन्दा महंगो टिम पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठीका अनुसार दोस्रो सिजनलाई भव्य बनाउन पोखराले आफ्नो टिममा चर्चित विदेशी क्रिकेटर ल्याउने तयारी गरेको छ । ‘हामी प्रख्यात विदेशी क्रिकेटरहरुसँग संवाद गरिरहेका छौँ । टिमलाई बलियो बनाउन हामी प्रख्यात क्रिकेटर ल्याउने छौँ । यसले एनपीएलको पनि गरिमा बढाउने विश्वास छ,’ त्रिपाठीले भने ।
नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेन्डरमा एनपीएलको दोस्रो संस्करण नोभेम्बरमा हुने उल्लेख छ । यद्यपी हालसम्म औपचारिक रुपमा निश्चित मिति भने सार्वजनिक गरिएको छैन ।
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...