नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा प्लेअफ खेल्ने चारै टिमको टुंगो लागेको छ। लिग चरणको अन्तिम खेलमा सोमबार सुदूरपश्चिम रोएल्सले कर्णालीलाई ६ विकेटले पराजित गरेसँगै चारै टिमको टुंगो लागेको हो।
सुदूरपश्चिम रोएल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्सले अन्तिम चारमा स्थान बनाएका हुन्। समान ८ अंक भएपनि रनरेटमा काठमाडौं गुर्खाजलाई पछि पार्दै कर्णालीले हारका बाबजुद अन्तिम चारमा स्थान बनाएको हो । सुदूरपश्चिमले १२.२ ओभरभित्र लक्ष्य पूरा गरेको भए काठमाडौंले प्लेअफमा स्थान बनाउने अवस्था थियो। तर, उसलाई १०२ रनको लक्ष्य भेट्टाउन १५.२ ओभर लाग्यो। विराटनगर किङ्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स पनि लिग चरणमै रोकिए।
सुदूरपश्चिम १२ अंकमा शीर्ष स्थानमा रहँदा जनकपुर बोल्ट्स १० अंकमा दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। यस्तै इलिमिनेटरमा भने चितवन र कर्णालीबीच प्रतिस्पर्धा हुने भएको छ। पहिलो क्वालिफायर र इलिमिनेटरका दुवै खेल बुधबार हुनेछ ।
पहिलो क्वालिफायरमा पराजित टिमले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा बिहीबार प्रतिस्पर्धा गर्नेछ।
फाइनल खेल भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार दिउँसो सवा १२ बजे सुरु हुनेछ।