सुदूरपश्चिमसँगको हारपछि कप्तान आसिफ भन्छन्: मिडल अर्डरमा राम्रो गर्न सकेनौं
०३ पौष २०८१
•
२ मिनेट पाठ
सुदूरपश्चिमसँगको हारपछि कप्तान आसिफ भन्छन्: मिडल अर्डरमा राम्रो गर्न सकेनौं
पराजित भएपछि जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले राम्रो शुरुवात पाएपनि मिडल अर्डरमा चुक्दा राम्रो लक्ष्य दिन नसकेको बताएका छन्।




सुदूरपश्चिम रोयल्ससँग पहिलो क्वालिफायरमा पराजित भएपछि पत्रकार सम्मेलमा कप्तान आसिफले मिडल अर्डरमा राम्रो गर्न नसक्दा लक्ष्य दिन ३० देखि ४० रन कम भएको प्रतिक्रिया दिए। ब्याटिङमा जिमी निसामबाहेक कुनै एक खेलाडीले राम्रोसँग इनिङ अगाडि बढाउन नसकेको उनले उल्लेख गरे। उनले ब्याटिङमा दिएको जिम्मेवारी पूरा हुन नसक्दा राम्रो लक्ष्य प्रस्तुत गर्न नसकिएको बताए। जिमी निसामसँग स्ट्राइक रोटेट गर्ने गराउन लक्ष्य भएपनि अन्यले साथ नदिएको उनको भनाइ छ।

उनले पछिल्ला केही खेलसँगै आज पनि बलिङ र ब्याटिङमा राम्रो गर्न नसकेको र यी पक्षमा सुधार गर्नुपर्ने आवश्यकता रहेको औंल्याए। सुदूरपश्चिमले कम गल्ती गर्दा हाबी भएको उनको बुझाइ छ। कर्णालीसँगको दोस्रो क्वालिफायरमा पनि कम गल्ती गरेर खेल्ने टोलीको जित सम्भव रहेको उनको भनाइ छ। उनले कर्णालीसँग पिचको अवस्थाअनुरूप खेल्नुपर्ने औंल्याएका छन्। सुदूरपश्चिमले प्रतियोगिताभर राम्रो खेल्दै आएको र बलियो टोली रहेको उनको भनाइ छ। यही टोलीलाई फाइनलमा हराउने पनि उनको लक्ष्य छ।

सुदूरपश्चिमका लागि अर्धशतक प्रहार गरेका विनोद भण्डारीले यसअघि राम्रो शुरुआत पाएर पनि फिनिस गर्न नसकाले आज फिनिस गर्ने लक्ष्यसहित खेलेको बताए। उनले यसअघि सुदूरपश्चिमले राम्रो खेल्दै आएको र फाइनलमा पनि राम्रो खेल्ने विश्वास व्यक्त गरेका छन्। रन लिने क्रमका खुट्टामा दुखे पनि त्यति धेरै समस्या नरहेको उनले बताएका छन् । उनले शुरुको खेलदेखि नै पावर प्लेमा डोमिनेट गरेर खेल्ने रणनीति अपनाउँदै आएको उल्लेख गरेका छन् । विनोदले आफूहरूले सोचेभन्दा राम्रो साथ समर्थकबाट पाएको बताएका छन्।

आजको पिचमा १६० रनसम्मको योगफल हुनसक्ने भएपनि जनकपुरले दबाबमा रहेर खेल्दा सम्भव नभएको उल्लेख गरेका छन्। उनले कप्तान दीपेन्द्र सिंह ऐरी नेपालकै उत्कृष्ट क्रिकेटर रहेको उल्लेख गरेका छन्। ब्याटिङ, बलिङ र फिल्डिङमा दीपेन्द्रले गरेको प्रदर्शनबाट पनि उनको स्तरबारे थाहा हुने विनोदको भनाइ छ। कप्तानी जिम्मेवारी पनि दीपेन्दले धेरै राम्रो गरिरहेको विनोद बताउँछन्। 
अर्को समाचार
पोखराले एनपीएलमा कुशल भुर्तेलसहित सात खेलाडीलाई निरन्तरता दिने
१५ असार २०८२
•
१ मिनेट पाठ
पोखराले एनपीएलमा कुशल भुर्तेलसहित सात खेलाडीलाई निरन्तरता दिने
नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनका निम्ति पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहित सातजनालाई रिटेन गरेको छ ।  




पोखरा एभेन्जर्सले आइतबार विज्ञप्ती जारी गर्दै भुर्तेलसहित सागर ढकाल, आकाश चन्द, किरण ठगुन्ना, विपिन खत्री, दिनेश खरेल र तृतराज दासलाई आगामी संस्करणमा पनि निरन्तरता दिने जनाएको हो । भुर्तेल अलराउन्डर हुन् भने ढकाल, चन्द र खत्री बलर हुन् । रिटेन हुने ठगुन्ना, खरेल र दास ब्याट्सम्यान हुन् ।

त्यस्तै पोखराले पहिलो संस्करणमा खेलेका दिलिप नाथ, नारायण जोशी, सुनम गौतम, अमृत गुरुङ र सुदिप अर्याललाई रिलिज गरेको छ ।  

एनपीएलको सबैभन्दा महंगो टिम पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठीका अनुसार दोस्रो सिजनलाई भव्य बनाउन पोखराले आफ्नो टिममा चर्चित विदेशी क्रिकेटर ल्याउने तयारी गरेको छ । ‘हामी प्रख्यात विदेशी क्रिकेटरहरुसँग संवाद गरिरहेका छौँ । टिमलाई बलियो बनाउन हामी प्रख्यात क्रिकेटर ल्याउने छौँ । यसले एनपीएलको पनि गरिमा बढाउने विश्वास छ,’ त्रिपाठीले भने ।

नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेन्डरमा एनपीएलको दोस्रो संस्करण नोभेम्बरमा हुने उल्लेख छ । यद्यपी हालसम्म औपचारिक रुपमा निश्चित मिति भने सार्वजनिक गरिएको छैन ।
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
यो पनि पढौँ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस