एसीसी महिला यू- १९ एसिया कपको सुपर फोरमा नेपालले बंगलादेशसामु ५५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ११ ओभरमा ८ विकेट गुमाएर ५४ रनमात्र बनाएको थियो । खेल वर्षाले प्रभावित भएपछि ११ ओभरमा छोट्याइएको हो ।
सावित्री धामीले ११ रन बनाइन् । अन्य कुनै ब्याटरले नेपालका लागि दोहोरो अंकको स्कोर छुन सकेनन् । क्याप्टेन पूजा महतोपनि बंगलादेशविरुद्धको खेलमा ९ रनमा क्याच आउट हुन पुगिन् ।
नेपाललाई कम योगफलमा समेट्ने क्रममा फरजाना इस्मिन, अनिसा सोबा, फाहोमिदा छोया र हाबिबा इस्लामले समान एक विकेट लिए ।
बंगलादेशले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
सुपर फोरको आफ्नो पहिलो खेलमा नेपाल बिहीबार श्रीलंकासँग अंक बाँड्न बाध्य भएपछि शुक्रबार जित्नै पर्ने दबाबमा मैदान उत्रिएको हो । बंगलादेशविरुद्ध जित निकाल्न सके नेपालले फाइनलमा स्थान बनाउनेछ ।
सुपर ४ को शीर्षस्थानमा रहेर भारतले फाइनलमा स्थान पक्का गरिसकेको छ । भारतको ७ अंक छ ।