एन्फा महिला लिगको अन्तिम चरणमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको एकमात्र खेलमा पुलिसले स्याङ्जाको वालिङ नगरपालिकालाई ५-० गोल अन्तरमा पराजित गरेको हो ।
कमजोर खेल खेलेको वालिङविरुद्ध पुलिस सुरुवातबाटै हावी भएको थियो । यद्यपि पहिलो गोल गर्न भने पुलिसले २७ मिनेटसम्म कुर्नु परेको थियो । अनुष्का शर्माले वालिङकी गोलकिपर बिट भएको अवस्थामा गोल गर्दै पुलिसलाई अग्रता दिलाइन् । अतिरिक्त समयमा सम्झना लावतीले दायाँ साइडबाट प्रहार गरेको बलले सिधै पोष्टको दिशा लिएपनि पुलिस पहिलो हाफमा नै २-० को अग्रता बनाउन सफल भयो ।
दोस्रो हाफको पहिलो मिनेटमा नै पूजा लामाले पुलिसका लागि तेस्रो गोल गरिन् । त्यसको तीन मिनेटपछि नै अनुष्का शेर्पाले पुलिसका लागि व्यक्तिगत दोस्रो गोल गरिन् । ६०औं मिनेटमा सम्झनाले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिसले ५-० को अग्रता बनाउन सफल भयो । सो पछि कुनै गोल हुन सकेन र पुलिसले सहज जित दर्ता गर्यो ।
दोस्रो चरणमा ५ टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, आर्मी, वालिङ नगरपालिका र बागमतीबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणमा कुल २४ खेल हुने छन्। २० खेलपछि चार टिमले प्लेअफका स्थान बनाउने छन्।
एन्फा महिला लिगको सुपर चरणमा बागमती युथ क्लबले पहिलो जित दर्ता गरेको छ ।
लगातार तेस्रो हारपछि शुक्रबार बागमतीले स्याङ्जाको वालिङ नगरपालिकालाई शुन्यका विरुद्ध २ गोलले पराजित गरेको हो । वालिङको भने यो लगातार चौथो हार हो । वालिङले चौथो खेलसम्म पनि कुनै गोल गर्न सकेको छैन भने २८ गोल खाएको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा बागमतीले सुधारिएको खेल पस्कियो । अस्मिता खवासले गोल गर्दै बागमतीलाई अग्रता दिलाइन् । क्याप्टेन विष्णुमाया बलले गोल गरेपछि बागमती २० को अग्रता बनाउन सफल भयो । त्यसपछि गोल हुन सकेन र बागमतीले पहिलो जित दर्ता गर्यो ।
लिगमा शनिबार विभागीय डर्बीमा बलियो सशस्त्र प्रहरीको एपीएफ र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।
५ टोली सहभागी सुपर चरणमा जित निकाल्दै बागमतीले प्लेअफमा स्थान बनाउने सम्भावनालाई बलियो बनाएको छ । हारले वालिङको सम्भावना भने कमजोर बनेको छ । विभागीय टोलीहरु एपीएफ, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब भने जारी लिगमा बलिया छन् ।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...