नेपाली राष्ट्रिय महिला क्रिकेट टोली ६ महिनापछि मैदान फर्किने भएका छन्।
नेपाली सिनियर टोलीले अन्तिमपल्ट श्रीलंकाको डम्बुलामा सम्पन्न एसिया कपमा भारतसँग खेलेको थियो। गत साउन २३ गते भएको उक्त खेलपछि महिला टोलीले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेका हुन्।
नेपालले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेदरल्यान्ड्स र थाइल्यान्डसँग त्रिकोणात्मक टी ट्वान्टी आई शृंखला खेल्न लागेको हो। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यो शृंखला माघ १७ देखि माघ २५ गतेसम्म आयोजना हुनेछ। नेपालले घरेलु मैदानमा दोस्रोपल्ट टी ट्वान्टी आई शृंखला खेल्न लागेको हो।
यसअघि सन् २०२२ मे (२०७९ जेठ २ देखि ७ गतेसम्म) मा नेपालले युगान्डासँग पाँच खेलको टी ट्वान्टी आई शृंखला खेलेको थियो। उक्त शृंखला नेपालले ३–२ ले गुमाएको थियो। यस शृंखलामा हरेक टोलीले एकअर्कासँग तीन खेल खेल्नेछ। नेपालले माघ १७ गते नेदरल्यान्ड्ससँग खेल्दै शृंखलाको सुरुआत गर्नेछ।
सन् २०१८ मा टी ट्वान्टी आई मान्यता पाएपश्चात् नेपालले पहिलोपल्ट नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेको हो। त्यसको भोलिपल्ट नेपालले थाइल्यान्डसँग खेल्दै पहिलो चरण पूरा गर्नेछ। त्यसपछि दुई दिन आराम गर्दै नेपालले दोस्रो चरणका खेल सुरुआत गर्ने तालिका छ।
माघ २१ गते पुनः नेदरल्यान्ड्ससँग नेपालले खेल्नेछ। त्यसको भोलिपल्टै थाइल्यान्डसँग खेल्दै नेपालले दोस्रो चरण पनि समाप्त गर्ने तालिका छ। त्यसपछि नेपालले माघ २४ गतेबाट तेस्रो तथा अन्तिम चरण सुरुआत गर्नेछ। नेदरल्यान्ड्ससँग खेलेपश्चात् नेपालले माघ २५ गते थाइल्यान्डसँग खेल्दै शृंखला अन्त्य गर्ने भएको छ।