पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपमा मच्छिन्द्र क्लवले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा जारी प्रतियोगिताको दोश्रो दिन बुधबार मच्छिन्द्र क्लवले सशस्त्र प्रहरी बलको एपीएफ क्लवलाई २–० गोल अन्तरले पराजित गर्यो ।
बुधबारको जितसँगै मच्छिन्द्रले २०७८ सालको आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा एपीएफसँग बेहोरेको हारको बदला लिएको छ । बुधबारको जितसँगै मच्छिन्द्र क्लव क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब मच्छिन्द्रले सेमिफाइनल प्रवेशका लागि थ्रीस्टार क्लवसँग प्रतिस्पर्धा गर्नेछ ।
मच्छिन्द्रको बुधबारको जितमा आदित्य शाक्य र विदेशी खेलाडी स्टेफन कामाहाले गोल गरे । खेलको ७४औं मिनेटमा मच्छिन्द्रका आदित्यले गोल गर्दै खाता खोलेका थिए । ६७ औं मिनेटमा मैदानमा प्रवेश गरेका उनले मैदान प्रवेश गरेको ८ मिनेटमै मच्छिन्द्रलाई अग्रता दिलाए । आयुष घलानले मैदानको मध्य भागबाट उपलब्ध गराएको पासलाई नियन्त्रणमा लिएका उनले दुई डिफेन्डरलाई छलाउँदै पोष्ट बक्सबाट हानेको प्रहारले सिधै जाली चुमेको थियो ।
पहिलो गोल गरेको ८ मिनेट बित्न नपाउँदै मच्छिन्द्रले गोल थपेको थियो । मच्छिन्द्रका लागि ८१ औं मिनेटमा विदेशी खेलाडी स्टेफन कामाहाले गरे । उनले देवेन्द्र तामाङले हानेको फ्रिकिकमा हेडर गोल गर्दै जित सुनिश्चित गरे ।
बुधबारको खेलमा एपीएफले गोल गर्ने मौका सदूपयोग गर्न नसक्दा पहिलो खेलमै पराजय ब्यहोरेर प्रतियोगिताबाट बाहिरिएको छ ।
बुधबारको खेलमा मच्छिन्द्र क्लवका विदेशी खेलाडी स्टेफन कामाहा प्लेयर अफ दी म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत विहीबार एनआरटी फुटबल क्लव र चर्च ब्वाईज युनाईटेड क्लबबीच प्रतिस्पर्धा हुने आयोजक सहारा क्लव पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिए ।