क्यानको विशेष साधारणसभा हुँदै
०५ वैशाख २०७५
•
२ मिनेट पाठ
क्यानको विशेष साधारणसभा हुँदै
काठमाडौं –  नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा यही वैशाख ६ र ७ गते काठमाडौंमा हुने भएको छ।




अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का प्रतिनिधि र राष्ट्रिय खेलकुद परिषद (राखेप) को प्रतिनिधिको उपस्थितिमा विशेष साधारणसभाले पारित गरेपछि क्यानले नयाँ विधान पाउने छ। विधान अनुमोदनका लागि हुनलागेको यो दोस्रो विशेष साधारणसभा हो।

विधान बनेपछि क्यानको निर्वाचन गराउनका लागि मनिटरिङ कमिटि गठन हुनेछ। मनिटरिङ कमिटिले क्यानको चुनाव गराउँदै नयाँ नेतृत्व प्रदान गर्नेछ। मनिटरिङ कमिटिमा आइसीसीको तीन, राखेप र निर्वाचित क्यानको समान एक–एक प्रतिनिधि सदस्य रहने छन्।

विसं २०७२ मंसिरमा चतुरबहादुर चन्द अध्यक्षमा निर्वाचित भएका थिए। क्यानका तत्कालीन अध्यक्ष टंक आङबुहाङ समूहले उक्त अधिवेशन रोक्न राष्ट्रिय खेलकुद परिषद्मा उजुरी दिएको थियो। राखेपले निष्पक्ष र वैधानिक तरिकाले निर्वाचन नभएको भन्दै रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो।

क्यानको निपष्क्ष निर्वाचन नभएको र सरकारी हस्तक्षेप रहेको भन्दै आइसीसीले २०७३ वैशाखमा क्यानलाई निलम्वन गरेको थियो। आईसीसीको बोर्ड बैठक अघि विधान संसोधन गर्ने गरी साधारणसभा गर्न लागेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए।

क्रिकेट विवाद समाधानका लागी चौतर्फी दबाब बढेपछि क्यानको निर्वाचित कमिटिले विधान संसोधनका लागी साधारणसभा गर्न लागेको हो। क्यानले विधान संसोधन गरे नेपाल क्रिकेट संघ माथी गरिएको निलम्बन फुकुवा गर्ने आईसीसीले यसअघि नै जनाउ दिइसकेको छ।

“नेपाली क्रिकेटको विवाद समाधान गर्न हामी आतुर छौं,”क्यान अध्यक्ष चन्दले भने, “अब बस्ने साधारणसभाले विवाद समाधान गर्ने आशा गरेका छौं।”   (रासस)
अर्को समाचार
राखेप र क्यानको पत्रपछि लुम्बिनी प्रदेशको साधारणसभा हुँदै
०३ जेष्ठ २०८२
•
३ मिनेट पाठ
राखेप र क्यानको पत्रपछि लुम्बिनी प्रदेशको साधारणसभा हुँदै
राष्ट्रिय खेलकुद परिषद (राखेप)को स्वीकृति पत्रपछि शनिबार (आज) तय गरिएको लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा हुने भएको छ।




प्रचलित कानुन, संघको विधान र विनियामावलीसँग प्रतिकूल नहुने गरी काम नगर्न राखेपले शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र पठाएको थियो। त्यसलगत्तै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि राखेपबाट स्वीकृत विधान र विनियामावलीमा रही निर्वाचन गर्न राखेपले स्वीकृत दिएको पत्र शुक्रबार नै लुम्बिनी प्रदेशका सात जिल्ला, प्रदेश र प्रदेशका उपाध्यक्षलाई स्वीकृति पत्र पठाएका हुन्। राखेप र क्यानको पत्रसँगै लुम्बिनी प्रदेशको शनिबार तय निर्वाचन हुने भएको छ। अब लुम्बिनी प्रदेश क्रिकेटका निलम्बित अध्यक्ष सञ्जय गुरुङमाथि अविश्वासको प्रस्तावबारे साधारणसभाले निर्णय लिने तयारी छ।

अनियमितता गरेको, संघ चलाउन असक्षम भएको र पदको दुरुपयोग गरी आफ्ना मान्छेलाई प्रदेशबाट सेवासुविधा दिएको लगायत विभिन्न आरोपसहित बहुमत कार्यसमिति सदस्यले लुम्बिनी प्रदेशका अध्यक्ष गुरुङमाथि अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। लुम्बिनी प्रदेश क्रिकेट संघको १४ सदस्यीय कार्यसमितिमध्ये ११ जना र ४० जना प्रदेश प्रतिनिधिमध्ये ३३ जनाले अध्यक्ष सञ्जयमाथि अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

अध्यक्ष गुरुङले अनियमितता गरेको, खेलाडीसमेत रहेका आफ्नै छोरालाई प्रदेश कमिटीले प्रदान गर्ने सेवा सुविधा दिलाएको र प्रदेश कमिटी राम्रोसँग अगाडि बढाउन नसकेको आरोप लगाउँदै विशेष साधारण माग गरेका हुन्।  

क्यानको विधानमा उल्लेख भएअनुरूप चेकमा कोषाध्यक्षको हस्ताक्षर अनिवार्य भए पनि अध्यक्ष गुरुङले मनोमानी गर्दै दुई व्यक्तिको हस्ताक्षर गरेर काम गरिरहेको ती सदस्यहरूको आरोप छ। सोही कारणले उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै आगामी जेठ २ गते लुम्बिनी प्रदेशको साधारण सभा कपिलवस्तुमा गर्ने निर्णय गरेका हुन्। तर, क्यानकै पदाधिकारी साहारामा गुरुङले त्यो साधारण सभा रोक्ने प्रयास गरिरहेको लुम्बिनी क्रिकेटका पदाधिकारीको आरोप छ। नेपाली खेलकुदको उच्च निकाय र क्यानका नेतृत्वको छत्रछाया पाएपछि गुरुङले त्यो साधारण सभा रोक्ने प्रयास गरिरहेको उनीहरूको भनाइ छ। साथै गुरुङले आफूमाथि लागेका आरोप नियोजित भन्दै आएका छन्।

लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङले आफूविरुद्ध आएको अविश्वासको प्रस्ताव रोक्न राखेपमा निवेदन गरेका थिए। जसमा उनले अविश्वासको प्रस्ताव ल्याउनका लागि आधारका रूपमा प्रस्तुत गरिएको प्रादेशिक क्रिकेट संघ विनियमावली २०८१ नै आफैँमा अवैधानिक भएको उनको जिकिर थियो। सुरुमा राखेप र क्यानको मत बाँझिए पनि अहिले दुवै निकायले निर्वाचन गराउन स्वीकृत दिएको लुम्बिनी प्रदेश क्रिकेटको बहुमत कार्यसमितिले जनाएको छ। राखेपले पनि आफूबाट स्वीकृत नेपाल क्रिकेट संघ (क्यान)को विधान २०५५ (चौथो संशोधन २०८०) नै मूल कानुन रहेको र सोही विधानअन्तर्गत स्वीकृत विनियमावलीको व्यवस्था अनुसार कामकारबाही गर्न पत्रमा उल्लेख गरेको छ। 

अन्तर्राष्ट्रिय अम्पायरसमेत रहेका गुरुङले बुधबार पत्रकार सम्मेलन पनि गर्दै आफू कुनै पनि हालत पनि यो लडाइ लड्ने बताएका थिए। उनी संघका अध्यक्ष र अन्तर्राष्ट्रिय अम्पायर पनि हुन्। यस्तोमा उनी स्वार्थ बाँझिने भूमिका पनि रहेको भन्दै आलोचना भैरहेको छ। शनिबार साधारणसभाले गुरुङमाथि कारबाही गरे उनीमाथि दबाब पर्नेछ। 

शुक्रबार क्यानका अध्यक्ष चन्दले प्रदेशका सातवटा जिल्ला क्रिकेट संघ, रूपन्देही, कपिलबस्तु, पाल्पा, दाङ, बाँके, बर्दिया र नवलपरासी तथा प्रदेशका उपाध्यक्षलाई पठाएको पत्रले शनिबार तय साधारण सभा गर्न स्वीकृत प्रदान गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस