ताप्लेजुङको फुङलिङमा फागुन १४ देखि १७ गते सम्म पाँचौँ मेयर कप जिल्ला स्तरीय ब्याड मिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ ।
आयोजक जिल्ला ब्याड मिन्टन संघका अध्यक्ष सुरेश संघका अनुसार प्रतियोगिता फुङलिङ नगरपालिका वडा नं ६ स्थित इन्द्रेणी ब्याड मिन्टन हलमा सञ्चालन हुने छ ।
प्रतियोगिता अन्तर्गत ८ वटा विधामा खेल सञ्चालन हुने भएको छ । प्रतियोगितामा दसौँ राष्ट्रिय खेलाडी छनौटतर्फ प्रथम हुनेले नगद १२ हजार र द्वितीय हुनेले नगद ८ हजार ५ सय रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै महिला र पुरुषतर्फ ताप्लेजुङ ¥याङकिङमा प्रथम हुनेले नगद १२ हजार र द्वितीय हुनेले नगद ८ हजार ५ सय रुपैयाँ पुरस्कार पाउने छन् । जिल्ला स्तरीय प्रतियोगितातर्फ ‘ए’समूहको पुरुष डबल्सतर्फका विजेताले नगद २० हजार र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार पाउँदा ‘बी’समूहको पुरुष डबल्सर्फका विजेताले नगद १६ हजार र उपविजेताले नगद १२ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
४५ वर्ष भन्दा माथि उमेर समूहको भेट्रान्स डबल्सतर्फका विजेताले नगद १६ हजार र उपविजेताले नगद १२ हजार रुपैयाँ पुरस्कार पाउँदा कर्मचारी वा जनप्रतिनिधि डबल्सतर्फका विजेताले नगद १६ हजार र उपविजेताले नगद १२ हजार रुपैयाँ पुरस्कार पाउने जिल्ला ब्याड मिन्टन संघले जनाएको छ । एकलतर्फ १५ वर्ष मुनिको पुरुषतर्फ र महिलातर्फका विजेता र उपबिजेतालाई ब्याडमिन्टन ¥याकेट पुरस्कार स्वरूप दिइने भएको छ ।
तर कति मूल्यको ¥याकेट दिइने भनेर चाहिँ खुलाइएको छैन । अनुशासित र उदीयमान खेलाडी दुई जनालाई ५ हजार मूल्य बराबरको ब्याडमिन्टन ¥याकेट दिइने भएको छ । एकलतर्फ १५ बर्ष मुनिको पुरुषतर्फ र महिलातर्फका खेलाडीलाई प्रवेश शुल्क लाग्ने छैन भने अरु सबैलाई नगद एक हजार रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । १५ बर्ष मुनि उमेर समूह र ताप्लेजुङ ¥याङकिङतर्फ उत्कृष्ट ५ भित्र पर्ने खेलाडीलाई निःशुल्क रुपमा एक महिने ब्याड मिन्टन प्रशिक्षण तालिम समेत दिइने आयोजक जिल्ला ब्याड मिन्टन संघले जनाएको छ । फुङलिङ नगरपालिकाको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको हो ।