नेपाली राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) घरेलु मैदानमा आजदेखि सुरु हुने चारदेशीय महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगेकी छन् ।
क्लब फुटबल खेल्न फ्रान्समा रहेकी साम्बा सोमबार विहान काठमाडौं आइपुगेकी हुन् । सावित्रालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरेका छन् ।
आजदेखि सुरू हुन लागेको नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुँदै छ। सोहि प्रतियोगितामा सहभागी हुन साम्बा नेपाल आएकी हुन् ।
नेपाली टिमले आज आफ्नो पहिलो खेलमा कीर्गिस्तानविरुद्ध खेल्ने तालिका छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल साँझ ६ बजेदेखि सुरु हुनेछ ।