नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघकी पूर्वमहासचिव अञ्जु रावतले अमेरिकामा हुने आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएकी छन्।
अमेरिकाको सिकागोमा आगामी फेब्रुअरी २२ देखि २३ सम्ममा इलिनियस ओपन आइटिएफ तेक्वान्दो च्याम्पियनसिप हुँदै छ। उक्त च्याम्पियनसिपमा आइटिएफकी अन्तर्राष्ट्रिय अम्पायर अन्जुले निर्णायकको भूमिका निभाउने भएकी हुन्।
उनी नेपाली आइटिएफ तेक्वान्दोकी पूर्वअन्तर्राष्ट्रिय खेलाडी पनि हुन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले मंगलबार उनीसहित अर्को कार्यक्रममा सहभागी हुने नेपाली टोलीलाई पनि बिदाइ गरेका थिए।
फारमबहादुर महत र निर्मला गुरुङले बेलायतमा फेब्रुअरी २१ देखि २३ सम्म हुने अन्तर्राष्ट्रिय प्रशिक्षक कोर्ष तथा टेक्निकल सेमिनारमा पनि सहभागिता जनाउने भएका छन्।