काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेट वुमन्स च्याम्पियनसिप अन्तर्गत नेपालले आइतबार समूह चरणको अन्तिम खेलमा म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ।
दशरथ रंगशालामा केही बेरमा सुरु हुने खेलका लागि नेपालले अघिल्लो खेलको प्लेइङ ११ मा तीन परिवर्तन गरेको छ।
कप्तान एन्जिला सुब्बासहित तीन खेलाडी बेन्चमा परेका छन्। एन्जिला, बिमला चौधरी र रेखा पौडेललाई विश्राम दिइएको छ। उनीहरुको स्थानमा अन्जना रानामगर, रश्मीकुमारी घिसिङ र सरु लिम्बु खेल्नेछन्। टोलीको कप्तानी रेनुका नगरकोटे सम्हाल्नेछिन्।
नेपाल र म्यानमार दुवै टोली यसअघि नै फाइनलमा स्थान सुरक्षित गरिसकेकाले यो खेल फाइनलअघिको तयारीको रुपमा रहनेछ।
म्यानमारले लेबनानलाई ३-१ र कीर्गिस्तानलाई ५-० गोलअन्तरले पराजित गरेको छ। नेपालले दुवै टोलीलाई १-० को समान गोल अन्तरले पराजित गरेको थियो।