आयोजक ललितपुर टेबल टेनिस क्लब र ग्लोबल टेबल टेनिस एकेडेमीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको टिम इभेन्टमा मंगलबार स्वर्ण जितेका छन्।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा ललितपुर पुरुष तथा ग्लोबल महिलामा पहिलो भए। पुरुष फाइनलमा ललितपुरले प्यासिफिकलाई ३–० ले पराजित गर्यो। ललितपुरका प्रशिक्षकमा निकेश जोशी र व्यवस्थापकमा सुमन शाक्य रहेका छन्। नेपाल प्रहरी क्लब र ग्लोबलले तेस्रो स्थानमा चित्त बुझाए।
महिलाको फाइनलमा ग्लोबलले प्यासिफिक सेन्टर ‘ए’ लाई ३–१ ले हरायो। दार्जिलिङ टिटी एसोसिएसन र ललितपुर टेबल टेनिस क्लब तेस्रो बने। पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाउनेछन्।