लुम्बिनी प्रदेश, कर्णाली प्रलदेश र सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
पहिलो दिन आइतबार लुम्बिनीले कोशी प्रदेशलाई २६ रनले, कर्णालीले सुदूरपश्चिम प्रदेशलाई ७९ रनले र एपीएफले बागमती प्रदेशलाई १ सय रनले पराजित गरे ।
लुम्बिनीले दिएको २०९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १८२ रनमा अलआउट भयो। कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ र चिराग साह ३१ रन बनाए ।
कोशीलाई सस्तैमा समेट्न लुम्बिनीका लागि अजय चौहानले ५ विकेट लिए । रमेश कुर्मीको नाममा ३ विकेट रह्यो । त्यसअघि सिद्धार्थ क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४८ ओभरमा अलआउट हुँदै २०८ रन बनाएको थियो ।
उसका लागि आकाश त्रिपाठीले सर्वाधिक ६६ रन, नर सार्कीले ४५ र मिन्राल गुरुङले ४३ रनको योगदान गरेका थिए । कोशीका लागि प्रकाश कार्की र दिपेश कंडेलले समान ३ तथा फिर्दोस अन्सारीले २ विकेट लिएका थिए ।
आइतबार नै भएको अर्को खेलमा कर्णालीले दिएको १५६ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा मात्र ७६ रनमा अलआउट भयो।
सुदूरपश्चिमका लागि खडक बोहोराले २७ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । कर्णालीका लागि दिपेन्द्र रावतले एक्लै ७ विकेट लिए । कप्तान दिवान पुनले नाममा २ विकेटरह्यो ।
त्यसअघि दाङको लमहीमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली ४०.४ ओभरमा अलआउट हुँदै १५५ रन बनाएको थियो । उसका लागि अर्जुन घर्तीले सर्वाधिक ७१ रन जोडे ।
सुदूरपश्चिमका लागि हेमन्त धामीले ४ र नारायण जोशीले २ विकेट लिए । अर्को खेलमा कमलसिंह ऐरीले ४ विकेट लिएपछि १७५ रनको लक्ष्य पछ्याएको बागमती २८.२ ओभरमा ७४ रनमा समेटियो । बागमतीका लागि शुभ कसांकारले १६ रन बनाउनु बाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
एपिएफका लागि कमलले ८.२ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । कप्तान रोहितकुमार पौडेल र अमरसिंह राउटेलाले समान २ झारे । यसअघि पहिला ब्याटिङ गरेको एपिएफ पनि ४४ ओभरमा १७४ रनमा अलआउट भएको थियो ।
एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ३७ र दीपक बोहोराले २५ रन बनाएका थिए । बागमतीका लागि रिजन ढकालले ५, नन्दन यादवले ३ र सूर्य तामाङले २ विकेट लिए ।