एएफसी महिला एसियन कप २०२६ को छनोट चरणमा नेपाल समूह 'एफ'मा परेको छ ।
मलेसियामा बिहीबार भएको ड्रमा नेपाल, आयोजक उज्वेकिस्तानसँगै समूह 'एफ'मा परेको हो । उक्त समूहमा लाओस र श्रीलंका पनि छन् । ३४ टोलीलाई ८ समूहमा विभाजन गरिएको हो ।
आगामी जुनमा हुने समूह एफको छनोट खेल उज्वेकिस्तानमा हुनेछ । नेपालले हालसम्म उज्वेकिस्तानविरुद्ध खेलेको सबै ३ खेल हारेको छ । लाओसविरुद्ध हालसम्म नखेलेको नेपालले श्रीलंकामाथि भने सबै ८ खेलमा जितको नतिजा निकालेको छ ।
एसियन कप सन् २०२६ मार्चमा अष्ट्रेलियामा हुँदैछ । हरेक समूहको विजेताले एसियन कप खेल्नेछन् । प्रतियोगितामा १२ टोली सहभागी हुनेछन् । आयोजक अष्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान भने यसअघि नै छनोट भइसकेका छन् ।
एएफसी यू–२० महिला एसियन कप छनोटको पछिलो चरणमा नेपाल समूह (बी) मा परेको छ। एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार खेलतालिका सार्वजनिक गरेको हो।
यस समूहमा नेपालसँगै युएई, प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड रहेको छ। यस समूहको छनोट खेल प्यालेस्टाइनले आयोजना गर्नेछ। छनोटका खेलहरु २०२३ मार्च ४ देखि १२ सम्म हुनेछ। छनोटमा सहभागी आठ टोलीका समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन्।
दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ। जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ। उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ। यू-२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन्।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...