नेपाल सुगर लिग: काठमाडौं रेजर्सको उत्कृष्ट पुनरागमन
१६ चैत्र २०८१
•
५ मिनेट पाठ
नेपाल सुगर लिग: काठमाडौं रेजर्सको उत्कृष्ट पुनरागमन
ललितपुर सिटिविरुद्ध गोल गरेपछि काठमाडौं रेजर्सका भिनसेन्ड कोजिलो (बीच) । तस्बिर: नागरिक
पूर्वविजेताद्वय काठमाडौं रेजर्स र ललितपुर सिटीबीच नै नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको उद्घाटन खेल तय हुँदा सबैको एउटै चासो थियो, ‘भ्याली डर्बी’ मा कसले कस्तो गर्ला?




तर, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार यी दुई भिड्दा सुरुआतमा अपेक्षित खेलको रोमाञ्चकता देखिएन। कारण थियो, खेलमा ललितपुर सिटी एकपक्षीय हाबी हुनु। अन्तिम १५ मिनेटपछि भने खेलले नाटकीय मोड लियो। स्पष्ट जिततर्फ देखिएको नतिजा २–२ को बराबरीमा टुङ्गिन पुग्यो। सुरुको १५ मिनेटभित्र नै ललितपुरले दुई गोल गर्‍यो। उसको लगातारको आक्रमणपछि काठमाडौंलाई डिफेन्स गर्न नै हम्मेहम्मे थियो। खेल सकिन १५ मिनेट बाँकी छँदा पनि ललितपुर नै उद्घाटन खेलको विजेता बन्न सक्ने सामान्य आकलन गर्न सकिन्थ्यो। तर, फुटबल हो। अन्तिम या इन्जुरी समयमा पनि खेलको मोडले अर्को रूप लिन सक्छ। ठ्याक्कै त्यस्तै नै भयो।

जितको संघारमा देखिएको ललितपुरबाट अन्ततः काठमाडौंले एक अंक लिएरै छाड्यो। इन्जुरी समयको पाँचौं मिनेटमा भएको पेनाल्टी गोलले नै काठमाडौंलाई एक अंक दिलाएको हो। काठमाडौंका प्रशिक्षक प्याट्रिक डे विडेले ३४औं मिनेटमा दिनेश हेम्जनको स्थानमा जिलेस्पीजंग कार्कीलाई मैदानमा पठाएका थिए। त्यसपछि नै काठमाडौंले खेलमा फर्कने प्रयास गरेको हो।

काठमाडौंले अंक प्राप्त गर्दा जिलेस्पीले एउटा एसिस्ट पनि गरेका थिए। तर, काठमाडौं रेजर्सका प्रशिक्षक त्यो सब्स्टिच्युटले भन्दा पनि खेलमा पुनरागमन गर्दा जित सम्भव भएको प्रतिक्रिया दिए। तर, उनले जिलेस्पीले राम्रो खेलेको र उनी केही दिनअगाडि मात्र टोलीमा आबद्ध भएकाले सुरुमा बेन्चमा नै राख्नुपरेको उल्लेख गरे।

‘एक अंक प्राप्त गर्नु लक्की होइन। त्योभन्दा पनि राम्रो खेल र पुनरागमनका कारण त्यो अंक पाएका हौं। गोल र अवसर सिर्जना गर्नुले पनि यसलाई स्पष्ट गरेको छ,’ प्रशिक्षक प्याट्रिकले भने, ‘कुनै खेलाडी सब्स्टिच्युट गरेर भन्दा खेलमा पुनरागमन हुँदा सफल भएका हौं।’

ललितपुरका प्रशिक्षक सिमोन ग्रेसनले पहिलो हाफमा राम्रो खेले पनि दोस्रो हाफमा सोहीअनुरूप प्रदर्शन हुन नसकेको उल्लेख गरे। पहिलो खेल भएकाले पनि उनले राम्रोसँग टिम सेट नभएको धारणा राखे। डिफेन्डिङ च्याम्पियन ललितपुरले उद्घाटन खेलमा नै दुई गोलको अग्रता जोगाउन नसक्दा तीन अंक जोड्ने अवसर गुमाएको हो।

लतिलपुर सिटी र काठमाडौं रेजर्सले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे। पहिलो हाफमा ललितपुरले पूर्ण पकड जमाउँदै दुई गोल गर्‍यो। दोस्रो हाफमा पनि ललितपुरले चुनौती दिएको थियो। तर, काठमाडौंले दुई गोल फर्काउँदै पुनरागमन गर्न सफल भयो। ललितपुरका जोनाथन क्यान्टिलाना र आदित्य शाक्यले समान एक गोल गरेका हुन्।

काठमाडौंबाट भने अमाडौ डिओप र भिनसेन्ट कोजिलोले समान एक गोल फर्काउन सफल भए। जुन गोलले काठमाडौंलाई हारसँगै तेस्रो सिजनको सुरुआत गर्नबाट जोगायो। ललितपुरले खेलको पाँचौं मिनेटमा नै जोनाथानको गोलबाट अग्रता लियो। राइट साइडको कर्नरबाट उनले गरेको प्रहार दोस्रो बारमा ठोकिएर अप्रत्याशित रूपमा गोलमा परिणत भयो।

जोनाथानको क्रसलाई काठमाडौंका गोलकिपर अभिषेक बरालले पत्तै पाएनन्। १५औं मिनेटमा नै ललितपुरले अग्रता दोब्बर बनाउन सफल भयो। यो गोलपछि काठमाडौं पूर्ण रूपमा दबाबमा पर्‍यो। काठमाडौंको खराब डिफेन्सको फाइदा उठाउँदै ललितपुरले दोस्रो गोल गर्न सफल भएको हो।

आदित्य शाक्यले काठमाडौंका गोलकिपर अभिषेक बिट भएको अवस्थामा गोल गरेका हुन्। पापा इबु केबेको थ्रु बललाई इमोह इजेकिइलले सट प्रहार गर्दा गोलकिपर अभिषेकले छेके। तर, रिबाउन्ड बल नियन्त्रणमा लिँदै इजेकिइलले अर्को दिशातर्फ आदित्यलाई क्रस गरे। त्यो बलको सदुपयोग गर्दै आदित्यले गोल गरेका हुन्।

२५औं मिनेटमा इजेकिइलले पेनाल्टी बक्सबाट गरेको सट पहिलो बारमा लागेर फर्किन पुग्यो। आदित्यको थ्रु बललाई इजेकिइलले गरेको प्रहार असफल भयो र ललितपुर तेस्रो गोलबाट चुक्यो। २८औं मिनेटमा काठमाडौंका मोहमेद बुया टुरेको डाइभिङ हेडर ललितपुरका गोलकिपर जेफ्री विली बाल्टसले उत्कृष्ट बचाउ गरे।

भिनसेन्टको कर्नर प्रहारमा एलिजोन एलिजोनोभको हेडर पासमा टुरेको हेड सेट ललितपुरका गोलकिपर बाल्टसले असफल बनाए। त्यससँगै पहिलो हाफमा ललितपुर २–० ले अगाडि रह्यो। दोस्रो हाफमा पनि ललितपुरले आक्रमण जारी राख्यो। तर, काठमाडौंले मात्र दुई गोल फर्काउन सफल भयो।

काठमाडौंले ४७औं मिनेटमै गोल गर्ने सुन्दर अवसर खेर फाल्यो। लेफ्ट साइडबाट जिलेस्पीले दिएको सुन्दर क्रसलाई टुरले वन टचबाट जाली चुमाउन सकेनन्। ६२औं मिनेटमा ललितपुरको आक्रमण पनि काठमाडौंका गोलकिपर अभिषेकले विफल बनाए।

पेनाल्टी बक्सभित्रबाट पापा केबेको लेफ्ट फुटेट सट अभिषेकले पन्च गर्दै बाहिर पठाए। ७५औं मिनेटमा अमाडौले गोल गर्दै काठमाडौंलाई खेलमा फर्काउने प्रयास गरे। पेनाल्टी बक्सको लेफ्ट साइडबाट जिलेस्पीले दिएको कट पासमा उनले एक डिफेन्डरलाई छक्याएर गोल गरेका हुन्। ८५औं मिनेटमा जिलेस्पी नजिकै दूरीबाट गोल गर्न चुके।

लेफ्ट साइडबाट एन्जल श्रेष्ठको हेडर पासलाई जिलेस्पीको टप कर्नर सट पोस्टभन्दा माथिबाट बाहिरिन पुग्यो। इन्जुरी समयमा काठमाडौं पेनाल्टी गोलबाट खेलमा फर्कियो। पेनाल्टी बक्समा भिनसेन्ट कोभिलोलाई ललितपुरका योगेश गुरुङले लडाएपछि काठमाडौंले पेनाल्टी अवसर पाएको हो।

भिनसेन्टले नै उक्त पेनाल्टी सदुपयोग गर्दै काठमाडौंलाई २–२ को बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन सकेन र काठमाडौंले महत्त्वपूर्ण एक अंक खोस्यो। यस संस्करणको एनएसलमा सात टोलीले मात्र प्रतिस्पर्धा गर्दै छन्। यस संस्करणमा वीरगन्ज युनाइटेड र स्पोर्टिङ इलाम एफसीले हात झिकेका हुन्। प्रतियोगिता आगामी वैशाख १३ गतेसम्म हुँदै छ।

जितको संघारमा देखिएको ललितपुरबाट अन्ततः काठमाडौंले एक अंक लिएरै छाड्यो। इन्जुरी समयको पाँचौं मिनेटमा भएको पेनाल्टी गोलले नै काठमाडौंलाई एक अंक दिलाएको हो।

जितको संघारमा देखिएको ललितपुरबाट अन्ततः काठमाडौंले एक अंक लिएरै छाड्यो। इन्जुरी समयको पाँचौं मिनेटमा भएको पेनाल्टी गोलले नै काठमाडौंलाई एक अंक दिलाएको हो। जितको संघारमा देखिएको ललितपुरबाट अन्ततः काठमाडौंले एक अंक लिएरै छाड्यो। इन्जुरी समयको पाँचौं मिनेटमा भएको पेनाल्टी गोलले नै काठमाडौंलाई एक अंक दिलाएको हो।
अर्को समाचार
एरिका र अञ्जना सम्मानित
०७ साउन २०८२
•
१ मिनेट पाठ
एरिका र अञ्जना सम्मानित
नेपाली खेलकुदमा एकपछि अर्को ऐतिहासिक नतिजा दिलाउँदै आएकी कराते खेलाडी एरिका गुरुङ र नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना रानामगर सम्मानित भएका छन्।




भक्तपुरको मध्यपुरमा मंगलबार आयोजित एक कार्यक्रमबीच मध्यपुरको इनर ह्विल क्लबले १९औं एसियाली खेलकुदकी रजत विजेता एरिका र गोलकिपर अञ्जनालाई नगदसहित सम्मान गरेको हो। एरिकाले कराते वान प्रिमियर लिगमा कांस्य, थाइल्यान्ड ओपन र युएस ओपनमा स्वर्ण र एसियन च्याम्पियनसिपमा रजत जितेकी थिइन्।

प्रिमियर लिगमा कांस्यका साथै एसियन च्याम्पियनसिप र एसियन गेम्समा रजत पदक जित्ने उनी नेपाली कराते खेलाडी हुन्। उनै एरिका र अञ्जनालाई इनर ह्विल क्लबले २५ हजार रूपैयाँ नगदसहित सम्मान गरेको हो। नेपाली खेलकुदमा उल्लेखनीय योगदान गरेबापत उनीहरूलाई डा. सृष्टि उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

क्लबकी संस्थापक तथा इनर ह्विल डिस्ट्रिक्ट ३५० की उपाध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिले खेलाडीलाई सम्मान गरेकी थिइन्। सो अवसरमा उनले खेलकुदमा महिलाको सहभागिता र सफलतालाई सम्मान गर्न पाउनु आफ्नै लागि पनि गौरवको विषय रहेको बताइन्।

उनले आगामी वर्षहरूमा पनि यस्ता उदाहरणीय खेलाडीलाई सम्मानित गर्ने क्रमलाई अझ व्यापक बनाउँदै लाने प्रतिबद्धता जनाइन्। सम्मानित हुने दुवै खेलाडीले निजी स्तरबाट हुने यस्ता सम्मानले आफूहरूलाई देशका लागि अझ समर्पित भएर खेल्न ऊर्जा मिल्ने उल्लेख गर्दै आयोजकलाई धन्यवाद दिए।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस